काठमाडौँ – नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो ।
बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । बिहीबार तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।