उद्घाटन समारोहको तस्विर
काठमाडौं– नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुको बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै पदाधिकारीको केही नाम प्रस्ताव गरेको छ।
अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका हुन्।
उनले ती नामहरू प्रस्ताव गरेपछि असन्तुष्ट पक्षले नाराबाजी गरेका हुन्। जसले गर्दा बन्दसत्र स्थगित गरेर अहिले सहमतिको प्रयास भइरहेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। सोही आधारमा ढकालले सर्वसम्मतका लागि प्रस्ताव गरेका थिए। तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दीपक धामीले चुनावको माग गरेपछि असन्तुष्ट पक्षले नाराबाजी गरेको हो। ‘सेलेक्सन मान्दैनौँ, इलेक्सन चाहियो’ भन्दै होहल्ला र नाराबाजी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।