• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
पार्टीमा यस्तै अवस्था रहे रास्वपाको औचित्य सकिन्छः केन्द्रीय सदस्य गणेश कार्की [अन्तर्वार्ता] रविजीको वरपर भ्रम छर्नेहरु छन्, जसले रविजी र पार्टीलाई सिध्याइरहेका छन्
64x64
नेपाल लाइभ बिहीबार, वैशाख २७, २०८१  १२:३०
1140x725

काठमाडौं– युवाहरुको आशा र सपना पूरा गर्छु भनेर गत निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला अलमलमा छ। नयाँ जोश,जाँगरका साथ निर्वाचनमा होमिएको रास्वपालाई आम नेपालीहरुले छोटो समयमा नै विश्वास गरेर प्रतिनिधि सभाको २१ सिटमा जिताए पनि। नो नट अगेनको नारा बोकेर निर्वाचनमा राम्रो सिट प्राप्त गरेको रास्वपा यतिबेला त्यही नाराको भारीबाट थिचिएको छ।

किनभने पार्टीकै नेताहरु पुराना राजनीतिक दलहरुलाई समर्थन गरेर सरकारमा जानु उचित नरहेको बताइरहेका छन्। पार्टीका केन्द्रीय सदस्य गणेश कार्की सरकारबाट रास्वपा जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने तर्क गर्छन्। उनले पुराना पार्टीलाई अंगालो हाल्न थालेपछि रास्वपाको मिसन ०८४ ले हावा खाइसकेको बताए। 

उनले पार्टीमा यस्तै अवस्था रहने हो भने पार्टीको औचित्य सकिने बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पार्टी सभापति रवि लामिछानेको वरपर भ्रम छर्नेहरु रहेको र जसले पार्टी र सभापतिलाई सिध्यारहेको टिप्पणी गरे। यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश।

पार्टी कसरी चलिरहेको छ, प्रश्नहरु निरन्तर उठिरहेको छ नि?
हामीले प्रश्नहरुको जवाफ दिइरहेका छौँ। कति प्रश्नको जवाफ प्रष्ट दिएका छौं, कतिको अलिकति घुमाउन खोजिरहेका छौं र कतिपय प्रश्नहरुको जवाफ नदिएर तर्किरहेका छौं।

यो भनेको के हो?
हामी आफ्नो अनुकुलतामा जवाफ दिइरहेका छौँ। मिल्दो प्रसंग आयो भने चर्को स्वरमा जवाफ दिइरहेका छौँ। अलिकति ग्रे जोन (अस्पष्ट अवस्था) मा भएका विषयमा घुमाएर, आज आफू जोगिएर जवाफ दिइरहेका छौं। पुरानाहरू पार्टीको छल्दै बच्दै हिँडिरहेका छौं। कतिपय मुद्दा र विषयका बारेमा अहिले नगरौँ भनेर तर्क गरेर हिँडेका छौँ।

यसरी हेर्दा पार्टी ठिकठाक चलेको जस्तो देखिएन?
पार्टी छोटो समयमा ठूलो भयो। फिक्सन फिल्मको पात्र जस्तो सानोबाट एकै  छिनमा ठूलो भएको। अस्वभाविक गति र रूपको बनेको जस्तो देखियो। जम्प गरेर हिँडे जस्तो हुँदा कहिले कता कहिले कता ठोक्किरहेको छ। ठोक्किएको विषयमा पार्टीभित्र समिक्षा नै हुन सकेन। यहाँ हामी चुकिरहेका छौं।

