काठमाडौँ – प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
सोमबार सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।
आजको बैठक पनि विपक्षी दलहरुको अवरोधकाबिच सञ्चालन भएको थियो। भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नाराबाजी गरेको थियो। जेठ १३ गतेदेखि संसद्मा अवरोध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।