• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
बलिउड निर्देशक कबीर खानसँग संवाद : ‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’
64x64
नेपाल लाइभ मंगलबार, मंसिर ११, २०८१  २१:२४
1140x725

काठमाडौं– बलिउडमा पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन् कबीर खान। ‘काबुल एक्सप्रेस’बाट निर्देशनमा होमिएका उनले त्यसयता ‘न्युयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन्।

यसै साता उनी काठमाडौंमा थिए। फिल्म साउथ एसिया महोत्सवको प्रमुख अतिथिका रुपमा उनी काठमाडौं आएका हुन्। कबीरले यही महोत्सवमा आफ्नो डकु–ड्रामा ‘द फर्गटन आर्मी’ बाट २५ वर्षअगाडि सन् १९९९ को संस्करणमा ‘ग्य्रान्ड जुरी अवार्ड’ हात पारेका थिए।

फिल्म साउथ एसियाको उद्घाटन सत्रमा सम्बोधन गर्दै कबीरले सो अवार्ड नै आफूले आफ्ना कामका लागि पाएको पहिलो अवार्ड भएको स्मरण गरे। सो अवार्डले नै आफूलाई फिल्म निर्माणमा अगाडि बढ्न मद्दत गरेको उनले बताए।

आज बलिउडको मूलधारे सिनेमामा आफ्नो बेग्लै नाम र पकड बनाउन सफल कबीरसँग महोत्सवका दौरानमा संवाद गरिएको छ। संवादमा उनले कथाले नेपाल खोजेको दिनमा सिनेमा छायाङ्कन गर्ने आउने बताउनुका साथै फिल्म क्षेत्रमा भविष्य खोज्न चाहनेहरुले प्रशस्त अध्ययन र सिनेमा हेर्नुपर्ने सुझाव दिए। निर्देशक आफूले भन्न खोजेको कथामा अडिग भएर कथाको माग अनुसारको पटकथा लेख्नुपर्ने उनको धारणा छ। यसका लागि अध्ययनसँगै ती चीज पहिचान गर्नसक्ने क्षमता सो व्यक्तिभित्र हुनुपर्ने उनले बताए।

प्रस्तुत छ, बलिउड निर्देशक कबीर खानसँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले फिल्ममेकर बन्नेबारे कहिले सोच्नुभयो ?
यो एउटा क्रमिक प्रक्रिया जसरी सुरु भयो। मलाई स्टिल फोटोग्राफीमा रुचि थियो। म पदयात्रामा धेरै नै जाने गर्थें। यसले गर्दा म आफू जहाँ घुम्न जान्थें, ती ठाउँहरुलाई कैद गर्ने गर्थें। यिनै कुराबाट म यो दृश्ययात्रामा छिरें। स्कुल-कलेजमा मैले केही मात्रामा रङ्गमञ्च पनि गरें। थाहै नपाई सिनेमाप्रति निकट हुँदै गइयो। मेरी आमा एकदमै सिनेमाप्रेमी हुनुहुन्थ्यो। उहाँले नै हामीलाई धेरै सिनेमा देखाउन लैजानुभयो। सिनेमाप्रति एक प्रकारको माया थियो तर त्यहाँ म व्यावसायिक रुपमै हुनेछु भनेर चाहिं कुनै सोच बनाएको थिइनँ। स्नातक तह सकेपछि मात्रै यता लागें।

मेरी दिदी एउटा फिल्म स्कुलमा आवेदन दिंदै हुनुहुन्थ्यो, अनि मैले पनि मेरा लागि पनि एउटा प्रवेश फारम ल्याइदिन भनें। मैले विना कुनै सोच आवेदन दिएँ र जामिया फिल्म स्कुलमा प्रवेश पाएँ। जब मैले यो सुरु गरें, तब मैले यो कुरा महसुस गरें। जब फिल्म स्कुलमा मेरो प्रवेश भयो, तब यो नै त्यो कुरा हो जससँग म प्रीतिकर हुनेछु भनेर सोच्न थालें।

