फाइल तस्विर काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैशाख १७ गते बस्नेगरी सभापति शेरबहादुर देउवाले बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनका अनुसार बैठकमा दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको उनले बताए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधिबारे छलफल हुने जनाइएको छ । एमाले सत्ता सहकार्य थालेको ९ महिनामै कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ । बैठकमा त्यसबारे पनि छलफल हुने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।