• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
कांग्रेसले निर्दोष देख्ने राधेको यस्तो कर्तुत, सुरक्षा संवेदनशीलता भन्दै डिएसपी खटाइयो
64x64
नारायण अधिकारी बुधबार, असार ४, २०७६  १४:५५
1140x725

काठमाडौं– गुण्डा नाइके भनेर चिनिएका राधाकृष्ण भण्डारी उर्फ राधे अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राजकुमार बैदवारका अनुसार उनीमाथि ज्यान मार्ने उद्योग र अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ।

धादिङ तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका राधेलाई छुटाउन भन्दै प्रहरीलाई चर्को दबाब पनि पर्दै आएको छ। राधेलाई फसाउन खोजिएको र तत्कालै उनलाई बिनासर्त रिहा गर्नुपर्ने माग तरुण दलले गर्दै आएको छ।

‘उहाँहरुको दाबी आफ्नो ठाउँमा छ। राधेको विगत वर्तमानबारे हामीले केही बताइराख्ने पर्दैन,' प्रहरी प्रमुख बैदवारले भने, 'उनको अपराध शृंखलाबारे सबै जानकार छन्।’

खटाइयो डिएसपी
केही घटनाले धादिङमा राधेको गुण्डागर्दी कतिसम्म छ भन्ने प्रष्ट पार्छ। धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ स्थित मलेखु खोलाको निकासी ठेक्का यसपालि पनि राधेले हात पारे। ४ करोडको उक्त निकासी ठेक्कामा राधेले दाबी गरेपछि अरुले टेन्डर फिर्ता लिए। गतवर्षको मलेखु खोलाको निकासी ठेक्का पनि राधेले नै पाएका थिए। 

धादिङमा राधेको राज चल्न थालेपछि बिनाप्रतिस्पर्धा उनैले टेन्डर हात पार्दै आएका छन्। टेन्डर हात परेपछि मलेखु खोलाबाट निर्माण सामग्रीको निकासी कर राधेकै समूहले उठाउँदै आएको छ। 

बेनीघाट रोराङ गाउँपालिका–३ का वडाध्यक्ष भुवन त्रिपाठीका अनुसार राधे समूहले कानुनी रुपमै ठेक्का हात पारेपछि निकासी कर त्यही समूहले उठाउन थालेको हो। ‘यसमा म अरु केही भन्न चाहन्नँ,’ त्रिपाठीले भने।

ठेक्का आफैंले लिने र निकासी कर पनि आफैंले उठाउने भएपछि राधे समूहले उक्त क्षेत्रका क्रसर र गिट्टी बालुवा खानीमा चासो राख्न थालेको हो। धादिङ प्रहरीका अनुसार टेन्डर प्रक्रियादेखि अन्य विविध किसिमले राधे समूहले अवैध रकम उठाउँदै आएको छ। यसरी राधे समूहले आफ्नो सञ्जाल विस्तार गर्दै अवैध असुली मच्चाएपछि सो क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको छ। 

यो क्षेत्र इलाका प्रहरी कार्यालय गजुरी अन्तर्गत पर्छ। प्रहरी प्रधान कार्यालयले सुरक्षा चुनौती बढेको भन्दै इन्सपेक्टर प्रमुख रहने इलाका प्रहरी कार्यालय गजुरीमा हालैमात्र डिएसपी खटाएको छ। अहिले इन्सपेक्टरको दरबन्दीमा डिएसपी खगेन्द्रबहादुर खड्कालाई पठाइएको छ।

Ncell 2
Ncell 2

हेल्मेट काण्डबाट उघ्रिएको राधेको अपराधको बर्को अझै यथावत्
राधेको अपराधको चक्र पल्टाउन १२ वर्षअघि पुग्नुपर्ने हुन्छ।

२०६४ कात्तिक २४ गते धादिङकै गणेश ठकुरीको घरमा गएर टाउकोमा हेल्मेट प्रहार गरी घाइते बनाएको घटनाबाट राधेको गुण्डागर्दी बाहिर आएको हो। त्यसपछि बाहिर आएको उनको आपराधिक यात्रा अहिले पनि जारी छ।

