काठमाडौं– मंगलबार भारी गिरावट भएको सेयर बजार बुधबार पनि घटेको छ।
सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो।
बुधबार सेयर बजार ७ अंकले गिरावट हुँदै २६५२ विन्दुमा पुगेर बन्द भएको छ। आज कारोबार रकममा समेत साढे एक अर्ब गिरावट भएको छ। योसँगै आज जम्मा पाँच अर्बको सेयर कारोबार भएको हो।
यसअघि सोमबार सवा नौ अर्ब बराबरको सेयर कारोबार भएको थियो भने मंगलबार साढे ६ अर्बको कारोबार भएको थियो।
आज कारोबारका आधारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र पियोर इनर्जी लिमिटेडको सेयरमा सर्किट लागेको हो।ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढेको छ।
आज अधिकांश सेक्टरका सूचक घटेका छन्। फाइनान्स सबैभन्दा धेरै ०.९० प्रतिशत घट्यो। बैंकिङ ०.५९, विकास बैंक ०.७१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगनी ०.०८, जीवन बीमा ०.४८, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा ०.६८ तथा अन्य ०.५४ प्रतिशत घटे।
व्यापार ०.४९ प्रतिशत बढ्यो। विशाल बजार कम्पनीको मूल्य बढ्दा यो सेक्टर बढेको हो। विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा दुई कम्पनी यसमा सूचीकृत छन्।
सुपर माइ हाइड्रोपावरको ७.३४, अरुण कााबेली पावरको ३.३९, माइखोला हाइड्रोपावरको २.८ प्रतिशत मूल्य बढ्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८१, मिडसोलु हाइड्रोपावरको ३.७०, उपकार लघुवित्तको ३.४० तथा सामुदायिक लघुवित्तको ३.३० प्रतिशत मूल्य घट्यो।
धेरै कारोबार भएका कम्पनीमा अरुण काबेली हाइड्रोपावर, राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर र बरुण हाइड्रोपावर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।