काठमाडौ – नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा बल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्ड नियुक्त भएका छन्।
उनलाई महिला टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल संघ (एन्फा)ले जानकारी दिएको हो।
एन्फाले २०८२ वैशाख ८ गते प्रो लाइसन्स प्राप्त प्रशिक्षकको लागि आवेदन माग गरेको थियो।
आवेदनमा २१ वटा निवेदन परेका थिए। जसमा २ जना सटलिष्टमा परेका प्रशिक्षक मध्ये एन्फाले प्याट्रिकलाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।
नवनियुक्त मुख्य प्रशिक्षकलाई एन्फाका महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। उनी प्रमुख प्रशिक्षक रहँदा हालसम्म महिला टिमकाे प्रशिक्षक रहेका राजेन्द्र तामाङ सहायक प्रशिक्षककाे रुपमा टिममा रहनेछन्।
६१ बर्षिय वाइल्डले यसअघि सोमालिया, रुवाण्डाका टिमको प्रशिक्षक रहेका थिए भने नेपालमा नेपाल सुपर लिग टिम काठमाडौँ रेन्जर्सको समेत प्रशिक्षक रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।