जामिया प्रवेशअघि तपाईंको झुकाव कस्ता सिनेमातिर हुन थाल्यो ?
मैले हरप्रकारका सिनेमा हेरें। घरमा हामी हरप्रकारका सिनेमाहरु हेर्थ्यौं। मेरी आमाका प्रिय कलाकार अमिताभ बच्चन थिए, उहाँ श्याम बेनेगलका सिनेमाको पनि प्रशंसक हुनुहुन्थ्यो। त्यसकारण हामी धेरै प्रकारका सिनेमा हेर्थ्यौं।

Ncell 2
Ncell 2

सिनेमा कर्म गम्भीर काम हो भन्ने बुझेपछि तपाईंले हेर्ने सिनेमाको छनोटमा कुनै परिवर्तन आयो कि ?
यो बुझिसक्दा म फिल्म स्कुलमा आइसकेको थिएँ र सिनेमासँगको परिचय फराकिलो हुन थालिसकेको थियो। हामी संसारभरका हरप्रकारका सिनेमा हेर्न थालिसकेका थियौं। अब तपाईंले ठ्याक्कै कुन कुन सिनेमा हेर्नुभयो भनेर सोध्नुभयो भने यो-यो खाले भनेर ठ्याक्कै भन्न सक्दिनँ तर भारतीय फिल्मकर्मीमा कसलाई पछ्याइयो भन्नुहुन्छ भने ती व्यक्ति मणिरत्नम हुन्। मणिरत्नमका सिनेमामा सधैं मानवीय कथाहरु हुने गर्छन्, जसको नेपथ्यमा ठूलाठूला राजनीतिक परिदृश्यहरु हुने गर्छन्। म यी कुराहरुतिर आकर्षित थिएँ र मौका मिल्दा यस्तै सिनेमा गर्ने मेरो इच्छा रहेको थियो। मूलधारका सिनेमामा राजनीतिक र ऐतिहासिक सन्दर्भसँग गाँसिएका मानवीय कथा भन्न चाहन्थें।

डकुमेन्ट्री सिनेमामा लागेकाहरुमा मूलधारका सिनेमा गर्ने उतिसाह्रो मोह भएको पाइँदैन, तपाईंमा यो मोह कसरी जाग्यो ?
म मूलधारको सिनेमा गर्नेमा सधैं स्पष्ट थिएँ। ती दिनमा डकुमेन्ट्री सिनेमाका लागि दर्शकको ज्यादै नै अभाव थियो। ती दर्शकसँग पुग्न मलाई कठिन भइरहेको थियो। आजजस्तो ओटीटी लगायत डिजिटल प्लाटफर्महरु पनि थिएनन्। योसँगै मैले यो देशमा मूलधारका सिनेमा नै शक्तिशाली भएको बुझिसकेको थिएँ र यसैले पनि यतातिर आएँ।

पहिलो सिनेमा ‘पिच’ गर्न कति गाह्रो–सजिलो भयो ?
सजिलो त भएन। जब म मेरो यात्रालाई फर्केर हेर्छु, त्यो त्यति खराब पनि थिएन। एक वर्षसम्म कुनै निर्माताले लगानी गर्ला भने स्क्रिप्ट बोकेर हिंडिरहेको थिएँ। त्यो समयमा चाहिं मलाई एकदमै कठिन र लामो यात्रा जस्तो लागेको थियो। मेरो पहिलो सिनेमा ‘काबुल एक्सप्रेस’ त्यो समयका हिसाबले पृथक थियो। त्यसमा कुनै प्रेमकथा वा प्रेमका गीतहरु थिएनन्, बिल्कुलै फरक थियो। तर अन्त्यमा अचम्मसँगले बलिउड सिने उद्योगको ठूलो नाम ‘यशराज फिल्म्स’ले मेरो स्क्रिप्ट लियो र तीनवटा सिनेमाका लागि अनुबन्ध समेत गर्‍यो।