पार्टी आउँदा राजनैतिक विकल्प दिनेगरी आएको, नयाँ सोचको साथ आएको भनिएको थियो, यस्तो अवस्थामा पुग्नु भनेको के? कसरि व्याख्या गर्ने?  
पार्टी भित्र गम्भीरता देखिएन। फट्याङ्ग्रा उफ्रिए जस्तो पार्टी बन्यो। संसद्मा गइयो, संसदवाट सरकारमा, सरकारवाट फिर्ता अनि फेरि सरकारमा, त्यसपछि उपनिर्वाचनमा भाग लियौं, हाम्रो उम्मेदवारको जमानत जफत भयो। सबै तिब्र गतिमा भइरहेको छ।  यो गति अस्वभाविक भयो।  कतै हाम्रै शक्ति हामी माथि त आइलाग्ने होइन भन्ने डर भयो। हाम्रो उफ्राइ हेर्दा जता पनि लड्नसक्ने देखियो। रास्वपाको चरित्र नबन्दै अंक गणितको खेलमा आइसकेका छौं। अहिले रोकिनु पर्ने, समिक्षा गर्नुपर्ने अवस्थामा छौँ तर त्यो हुन नसक्दा निराशा छ।

यो भनेको हामी सैद्धान्तिक रुपमा प्रष्ट छैनौँ, साथै संगठनात्मक विधि पद्धतिको अभावले यो अवस्थामा पुग्यौं होइन?
हामीसँग नीति नभएको होइन। बाहिर नीति छैन, प्रष्ट छैन, भनिरहेकोले साँच्चै छैन कि क्या हो भन्ने भ्रम जस्तो देखिएको हो। पुरानो विचार सिद्धान्त मान्दिन भन्नु पनि सिद्धान्त हो नि, नीति हो नि। तर समयक्रमसँगै हामी पुराना दल जस्तै संगठन बढाउने पार्टीमा पदाधिकारी राख्ने भागबण्डामा हिस्सा खोज्न थाल्यौं। हामीले स्थायी रुपमा कुनैपनि बाद, सिद्धान्तलाई नअँगाली विषय र समयअनुसार नीति बनाउने भन्ने निर्णय लिएका थियौं। कुनै पनि बाद र नीतिलाई समय अनुसार लिन र त्याग्न स्वतन्त्र हुने भन्ने दस्तावेजमा लेखेका छौं। तर हामी अल्मलियौं।

तपाईंको भनाइको अर्थ रास्वपा, रास्वपा जस्तै रहेन, रंग उड्यो भन्ने हो?
रंग उडेको होइन, बदलिएको हो कि जस्तो देखियो।

त्यसो भए पार्टीमा छलफल किन नभएको, कि हुन नसकेको?
पार्टीमा छलफल नहुने होइन, हुन्छ। हामी धेरै आ–आफ्नो क्षेत्रमा काम गरेर प्रश्न सोधिरहेका व्यक्तिहरु अहिले पार्टीमा छौँ। छलफल भएपनि विश्वासको वातावरण बन्न सकिरहेको छैन। को व्यक्ति कस्तो छ भनेर राम्रोसँग चिनेकै छैनौं। पार्टीको फड्को मार्ने गतिले छलफल हुन सकिरहेको छैन। अहिले पार्टि सरकारमा गएर आन्तरिक व्यवस्थापनमा लाग्न नै सकेन। अनि प्रश्नहरु धेरै आए। 

तपाईंको भनाइ पार्टी सरकारमा जानु हुँदैन थियो?
हो, जानु हुँदैनथ्यो। हामीले सरकारमा जान्न भनेर नै भोट मागेको हो। नो नट एगेन अभियान हामीले चलाएको हो। हामीले पुरानो प्रवृत्ति बिरुद्ध लड्ने भनेका थियौं। तर अहिले प्रवृत्ति पनि स्वीकारेको पुराना व्यक्ति पनि स्वीकारेको अवस्थामा पुगेका छौँ। हुँदाहुँदा सबै यस्तै त हो नि भन्नेमा पुग्यौँ। राजनीति भनेको यस्तै रहेछ भन्न थालिसक्यौँ। अब तिनै पुराना नेता अनि प्रवृत्ति बोकेर हिँडेको हो कि भन्ने शंका उब्जेको छ। इलामको उपनिर्वाचनले त झन् शंकालाई बलियो स्थान दिएको छ। यो हाम्रो गलत बाटो हो कि भन्ने छ। हामीले माग  र मुद्दामा अरु पार्टीका नेता कार्यकर्तालाई समाहित गराउन सकिन्छ भन्ने विश्वास दिलाउन सकेनौँ। पार्टी परिवर्तन हैन भोट परिवर्तन गुर्नुहोला भन्ने मुद्दा जोडका साथ उठाउन सकेनौँ। हामीले ठूलो संगठन बनाउने भन्दै आत्मविश्वास गुमाएका छौँ। यस्तै कमजोरीले हाम्रो फरक चरित्र बन्न सकेन।

