एजेन्सी – इजरायलको पछिल्लो हवाई आक्रमणमा परी गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यसलाई पुष्टी गरेको छ ।
गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ । यस विषयमा इजरायली सेनालाई सम्पर्क गरेको तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बीबीसीले जनाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन् । यस अघि ट्रम्पकै पहलमा इजरायल–इरान बिच युद्धविराम भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।