काठमाडौं – नेपालकै अग्रणी अनलाइनकिनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८०% सम्मको बृहत छुट, निःशुल्कहोम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको ब्यवस्था गरिएको छ । यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको छ ।
६.६ मेगा मिड इयर सेल मार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६% सम्मको आकर्षक छुट पाउन सकिने ब्यवस्था गरेको छ । जस अन्तर्गत, प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकर मार्फत ११% सम्म छुट, गोल्ड ब्रान्डनाइकमा ५०% सम्मको छुट र सिल्भर ब्रान्डहरू र्होटो र न्यानो डायपर्समार्फत ४०% सम्मको छुटको ब्यवस्था गरिएको छ ।
६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्याश सेल अभियानरहने जानकारी दिइएको छ । यस मार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभलिन हुन अनुरोध गरेको छ ।
दराजले यस पटकको सेललाई छुटहरुका लागि अवसरका रुपमा मात्र नभइ, शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरु, एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको ब्यवस्था गरेको छ । यस उपहार योजना अन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरु प्रदान गरिने ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
एड टू कार्ट एण्ड विन अन्तर्गत, रु. १०,००० भन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरू मध्ये ५ जना भाग्यशाली विजेताहरुको छनौट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाईरु. ९,००० सम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसैगरी, बाई एण्ड विनअन्तर्गत, कम्तीमा रु. ५,००० को सामग्री खरिद गर्ने ग्राहकहरू मध्ये १ जनाभाग्यमानी विजेतालाई रु. ५२,५०० बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने ब्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
६.६ सेलमार्फत उपभोक्ताहरुले अझ बढी बचत गर्न सक्नुहोस् भन्ने सोचका साथ कम्पनीले आफ्ना उपभोक्ताहरु लाई बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु खोज्न नबिर्सनुहुन अनुरोध पनि गरेको छ । यसरी बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु कुनै उपभोक्ताले नेपालकै अरु कुनै अनलाइन प्लेट फर्ममा सस्तो मूल्यमा फेलापार्नु भएमा र निर्धारित योग्यताको मापदण्ड पुरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बार रकम फिर्ता पाउन सकिने छ । यसका साथै, दराजले अनलाईन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथसजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ ।
१४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नु पर्ने हुन्छ । त्यस पश्चात, रिटर्न / रिफन्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरू गर्नुपर्दछ, फिर्ताको कारण उल्लेख गरी, रिटर्न शिपमेन्ट टाइप चयन गर्नु पर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सक्नु हुनेछ । यस प्रक्रियालाई सजिलो बनाउन दराजले ईन्स्ट्रक्शनल भिडियो पनि तयार पारी हेर्न र जानकारी लिनकालागि उपलब्ध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।