एजेन्सी –आप्रवासनको आन्दोलन झनै चर्किएपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यू जारी गरिएको छ । लस एन्जलसका मेयर करेन बासले स्थिति नियन्त्रणबाहिर जान नदिन कफ्र्यू आदेश जारी गरेका हुन् ।
एलए प्रहरी प्रमुख जिम म्याकडोनेलले बढ्दो अशान्ति, जिउधनको रक्षा र सम्पत्तिको सुरक्षा गर्न कफ्र्यू आवश्यक भएको बताएका छन् । यस्तै लस एन्जलसमा आप्रवासीमाथिको धरपकड विरुद्धमा भएको प्रदर्शन नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना प्रयोग गरेपछि क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयर रुष्ट बनेका छन् । मेयर कारेन बासले आफूहरूलाई थाहा नदिई यो किसिमको घटना भएकोमा आपत्ति जनाएका छन् ।
यस्तै क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्थिति भड्काएको आरोप लगाएका छन् । यस्तै लस एन्जलसबाट शुरु भएको आप्रवासीको प्रदर्शन न्युयोर्क पुगेको छ ।
प्रदर्शनमा ऐकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन भएको हो । त्यस्तै सान फ्रान्सिस्कोमा पनि प्रदर्शन भएको छ । विरोध प्रदर्शनका कारण सडक ठप्प छ भने अदालतका कामकारबाही समेत प्रभावित भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।