प्रहरीका अनुसार राधे अवैध असुली, ठेक्कापट्टा, टेन्डरमा मात्र नभएर अन्य थुप्रै घटनामा पक्राउ पर्दै अदालतबाट छुटेका व्यक्ति हुन्। उनले धादिङ क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका छन्।

महानगरीय अपराध महाशाखाका अनुसार सुरुमा दिनेश अधिकारी चरीको समूहमा रहेर राधे आपराधिक गतिविधि गर्थे। चरीसँग खटपट भएपछि उनी तरुण दलमा लागे।

२०७० असार २१ गते बा १०च ६९९३ गाडी रोकेर राधेसहितको समूहले चरीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको थियो। सोही केशमा राधे २०७० साउन १३ पेस्तोलसहित पक्राउ परेका थिए। केही समय जेल परेर छुटे। 

यस्तै, २०७४ असार ५ गते धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय आयुष तामाङलाई राधेसहित उनको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो। त्यो घटनामा राधे ‘फरार’ थिए। धादिङ प्रहरीले उनलाई देखे नदेखै गर्थ्यो। अहिले भने ज्यान मार्ने उद्योगमा पक्राउ परेर हिरासतमा छन्। 

अपराधको नेक्सस ठेक्कापट्टामा, विकृति रोक्ने प्रयासमा संघीय सरकार तगारो! 
राधे समूहको अपराधको नेक्सस ठेक्कापट्टासँग जोडिएको धादिङकै स्थानीय नेताहरुले बताउँदै आएका छन्। धादिङका केही जनप्रतिनिधि नै ठेक्कापट्टा तथा क्रसर व्यवसायबाट उदाएका व्यक्ति हुन्।

जसकारण खोलाजन्य पदार्थहरुमा उनीहरुको प्रभाव हुने नै भयो। त्यसपछि मौलाएको विकृति र आपराधिक यात्रा रोक्न भन्दै प्रदेश ३ को सरकारले केही काम गरे पनि त्यसले पूर्णता नपाएको ३ नबर प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री शालिकराम जमरकट्टेल बताउँछन्।

‘प्राकृतिक स्रोतसाधनको दुरुपयोग रोक्न ३ नम्बर प्रदेश सरकारले केही काम थालेको थियो। तर संघीय सरकारले दिएन,’ उनले भने, ‘गत वर्ष ३ नम्बर प्रदेशका जिल्लाहरुमा भएका प्राकृतिक स्रोतसाधन र क्रसर उद्योगहरु नियमन गर्न कार्यविधि बनाइएको थियो। तर संघीय सरकारले अघि बढ्न दिएन।’

वातावरणीय प्रभाव मूल्यांकन (इआइए), प्रारम्भिक वातावरणीय मूल्यांकन (आइइई) हुने, घर भएको ठाउँमा घर छैन, जंगल भएको जंगल छैन भनेर रिपोर्ट देखाइदिने जस्ता विकृतिहरु पनि भएकाले प्राकृतिक स्रोतसाधनको दुरुपयोग भएको जमरकट्टेलको भनाइ छ। जसकारण आपराधिक पृष्टभूमि भएका व्यक्तिलाई प्राकृतिक स्रोतसाधनको दुरुपयोग गरी गैरकानुनी धन्दा चलाउन बढवा पुग्ने गरेको उनले बताए।

अपराध गर्नेले नै ठेक्का पाउने र उनीहरुले कर उठाउने भएपछि एकाधिकार हुने र अपराध बढ्ने गरेको बताइएको छ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्... आइतबार, असार १, २०८२
मोटरसाइकलकाे ठक्करबाट पैदलयात्रीको मृत्यु रुकुमपश्चिमका आठबिसकोट–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –८ का नारायण सिंहले चलाएको कर्णाली प्... आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । आइतबार, असार १, २०८२
ताजा समाचारसबै
संसद् छाडेर बाहिरिए राप्रपाका सांसद आइतबार, असार १, २०८२
आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही आइतबार, असार १, २०८२
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग आइतबार, असार १, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
चार महिनामा एक करोड बढीका अवैध सामान बरामद आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्