काठमाडौँ– महानगरपालिका २६ वडाले असार १ गतेदेखि काठमाडौं जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।
२६ वडाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ असार १ देखि ८ गतेसम्म जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो।
प्रतियोगीतामा महानगरभित्रका ३२ वटै वडा र अन्य १० नगरपालीकाका खेलाडीहरुको सहभागीता रहने खेलकुद संयोजक तथा वडा सदस्य प्रवेश श्रेष्ठले जानकारी दिए।
प्रतियोगीतामा फुटसल, टेबलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरि कुल ५ विधामा खेल हुने उनले बताए।
त्यस्तै काठमाडौँ महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले खेलकुदका पूर्वाधार निर्माण गरिसकेको र वडामा खेल क्षेत्रको बिकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
काठमाडौं जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई नगर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि वडाले ३५ लाख रुपैया बिनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।