काठमाडौं– एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ। बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो। ए आई ३७९ विमानमा १५६ यात्री थिए।
यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो।
भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो।
पीटीआईका अनुसार, थाइल्याण्डबाट नयाँ दिल्ली जाँदै गरेको एयर इन्डियाको एआई ३७९ विमानले बमको धम्की पाएपछि आपतकालीन अवतरण गराएको थियो।
१५६ यात्रुसहित, उडानलाई दक्षिणी थाई टापुमा फिर्ता अवतरण गरिएको थियो। विमानस्थलका अधिकारीहरूले एनडीटीभीलाई बताएअनुसार आपतकालीन योजना लागू गर्दै सबै यात्रुहरूलाई उडानबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ। भारतीय राजधानी जाँदै गरेको विमानले उडान भरेको थियो
विहीबार दिउँसो भारतको अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।