‘काबुल एक्सप्रेस’पछि निर्देशकका हिसाबले तपाईं बुझाइ र भोगाइ कस्तो रह्यो ?
सपना साकार भए झैं भयो। ठूलो पर्दामा त्यो सिनेमा ल्याउनु एक प्रकारले बोनसजस्तो भयो। म सौभाग्यशाली रहें, जसले आदित्य चोपडाजस्तो निर्माता पायो। उनले मलाई तीन भिन्न प्रकारका सिनेमा बनाउने अवसर प्रदान गरें। मैले यसराजका लागि ‘काबुल एक्सप्रेस’, ‘न्युयोर्क’ र ‘एक था टाइगर’ गरी तीनवटा सिनेमा बनाएँ र ती तीनवटै सिनेमा एकअर्काभन्दा फरक थिएँ। त्यसकारणले त्यो एकदमै ठूलो प्रशिक्षण मैदान जस्तो भयो सिनेमा निर्माणको।

shivam cement

shivam cement

आदित्यले किन तपाईंको ‘काबुल एक्सप्रेस’ सिनेमा छनोट गरेजस्तो लाग्छ, यो सिनेमालाई लिएर उनको प्रतिक्रिया के थियो ?
‘काबुल एक्सप्रेस’पछि मात्र होइन, बनाउनुभन्दा पहिले पनि धेरै छलफल भए। ती छलफल सिनेमाको सोच–शैली तथा स्क्रिप्टबारेमा थिए। उनले ‘काबुल एक्सप्रेस’लाई नयाँ समय र सोचको सिनेमाका रुपमा सोच्थे। यो उनीहरुले बनाइरहेका सिनेमाभन्दा फरक थियो। उनी त्यसमा परिवर्तन ल्याउन चाहन्थे। उनी यसलाई आफ्नो सहजताभन्दा बाहिरको सिनेमाका रुपमा लिन्थे।

सिनेमाका लागि तपाईं कथा कसरी खोज्नुहुन्छ ?
जो कोहीबाट पनि कथा आउनसक्छ। तपाईंको व्यक्तिगत अनुभवबाट पनि आउनसक्छ, जस्तो ‘काबुल एक्सप्रेस’मा मलाई आएको थियो। अखबारमा तपाईंले पढ्नु भएको समाचार पनि हुनसक्छ, जस्तो ‘चन्दु च्याम्पियन’। यो अखबारमा मैले पढेको लेखबाट आएको हो र ती ऐतिहासिक सन्दर्भबाट पनि हुनसक्छन् वा कसैले तपाईंले सुनाएको कुराबाट पनि हुनसक्छ, जसबाट ‘बजरङ्गी भाइजान’ बन्यो। त्यो मलाई विजयन्त्रप्रसादले हैदराबादबाट पठाइदिनुभएको थियो, जुन मलाई पढ्ने बित्तिकै मन परेको थियो। त्यसकारण कथा जुनसुकै तरिकाबाट पाउन सकिन्छ। त्यसपछि हो त्यसलाई स्क्रिप्टमा ढाल्ने।

पटकथाको छनोट कसरी गर्ने गर्नुहुन्छ ?
तपाईंभित्रको ‘गट फिलिङ इन्स्टिङ’ले छनोट गर्ने हो। तपाईंमा व्यक्तिगत रुपमा त्यसले आकर्षण उत्पन्न गराउनुपर्‍यो। जब म कुनै कथा सुन्छु, त्यसले मलाई उत्साहित गराउनुपर्‍यो कि हो यो कथा म भन्न चाहन्छु भनेर। म मलाई यो किन मनपर्‍यो भनेर विश्लेषण गर्छु र लेखन प्रक्रियामा लैजान्छु तर मेरो पहिलो आधार भने ‘गट फिलिङ इन्स्टिङ’ हो।

