काठमाडौं– क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन्।
प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन्।
दीपेन्द्रको राजीनामा स्विकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे।
उनको राजीनामा स्वीकृत भएको केन्द्रीय प्रहरीका सहप्रवक्ता एसएसपी रमेश थापाले पुष्टि गरे।
उनी प्रहरी सेवामा छँदै क्रिकेटको राष्ट्रिय टोलीमा थिए।
१९ औँ एसियन गेम्समा टी ट्वेन्टीमा ६ वटा छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा पाएका थिए।
उनी २०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका थिए।
उनी घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।