काठमाडौं– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्य संयन्त्रले नीति बनाएर मानव बेचबिखन गरिरहेको भन्दै छानबिन हुनुपर्ने अडान दोहोर्याएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य जनताको लागि हो कि शासकहरूको लागि ? भन्दै प्रश्न गरेका हुन्।
उनले आफ्नो नागरिकलाई तस्कर गर्ने राज्यलाई जवाफदेहिता कसले बनाउने भन्दै प्रश्न दोहोर्याए।सङ्ख्याको दम्भ नदेखाउन भन्दै परियारले यो विषयमा आफूहरू गम्भीर भएर लागेको बताए। गृह प्रशासनकै मिलेमतोमा मानव तस्करी भएको आरोप लगाउँदै आफूहरू कराइरहँदा पनि बल प्रयोग गरेर सदन नचलाउन चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।