निर्देशकका रुपमा कथा भेटेपछि तपाईं के कुरामा ज्यादा उत्साहित बन्नुहुन्छ ?
जस्तो कि मैले भनिसकें यसमा एउटै चीज मात्र हुन्न, सबै कुराले हुन्छ। जस्तो कि पात्रहरुको जुगलबन्दी, कथाले भन्न खोजिरहेको कुरा, चरित्रको नेपथ्य जसले त्यसलाई निर्माण गर्छ अर्थात् कथाका रूपमा त्यसले तपाईंको संवेदनालाई जगाउनुपर्छ, उत्साहित पार्ने खालको हुनुपर्छ। फिल्मकारका रुपमा यति भइसकेपछि तपाईं सिनेमा सुरु गर्न सक्नुहुन्छ। यो एउटा लामो प्रक्रिया हो। जब तपाईं सिनेमा बनाउने भनेर आउनुहुन्छ, तब तपाईं त्यो सोचप्रति वर्ष–डेढ वर्षसम्म प्रतिबद्ध हुनुपर्छ। त्यसमा तपाईंको लगावले मात्र काम गर्न सक्छ।

स्क्रिप्ट सिनेमाका लागि महत्वपूर्ण हुन्छ, निर्देशकका हिसाबले स्क्रिनप्लेमा तपाईंका चेकलिस्टहरु के–के हुन् ?
स्क्रिप्टमा स्क्रिनप्ले एकदमै महत्वपूर्ण हुन्छ। स्क्रिनप्लेले कथा कसरी खुल्दै जान्छ, कसरी एउटा दृश्यबाट अर्को दृश्यमा गएर दर्शकलाई बाँधिराख्छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ। स्क्रिनप्ले लेख्ने कुरा तपाईंले अरू सिनेमा हेरेर सिक्न सक्नुहुन्छ। किताब अध्ययन गरेर पनि सक्नुहुन्छ। यी कुराले सहयोग गर्छन् नै, तर तपाईंभित्र प्रतिभा भने हुनैपर्छ। प्रशंसा गरिएका अरुका स्क्रिप्ट पनि पढ्नुपर्छ। यो निरन्तरको सिकाइ प्रक्रिया हो। प्रत्येक सिनेमाले भिन्नभिन्न स्क्रिनप्लेको माग गर्छ, त्यसकारण तपाईंले भन्न खोजेको कुरालाई अनुभूति गर्नुपर्छ र कसरी भन्न चाहेको हो त्यो बुझ्नुपर्छ। किनकि कथाअनुसार त्यो कहिले लिनियर त कहिले नन–लिनियर हुने गर्छ।

एउटा फिल्मकर्मीले  धेरैभन्दा धेरै सिनेमा हेर्नुपर्छ कि पढ्नुपर्छ ?
दुवै गर्नुपर्छ। यसले भिन्न संसारका मानिसहरूको अभिव्यक्ति हेर्ने झ्याल प्रदान गर्छ।  जसको अनुभव वा पढाइ तपाईंले गर्नुभएको छैन। अध्ययन र सिनेमा हेर्ने दुवै कामले एकदमै सहयोग गर्छ। भिन्न दृष्टिकोण बुझ्न, वरिपरि के भइरहेको छ त्यो बुझ्न, संसारमा मानिसहरु के कसरी सोचिरहेका छन्, उनीहरुका अभिव्यक्ति, शिल्पका बारेमा बुझ्न सहयोग गर्छ। मलाई धेरैभन्दा धेरै सिनेमा हेर्ने र अध्ययन गर्ने बाहेकका अरू विकल्प छन् जस्तो लाग्दैन।

सिनेमा सफल हुँदा र असफल हुँदा निर्देशकका रुपमा तपाईं के सोच्नुहुन्छ ?
कुनैबेला किन काम गरे–गरेनन् भनेर विश्लेषण गर्ने कोसिस गर्छु। कुनै बेला फेरि त्यो कुरा बुझ्न समय लाग्नसक्छ। तर मलाई के लाग्छ भने सिनेमा सफल हुँदामा ज्यादा उत्साहित हुने र असफल हुँदैमा धेरै गम्भीर हुनुहुँदैन। यो खेलको नियम नै त हो।

सफलता र असफलताले तपाईंको सिनेमाप्रति रहेको भिजनलाई तपाईंबाट पर लैजान सक्दैन। तपाईंले भन्न खोजेको कथा पनि प्रभावित हुँदैनन्। सफलता–असफलता दुवै कुराबाट तपाईं प्रभावित बन्नुहुँदैन।

