काठमाडौँ – गाजापट्टीमा इजरायली आक्रमणमा शनिवार ४१ प्यालेस्टिनीको मृत्यु भएको छ । भने दर्जन बढि घाइते भएका छन् । इजरायली आक्रमणहरूले एन्क्लेभको दक्षिणी, उत्तरी र मध्य भागहरूमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने आवासीय घरहरू र पालहरूलाई लक्षित गरेको छ ।
यसैबीच, गाजाका स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरे कि विगत ४८ घण्टामा अस्पतालहरूले ९२ शव र २१९ घाइते व्यक्तिहरू भेटिएका छन् ।
अधिकारीहरूकाअनुसार मार्च १८ मा इजरायलले आफ्नो सैन्य कारबाही पुनः सुरु गरेदेखि मारिएका प्यालेस्टिनीहरूको संख्या १ हजार ७८३ पुगेको छ ।जसले अक्टोबर २०२३ मा द्वन्द्व सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५१ हजार १५७ पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।