एजेन्सी –पाकिस्तानको उत्तरी वजिरिस्तान खैबर पख्तुन्ख्वा प्रान्तमा एक आत्मघाती आक्रमणमा १३ सैनिकको मृत्यु भएको छ ।
उग्रवादीले मीर अलीमा सुरक्षा बलको समूहमाथि आत्मघाती आक्रमणको प्रयास गरेको पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) जनाएको छ ।
उग्रवादीले विस्फोटक पदार्थले भरिएको गाडीमार्फत निसाना बनाएका थिए । उक्त सवारीसाधन सुरक्षा बलको गाडीसँग ठोक्किएपछि १३ सैनिकको मृत्यु भएको जनाइएको छ ।
घटनापछि सुरक्षाकर्मीले उग्रवादीलाईलाई पछ्याएका थिए । त्यसपछि सैनिकसँगको भिडन्तमा १४ उग्रवादी मारिएको रेडियो पाकिस्तानले जनाएको छ । खैबर पख्तुन्ख्वाकाका मुख्यमन्त्रीद्वारा जारी एक वक्तव्यमा सुरक्षाकर्मीका परिवारप्रति सहानुभूति व्यक्त गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।