सरकारमा जाँदा पार्टी कमजोर हुन्छ भनेर तपाइहरुले किन भन्न नसकेको, किन  छलफल गर्न नसकेको?
हाम्रो पार्टी भित्र सरकारमा जान हुने र जान नहुने तर्क बोकेका व्यक्तिहरु छौँ तर विचार समूह बनेको छैन। हामीले आ–आफ्नो विचार राखेका छौँ। मत विभाजन गरेको अवस्था छैन।

त्यसो भए पार्टी सरकारमा किन गएको होला तपाइको विचारमा?
यसमा विभिन्न कारणहरु छन्। पार्टी सरकारमा जानु कारण म एक एउटा कार्यकर्ता र केन्द्रिय सदस्यको हैसियतले भन्नुपर्दा पार्टी सरकारमा काम गर्नको लागि नै गएको हो। साथीहरुमा काम गर्ने हुटहुटी पनि थियो। तर पार्टी सरकारमा जानु हुँदैनथ्यो काम गर्ने देखाउने, हुटहुटी देखाउने समय यो थिएन।

असल नियत र काम गर्ने हुटहुटी भएकाले मलाई फलानो मन्त्रालय नभइ हुँदैन कसरि भन्न सकेको?
हो यसमा शंका गर्ने ठाँउ छ। जसरी घटनाक्रम अगाडि बढेको छ, जसरी समाचारहरु आइरहेको छ, यसमा शंका गर्ने ठाँउ छ।

त्यसो भए सरकारमा गएको विषयबारे जवाफ दिन पक्कै सजिलो भएको छैन?
हामी काम गर्न नै गएको हो। काम नभएको पनि देखिँदैन, निरन्तर भइरहेको छ, व्यस्तता बढेको छ म स्वयं शिक्षामन्त्रीलाई सघाउने जिम्वेवारीमा छु। धेरै भए जस्तो देखिन्छ। तर कामको प्रतिफल लक्षित वर्गमा पुग्यो कि पुगेन भनेर हेर्दा प्रश्न गर्ने ठाउ धैरै छ।  कामको चाङ्गमा अलमलिएर ब्यस्त भएका छौं, यसले जनतासँग दूरी बढेको छ। परिणाम नै देखिएन।

हुन त अहिलेका पार्टी सभापति केन्द्रमा रहेर नै यसको जन्म भएको हो, अहिले समस्याको जड नै त्यहि केन्द्र हो कि भन्ने पनि देखियो?
रास्वपालाई एउटा माला बनाउने कडी नै रवि लामिछाने हुन्। अरु कोही होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको मालाको धागो रवि लामिछाने नै हुन्। तर माला भनेको धागो मात्र हो, त्यसमा उनिएको फूल केही होइन भन्न थालिएको छ। रविजीको वरपर घुम्नेले धागो भनेकै माला, माला भनेको धागो भनेर सुनाउँछन्। पार्टी सभापतिलाइ नै भ्रममा पारिएको छ। अहिले हाम्रो पार्टी सभापति सरकारमा गएकै कारणले समस्या परिरहेको छ। पार्टी भनेकै रवि लामिछाने भन्ने भ्रम फैलाइएको छ। धागोले म मात्रै हो माला भनेर देखिएको अवस्था छ। पार्टीमा बढी क्षति रवि लामिछानेजी सरकारमा गएको कारणले भएको छ।

