काठमाडौँ –अष्ट्रियाको दोस्रो ठूलो शहर ग्राजको एक स्कुलमा भएको गोली आक्रमणमा १० जनाको मृत्यु भएको छ । एक उच्च माध्यमिक विद्यालयमा गोली चल्दा २८ जना विद्यार्थी र शिक्षक घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान करिब १० बजे विद्यालयभित्र गोली चलेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनापछि ग्राजमा ठूलो सुरक्षा अपरेसन सञ्चालन गरिएको छ । प्रहरीले सर्वसाधारणलाई घटनास्थल नजिक नजान आग्रह गरेको छ । प्रहरीले घटनास्थलमा विशेष सुरक्षा बल कोबरा खटाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको समाचारमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।