काठमाडौं– बैंकिङ क्षेत्रका विद्यमान समस्या समाधानमा सघाउनका लागि भन्दै नेपाल राष्ट्र बैंकले सुधार सुझाव उपसमिति गठन गरेको छ ।
रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेल सदस्य रहेका छन् ।
गत साता बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको स्रोतले बताएको छ । संयोजक कार्की नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी र नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष हुन् ।
‘बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति’ नाम दिइएको उपसमितिलाई सुझावसहितको प्रतिवेदन दिने पेस गर्न समयावधि दिइएको छ । उपसमितिले अहिले ब्याजदर निकै तल झरे पनि कर्जा विस्तार हुन नसकेको, खराब कर्जा बढ्दै गएको, कर्जा असुलीमा समस्या रहेको लगायत समग्र बैकिङ क्षेत्रको समस्या समाधानका लागि सुझाव दिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।