काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बहिष्कार छ ।
संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एकछिनपछि बाहिर निस्किएका हुन् ।
आज बैठक सुरु हुनेबित्तिकै रास्वपासँगै राप्रपाले पनि संसदमा अवरोध गरेको थियो । तर, सभामुख देवराज घिमिरेले विरोधकै बीच कारबाही अघि बढाएपछि राप्रपाका सांसद बाहिर निस्किएका हुन् ।
राप्रपाका सांसदहरू आइतबार पनि विरोध गर्दै बाहिर निस्किएका थिए । त्यसैले उनीहरुले भत्ता पनि नलिने घोषणा गरेका छन् ।
राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न माग गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।