काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
आजै दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएको महामन्त्री राजाराम बर्तौलाले बताए।
उनका अनुसार बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, आन्दोलनको तयारीलगायतको विषयमा छलफल हुनेछ।
बैठकमा तीनकुने घटना छानबिन र पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने राप्रपा नेपालको माग छ।
आजको बैठकमा त्यसबारे पनि छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।