काठमाडौं– रास्वपाका सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ को विषयमा आएको विवादमा कर्मचारीलाई दोषी देखाएर सांसदहरू उम्कन नमिल्ने बताएकी हुन्।
सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय व्यवस्थामाथि नै प्रकार भयो भन्ने पुष्टि गर्ने आधार आफूले नभेटेको बताइन्।
‘बाहेक भन्ने शब्द कहाँबाट आयो मलाई थाहा छैन भनेर पलपुर भएको छ। त्यो शब्द मूल विधेयकमा छ।जब मूल विधेयकबाट यो बाहेक भन्ने शब्द हटाइन्न, त्यतिबेलासम्म त त्यो कायम रहन्छ’, श्रेष्ठले भनिन्, ‘त्यसैले कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्कन मिल्दैन।’
उनले यसमा भएको गल्तीलाई स्विकारेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। समितिबाट कुलिङ पिरियड समेतको व्यवस्था राख्दै सर्वसम्मतिबाट पारित भए पनि अहिले ऐनमा ‘बाहेक’ शब्द थपिएपछि विवाद बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।