काठमाडौं– एसियन कप क्वालिफायर महिला फुटबलमा श्रीलंकाविरुद्ध नेपालले चार गोलको अग्रता लिएको छ ।
उज्वेकिस्तानमा पहिलो हाफ सकिँदा नेपालले श्रीलंकाविरुद्ध चार गोल गरेको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारीले तीन र गीता रानाले एक गोल गरे ।
गीताले ७ औं र सावित्राले २०औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेकी थिइन् भने ४२ औं मिनेटमा दोस्रो गोल र४५ औं मिनेटमा तेस्रो गर्दै ४–० को अवस्थामा ल्याइन् ।
छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले पराजित गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।