निर्देशकका हिसाबले नयाँ फिल्मकर्मीका लागि तपाईंका केही सुझाव छन् ?
मलाई लाग्छ तपाईं आफ्नो दृष्टिकोण र दृश्यमा अटल हुनुपर्छ। यो उद्योगमा नामदाम र चर्चाका कारण छिट्टै पथान्तर हुने सम्भावना रहन्छ। यो हुँदा यी नै मा आफूलाई हराउने खतरा रहन्छ। प्रत्येक सिनेकर्मीको आफ्नो आवाज हुन्छ र त्यो हराउने खतरा हुन्छ। मानिसहरुले तपाईंको सिनेमालाई एउटा हस्ताक्षरका रुपमा हेरिराखेका हुन्छन्। त्यसैले तपाईं त्यसमा अडिग भइराख्नु जरुरी छ।

केही वर्षयता दक्षिण भारतीय सिनेमाहरुले आफ्नो प्रभाव विस्तार गरिरहेका छन्। बलिउडले त्यताका सिनेमालाई कसरी हेरिरहेको छ ?
यो एउटा स्वागतयोग्य परिवर्तन हो। हामीले भारतमा यो बलिउडको, यो दक्षिणको वा यो पञ्जाबको सिनेमा भन्नु भन्दा पनि यी भारतीय सिनेमा हुन्। हामीले दर्शकलाई हलसम्म ल्याउन सफल भइरहेका छौं, यो नै महान् उपलब्धि हो। जसको फाइदा समग्र उद्योगलाई नै पुगिरहेको छ।

बितेका केही समय बलिउडले सोचेजस्तो व्यावसायिक सफलता हात नपारिरहेको बताइन्छ, जुन उनीहरुले पहिले पाउने गर्थे। यसका कारणहरु के होलान् ?
त्यस्तो पनि होइन। कोभिडपछि केही समय हामीले मानिसहरुले अझै पनि सामान्य अवस्थामा फर्किएका छैनन् भनेर सोच्यौं। मानिसहरुमा पहिले झैं सिनेमाघर आउने बानी बसिसकेको छैन। तर केहीपछि नै धेरै भारतीय हिन्दी सिनेमाले ठूलो व्यापार गरेका छन्। पठान, स्त्री २, जवान लगायतका सिनेमाले ठूलो मात्रामा व्यापार गरेका छन्। मानिसहरु अब हलमा आउन थालिसकेका छन् यद्यपि कोभिडअघि जति आउँथे त्यति आइरहेका छैनन्। विस्तारै यो बढ्दै जानेछ।

तपाईं बलिउडले जस्ता सिनेमा बनाइरहेको छ, ती सिनेमाबाट खुसी हुनुहुन्छ ?
दर्शकका हिसाबले मेरा लागि बनाइरहेको छैन होला तर अरू दर्शकहरुले त रुचाइरहनुभएको छ। व्यक्तिगत रुपले भन्नुहुन्छ भने म पोस्ट कोभिडपछि आएका सिनेमाहरुबाट सन्तुष्ट भइरहेको छैन, त्यस्तो आइरहेको छैन। तर सिनेमाहरु बनिरहेका छन्, मानिसहरु हेर्न आइरहेका छन् जुन एउटा खुसी हुनुपर्ने कारण बनिरहेको छ।

धेरै दक्षिण भारतीय सिनेमाले पछिल्लो समय नेपाललाई सुटिङ गन्तव्य बनाइरहेका छन्। कबीर खानलाई नेपालमा कहिले सुटिङ गर्दै गरेको देख्न पाइएला ?
मैले फेस्टिभलको संवाद सत्रमा पनि भनिसकेको छु। म नयाँ कथाको खोजीमा रहेको छु र नेपालको सेटिङ भएको राम्रो कथा भेटियो भने म नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु। नेपाल सुटिङका हिसाबले मनमोहक ठाउँ हो र यो प्राकृतिक रुपमा मात्र नभई काठमाडौंको चरित्र, यहाँका मानिसहरुका कारण पनि राम्रो ठाउँ हो। सही कथा र काठमाडौंको कथा भएमा अवश्य नै मेरो छायाङ्कनस्थल काठमाडौं बन्नेछ।

