• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
64x64
अरुण सापकोटा सोमबार, पुस २७, २०७७  ०७:३२
1140x725

काठमाडौं- 'क' वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूले वार्षिक चार करोड रुपैयाँसम्म तलब सुविधा लिने गरेका छन्। अर्बौं रुपैयाँको निक्षेप तथा कर्जा लगानीको मुख्य जिम्मेवारी सिइओको हुने भएकाले उनीहरूको तलबभत्ता अन्य क्षेत्रका उच्च पदस्थ कर्मचारीहरूको भन्दा बढी हुन्छ।

आर्थिक वर्ष (आव) २०७६/७७ मा सम्बन्धित बैंकहरूले प्रकाशन गरेको विवरणअनुसार नेपालका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी तलबभत्ता स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तीदारले बुझेका छन्। उनले उक्त आवमा झन्डै ४ करोड तलबभत्ताका रुपमा बैंकबाट बुझेका छन्। दास्तीदारले बोनससहित गत आवमा ३ करोड ९८ लाख रुपैयाँ बुझेको बैंकको विवरणमा उल्लेख छ।

सबैभन्दा बढी तलबभत्ता तथा सुविधा लिने सिइओको सूचीमा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रहेका छन्। उनले गत आवमा तीन करोड ४२ लाख रुपैयाँ तलबभत्ता तथा सुविधाबापत रकम बुझेका थिए।

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले प्रभुका शेरचनलाई पछ्याएका छन्। गत आवमा पाण्डेले तीन करोड ६ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा बुझेको बैंकको विवरण छ। उनले यसबाहेक नियमअनुसार बोनस रकम पनि प्राप्त गरेका छन्।

ग्लोबल आइएमई बैंकका सिइओ बढी तलबभत्ता बुझ्ने सूचीको चौथो नम्बरमा छन्। ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज हुनुअगाडि महेश प्रसाद ढकाल कार्यकारी सिइओ थिए। जनतालाई मर्ज गरेसँगै पर्शुराम कुँवर सिइओ बनेका थिए। संयुक्त रुपमा दुईले प्रमुख कार्यकारीको भूमिकामा दुई करोड ८२ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा लिएको बैंकको विवरण छ। कुँवरले ग्लोबल आइएमई छाडिसकेका छन्।

आकर्षक तलब बुझ्नेमा बैंक अफ काठमाण्डूका सिइओ शोभनदेव पन्त पाँचौँ नम्बरमा छन्। उनले गत आवमा २ करोड ८१ लाख रुपैयाँबराबरको तलब भत्ता तथा अन्य सुविधा लिएको देखिएको छ।

त्यस्तै हिमालयन बैंकका सिइओ अशोक राणाले दुई करोड ७९ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा प्राप्त गरेका छन्।

बजार विस्तारमा आक्रामक रुपमा प्रस्तुत भएको एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले गत आवमा बोनसबाहेक २ करोड ५० लाख रुपैयाँ बुझेका छन्।  

Ncell 2
Ncell 2

हालसम्म लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका बैंकहरूमध्ये सबैभन्दा कम लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले एक करोड ९ लाख रुपैयाँ बुझेका छन्। यसबाहेक उनले नियम अनुसार थप बोनस रकम प्राप्त गर्छन्।

यो समाचार प्रकाशन हुँदाको मितिसम्म सिभिल बैँकले वार्षिक साधारणसभा आह्वान गरेको छैन। अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनअनुसार सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले एक करोड ४३ लाख रुपैयाँ बुझेका थिए।

बैंकिङ क्षेत्रमा अलि बढी चर्चा  हुने गरेका सिइओ अनिल केशरी शाहको तलबभत्ता यस वर्ष घटेको छ। उनले यस वर्ष एक करोड ६२ लाख रुपैयाँ बुझेका छन्। गत वर्ष उनले तलब सुविधामा एक करोड ९८ लाख रुपैयाँ बुझेका थिए। 

