गाजा– गाजाका अस्पतालले सहायता सामग्री लिने प्रयासमा २५ जना प्यालेस्टिनी नागरिक मारिएको बताएका छन् । शहरी क्षेत्रका अस्पतालले इजरायली आक्रमणमा परी बुधबार राति २५ जनाको मृत्यु भएको बताएका छन् ।
अस्पतालका अनुसार इजरायली सैन्य क्षेत्र नेत्जारिम करिडोरमा यो घटना एक समूह अमेरिका र इजरायलद्वारा सञ्चालित ह्यूमेनिटेरियन फाउन्डेशनको खाद्य वितरण केन्द्रमा आटा लिन गएका बेला भएको हो ।
हमासको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले गोलाबारी गरेको बताएको छ । कैयौं मानिसलाई ट्रकले कुचलेको पनि बताइएको छ । यता इजरायली सेनाले पनि सन्दिग्धहरु नजिक आउँदा सेनाले चेतावनीस्वरुप गोली चलाएको बताएको छ ।
खान युनुस्थित एक अस्पतालका अनुसार दक्षिणी राफामा जीएचएफस्थल नजिक इजराली गोलाबारीमा १४ अन्य मानिस पनि मारिएका छन् । राफाबाट प्राप्त रिपोर्टहरुलाई अध्ययन गरिरहेको इजरायली सेनाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।