यहाँ आएपछि कुनै नेपाली सिनेमा हेर्नुभयो कि भएन ?
छैन। म यहाँ आएको दुई दिन मात्र भयो तर मैले हाल चलिरहेको सिनेमाका बारेमा एकदमै राम्रो चर्चा सुनेको छु, नाम चाहिं पूरा बिर्सें (पूर्णबहादुरको सारङ्गी)। कुनै बिन्दुमा हेर्छु होला तर यो यात्रामा चाहिं अलिक सम्भव छैन किनकि महोत्सवमै व्यस्त भएकाले त्यसका लागि समय निकाल्न सक्दिनँ मैले। स्थानीय दर्शकबाट यसरी साथ पाउनु एकदमै राम्रो कुरा हो। यसरी आफ्नाको साथ पाउनु आफैंमा एउटा महान् कुरा हो।

तपाईंको अर्को डकुमेन्ट्री फिल्म कहिले हेर्न पाइएला ?
मलाई कहिले पाइन्छ भनेर त थाहा छैन। फिचर फिल्ममै व्यस्त छु त्यसैले कुन बिन्दुमा डकुमेन्ट्री फिल्म बनाउँछु थाहा छैन तर मलाई डकुमेन्ट्री बनाउन मनपर्छ। मलाई यसको संरचनाले उत्साहित बनाउँछ। ड्रामा फिक्सनभन्दा डकुमेन्ट्रीको संरचनाले कथा अझ राम्रोसँग भन्न सकिन्छ।

तपाईंका आफ्नैमध्येको प्रिय सिनेमा चाहिं कुन हो ?
मेरो सिनेमाबाट भन्नुभयो ? यो भन्न एकदमै गाह्रो छ किनकि यो कसैलाई तपाईंको प्रिय सन्तान कुन हो भनेर सोध्नु जत्तिकै हो। त्यसकारण मेरो प्रिय सिनेमा यो भनेर कुनै नाम दिन सक्दिनँ। तर कहिलेकाहीं सिनेमा निर्माणको प्रक्रियाले चाहिं मनको छेउमा राख्ने काम गर्छ। त्यो सिनेमा बनाउँदाको विधिप्रक्रिया र यात्राले चाहिं एउटा निर्देशकलाई त्यो कथा सिनेमाका लागि लिंदा एउटा लक्ष्य लिएर काम गरिरहेको हुन्छ र त्यसलाई कसरी कुशलतापूर्वक सिनेमामा परिणत गर्नुभयो भन्ने कुराले एउटा उपलब्धि हासिल गरें भन्ने गराउँछ। जस्तै ‘८३’ र ‘चन्दु च्याम्पियन’ यी दुवै सिनेमा मैले पर्दामा म जसरी ल्याउन चाहन्थें, त्यसैगरी ल्याउन सकें। त्यसैले यी दुई सिनेमा मेरो धेरै नै निकट छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २१:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई
सम्बन्धित सामग्री
‘हेल्लो काँशीराम’को अर्को गीत ‘खैजेडीको घेरो’सार्वजनिक (भिडियोसहित) दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ। चलचित्रका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीराम... सोमबार, वैशाख २९, २०८२
कान्स मार्केटमा स्टल राख्ने पहिलो नेपाली फिल्म बन्दै ‘एक्लो’ यस वर्ष कान्स फेस्टिभलको प्रतिस्पर्धामा कुनै नेपाली फिल्म छनोट नभए पनि नेपालको प्रतिनिधित्व गर्दै प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो... आइतबार, वैशाख २८, २०८२
चलचित्र ‘राजकुमारी’को निर्माण घोषणा चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गर्दै छन्। निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’को रूपमा लिएको बताए । शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर आइतबार, जेठ ४, २०८२
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई आइतबार, जेठ ४, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सगरमाथा संवाद २०२५ सम्पन्न आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्