तीन वटा सरकारी लगानी भएका वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकका सिइओको तलब भत्ता तथा अन्य सुविधा एक करोड रुपैयाँ भन्दा बढी छ। गत वर्ष राष्ट्रिय वाणिज्य बैंकको सिइओको तलब नायब प्रमुख कार्यकारी अधिकृतको भन्दा कम हुन गएको थियो।

विदेशी लगानी भएका नेपाल एसबिआई बैंक र एभरेस्ट बैंकका सिइओले उनीहरुकै प्रतिनिधि बैंकबाट तलब सुविधा बुझ्छन्। उनीहरुका लागि नेपाली बैंकहरुले आवास, गाडी तथा अन्य सुविधा दिँदै आएका छन्।

प्रमुख कार्यकारी अधिकृतहरूले बैँकबाट नियमअनुसार प्राप्त गर्ने सेवा सुविधाका साथै अन्य विभिन्न लाभ समेत लिन्छन्। सिइओले बुझ्ने वार्षिक तलब सुविधासँगै करोडौं रुपैयाँ सरकारलाई कर पनि तिरिरहेका हुन्छन्। सबैभन्दा धेरै तलब बुझ्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृतले सरकारलाई एक करोड ९२ लाख रुपैयाँ बुझाएका छन्।

गत आवमा कसको वार्षिक तलबसुविधा कति?

प्रस्तुतिका आधारमा प्याकेजमा तलब सुविधा दिने अन्तर्राष्ट्रिय अभ्यास
वाणिज्य बैंकका सिइओले पाउनले तलब सुविधा उनिहरुले दिने प्रस्तुतिका आधारमा तय हुनुपर्ने पूर्व बैंकर उपेन्द्र पौडेलको तर्क छ। विश्वमै बैंकहरूले सिइओलाई प्रस्तुतीकरणका आधारमा ठूला प्याकेज दिने गरेको उनको भनाइ छ। छिमेकी मुलक भारतमै बैंकहरुको सइओको तलब सुविधा आकर्षिक हुने गरेको उनले बताए। 

नेपालको अर्थतन्त्र अनुसार बैंकको सिइओको तलब सुविधा बढी भएको भन्दै आलोचना हुने गरेको छ। नेपालीहरुको औषत प्रतिव्यक्ति आय वार्षिक एक हजार ९० डलर रहेको छ। जबकि निजि स्तरका वाणिज्य बैंकका सिइओले कम्तीमा एक करोड रुपैयाँ तलब सुविधा लिएका छन्।

बैंकिङ क्षेत्रमा तलबको विवरण तुलनात्मक रूपमा बढी पारदर्शी मानिन्छ। बैंकका उच्च पदस्थ कर्मचारीहरूको तलब भत्ता तथा अन्य सुविधाका विवरण सार्वजनिक हुने गरेको छन्। तर निजी क्षेत्रका कतिपय कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतलाई करोडौँ रुपैयाँ तलब भत्ता तथा सुविधा दिएपनि सार्वजनिक गर्ने गरेका छैनन्।

बैंकका सिइओको तलब सुविधाका विषमया लगानीकर्ताबीच बहस पनि हुने गरेको छ। बैंकहरुले आयोजना गर्ने साधारणसभामा बोल्ने क्रममा सेयरधनीहरुले नै बैंकका सिइओको तलब धेरै भएको भन्दै आलोचना गर्ने गरेका छन्। लगानीकर्तालाई दिने प्रतिफल कम हुँदै जाने तर सिइओहरूको सेवासुविधामा बढी रकम खर्च गर्नु उपयुक्त नहुने सेयरधनीहरूको टिप्पणी हुने गरेको छ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
लाभांश समायोजनपछि सेयर किन्न कति उचित ? यस्तो छ प्राविधिक विश्लेषण
सम्बन्धित सामग्री
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबार दिन आज सेयर बजार ११ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६२९ विन्दुमा कायम भई बन्द भएको छ। आइतबार, जेठ २५, २०८२
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्