तपाईंहरुलाई सरकारसँगै सभापतिको बारेमा व्यक्तिगत रूपमा उठेका प्रश्नहरूले पनि समस्यामा पारेको छ होइन?
मेरो विचारमा विपक्षीले संसद रोकेर संसदीय छानबिन गर्नुपर्छ भन्यो भने बनाउनु पर्छ भन्ने हो। तर यहाँ समस्या देखियो, यो दुःखद् छ। मुद्दाहरू सवालहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको बिरुद्ध होइन। यो रास्वपा गठन हुनुपूर्व रवि लामिछानेको विरुद्धको मुद्दा हो। सभापति रवि लामिछाने र एउटा मिडिया चलाउने रवि लामिछाने अलगअलग हुन्।

रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्छ त?
विल्कुलै बोक्दैन। बोक्नु पनि हुँदैन। यहाँ हाम्रो गल्ती भएको छ। हामीले  दुई वटा रवि लामिछाने छुट्टयाउन अप्ठ्यारो मानिरहेका छौँ। व्यक्तिगत रूपमा रवि लामिछानेसँग जोडिएका मुद्दामा पार्टी जोडिन हुँदैनथ्यो। जे जे व्यहोर्नुपर्ने व्यक्तिगत रूपमा रविजीले व्यहोर्नु हुन्थ्यो।

रविजीले पार्टी बैठकमा के भन्नुहुन्छ?
होइन नै भन्नुहुन्छ। यसमा अर्को कुरा पनि छ। हामीसँग भएका कानून कडा र जटिल छन्। व्यवहारमा ढाल्न वा कार्यान्वयन गर्न नसक्ने खालका छन्। यसमा सुधारको आवश्यकता छ। तर कानूनी र व्यवहारिक पाटो फरक हो। कहिलेकाही यसमा व्यक्ति फस्न सक्छ। यसरी फसेको व्यक्ति आफू जोगिन जे पनि गर्छु भन्नु गलत हुन्छ।  समस्याको गाँठो झन कसिलो हुन्छ। बरु आफ्ना कुरा प्रष्ट रुपमा भनेको भए द्विविधा हुँदैनथ्यो। हामीले पार्टी सभापतिलाई जोगाउनु छ नैतिक रुपमा बलियो बनाउनु छ। साथै रवि लामिछाने र पार्टी सभापति एकै होइन भन्नुछ। एकैठाउमा मिसाएर सिंगो पार्टी, पार्टीको अभियान, देशभरको उत्साह तोड्न पाइँदैन। रविजी माथि उठेको प्रश्नको जवाफ दिनुपर्छ, उहाले दिइरहनुभएको छ। तर प्रश्नहरू निरन्तर उठिरहेको छ।  जवाफ दिइरहनु पनि  भएको छ।  यसलाई हेर्दा कतै जवाफ दिने तरिका बदल्ने हो कि। यहाँ त प्रश्नको चक्र जस्तो देखिएको छ एकपछि अर्को गरेर।

रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउदा फरक पर्दैन भन्ने तपाईंको भनाइ हो?
हो, छानबिन समिति बनाउन सकिन्छ। म मेरो सभापति सबै आरोपबाट मुक्त हुनुहुन्छ भन्ने अपेच्छा राख्दछु। हामीले छानविन समिति माग गर्ने सबैलाई बिरोधीको नजरले हेर्न हुँदैन। छानविन समितिलाई नै पार लगाउने भन्दा पनि प्रश्नहरुको जवाफ दिएर निमिट्यान्न पार्नेतर्फ सोच्नुपर्छ।

संसदको गतिरोध अन्त्य गर्न तपाईंहरूको पनि भुमिका हुन्छ कि हुँदैन?
संसद एक दिन पनि बन्द हुनुहुँदैन। संसद खुला राख्नुपर्छ भनेर हामीले अभियान नै चलाएका हौँ। समिति बन्न वा बनाउन नसकेर संसद अवरोध हुने कुरामा मलाई दुःख लाग्छ।

२८ गतेबाट शुरु हुने भनिएको अधिवेशन नै रोकिनसक्ने देखियो, बस्न नै नसक्ने अवस्था देखियो नि?
हो, हाम्रो कारणले संसद अवरुद्ध हुने विषयमा दुःख व्यक्त गर्दछौं। संसदीय छानवीन समिति बनाउने र बनाउन नदिनेबारे स्पष्ट धारणा हुनुपर्छ। संसदीय समिति व्यक्ति विशेषको लागि भन्दा पनि समग्र समस्याको निकास खोजिने गरी समिति बनाउन हामी तयार छौँ। 

पार्टीको मिसन ०८४ बाटोमा नै अलमलियो होइन?
हामी सरकारमा मिसन ०८४ कै आधारमा जान खोजेको हो, गएको पनि हो। तर अर्कैको मिसन ८४ को लागि पुग्यौं। हामीले नो नट एगेन भनेको ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा, खायो। हामीलाई यसले मिसन ०८४ मा ठूलो क्षति गर्छ। यो निर्णयले कसैलाई पनि खुशी दिएको छैन। सरकारमा गएका साथीहरूले काम गरेर देखाउने अवसर छ। यो अवसर पनि गुमायौं भने ठूलो युवा पंक्तिमा निराशा छाउने देखिन्छ।

अब पनि सरकारमा वस्ने सम्भावना कत्तिको छ?
यो सरकारको भर छैन। अहिले हामी बोलिरहेको छौं यही बेला बाहिर सरकार ढलिसकेको पनि हुनसक्छ। यो पूर्णकार्यकाल टिक्न पनि सक्छ। सरकारमा रहेकाको सिद्धान्त र चरित्र नै स्पष्ट छैन। सरकार रणनीतिको रुपमा सञ्चालन भइरहेको छ तर के गरिरहेको के भइरहेको स्पष्ट छैन काम पनि पारदर्शी छैन।

अलिकति इलामको कुरा गरौँ, इलाममा किन हारियो?
हामी सरकारमा गएर नै गलत भएको हो। सरकारमा गएर निकम्माहरुसँग संगत गर्न थालेपछि हारियो। जनताले पुराना र नयाँको फरक नै छुट्याउन सकेनन्। इलाम निर्वाचनमा जानु अगाडी पार्टीले आफ्नो चरित्र नै बिगारीसकेको थियो सरकारमा गएर। उम्मेद्वार त गौण कुरा भयो। हाम्रो हार हाम्रो पराजय सरकारमा गएकै कारणले हो।

तपाईंको निष्कर्ष सरकारमा जति बसिन्छ त्यति पार्टी कमजोर हुँदै जान्छ भन्ने हो?
यसबारे मेरो प्रष्ट धारणा छ। सरकारमा जानु हुँदैनथ्यो।

पार्टीका राम्रा साथी सरकारमा जानुभयो। साथीहरु नर्क जाने बाटो पिच (कालोपत्र) गर्दै हुनुहुन्छ। बाटो जति राम्रो बनाए पनि पुगिने गलतमा नै हो। यसले स्थापित गर्ने सत्य नयाँले पनि पुरानालाई नै बोक्ने भन्ने हो।  यो सत्य जति समय आफूसँग रहन्छ निरन्तर क्षति हुन्छ। सरकारबाट निस्किए राम्रो।

पछिल्लो राजनीतिलाई (जसपा फुटको) कसरी हेर्नुभएको छ तपाइको पार्टी त्यहाँ त पुग्दैन नि?
रास्वपा फुट्दैन। किन फुट्दैन भने, रास्वपाभित्र समूह (विचार समूह) बनेको छैन। हाम्रो पार्टी भित्र एक अर्कामा राम्रोसँग परिचय नै भएको छैन। पार्टीमा पूर्णकालिन सदस्य नै छैनन्। पार्टी भित्र, राजनीतिमा रहिन भने के हुन्छ भन्ने खालका साथीहरु हुनुहुन्न। बरु पार्टीको चरित्र सकिएर अनुपयुक्त हुने अवस्था आउन सक्छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ)
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक बुधबार, असार १८, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी बुधबार, असार १८, २०८२
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री बुधबार, असार १८, २०८२
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
सावित्राको व्यक्तिगत ३ गोलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल बुधबार, असार १८, २०८२
खुकुरी प्रहार गरी श्रीमतीको हत्या बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्