• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सरस्वती बजिमय [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ मंगलबार, वैशाख १८, २०८१  ११:४५
1140x725

काठमाडौं– वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्। संसद्मा जे पनि बोल्नहुने जस्तो देखिन्छ। संसदीय मर्यादाविपरीतका अभ्यास भइरहेको छ। एकअर्काको विरोध गर्नबाहेक केही नगरेको देखियो। देशको सामाजिक–आर्थिक विकासका लागि सदनमा प्रतिनिधित्वका सबै राजनीतिक दल एकजुट हुनैपर्छ। जुन देश कानुनी आधारमा अगाडि बढेका छन् र एकजुट भएका छन् ती देश नै विकासको पथमा बढेका देखिन्छ। एकापसमा सहयोग एवं समर्थन भएमा मात्र देशको उन्नति सम्भव हुन्छ।

देशमा भ्रष्टाचार अहिले निकै मौलाएको छ। आफूलाई नयाँ पार्टी भन्ने पनि देखावटीमात्र रहेछन् भन्ने कुरा घामजस्तै छर्लङ्ग भइसकेको अवस्था छ। सङ्गठित सहकारी अपराधमा परेर धेरै सर्वसाधारणको रकम ठगी भएको छ। धेरै जनताले दुःख पाएका छन्। बाहिर सबै छताछुल्ल भए पनि नयाँ दलमा आबद्ध नेताहरू केही नभएको जस्तो गरिरहेका छन्। 

देश विकास गर्नका लागि सुशासन र भ्रष्टाचार नियन्त्रण पूर्वशर्त हो। सुशासन भएन भने अरु केही हुँदैन। भ्रष्टाचारमा डुब्नेहरूलाई कारबाही गर्नुपर्छ। मेरो पार्टी नेपाली कांग्रेसले भ्रष्टाचारका लागि कारबाही गर्ने नै कुरा उठाइरहेको छ। भ्रष्टाचार नियन्त्रण भयो भनेमात्र जनता सुखी हुन्छन्। 

कानुन नबनेका हुनाले कतिपय कुरामा अप्ठ्यारो परिस्थिति उत्पन्न भएको सुनिन्छ। कानुन निर्माणका सन्दर्भमा हामी विपक्षी पार्टीमा भए पनि सही कानुन बनाउन कुनै रोकटोक हुँदैन, गरेका छैनौँ। सहयोग नै हुन्छ। आवश्यक कानुन छिटोभन्दा छिटो संसद्बाट बनुन् भन्नेमा कांग्रेस प्रतिबद्ध छ। 

देशका युवा र विद्यार्थी ठूलो सङ्ख्यामा विदेशिन थालेका छन्। जुन एकदम चिन्ताको विषय हो। मेरो मुख्य जोड भनेकै सूचना प्रविधि (आइटी) क्षेत्रमा विकास गर्नुपर्छ भन्ने हो। अनिमात्र युवा यहीँ टिक्छन्। नेपालमै युवालाई रोकेर राख्नुपर्छ। आइटी क्षेत्रलाई हरेक दृष्टिकोणबाट हेर्नुपर्छ। प्रविधि विकासमा बढी कर, भ्याट लगाउन थाल्यो भने युवा यहाँ बस्दैनन्। आइटी क्षेत्रमा रमाएका युवा विदेश पलायन हुनसक्ने खतरा भइरहन्छ।
 
के गर्दा युवा यहीँ रहन्छन् र देशमा भएकालाई कसरी सुविधा दिएर अझ अगाडि बढाउने भनेर राज्यले सोच्नुपर्छ, योजना ल्याउनुपर्छ। युवालाई यहीँ बसेर काम गर्ने वातावरण सिर्जना गर्नतिर म पनि लाग्नेछु। आउँदो बर्खे अधिवेशनमा पनि यो विषयमा संसद्मा कुरा उठाउनेछु। 

नेपाल कृषिप्रधान देश हो तर यस क्षेत्रमा अपेक्षित प्रगति हुन सकेको छैन। हामी कृषि उपजमा परनिर्भर छाँै। न सिँचाइ, न मलखादको राम्रो व्यवस्था छ। पहाडी इलाकामा बाँदरले दुःख दिने समस्याले बस्ती नै उजाड भएका छन्। कृषि क्षेत्रलाई विकास गर्न सकियो भने विदेशमा किन जानुपर्यो ? आफ्नै देशमा उत्पादन गरेर बेच्ने ता कि बाहिरबाट किन्नु नपरोस्। आफ्नै देशको उत्पादन बिक्री गर्यो भने पनि धेरै सहयोग हुन्छ। पर्यटन क्षेत्रलाई विकास गर्न सक्यौँ भने धेरै पयर्टक भित्र्याउन सकिन्छ। 

म पहाडी जिल्ला खोटाङबाट प्रतिनिधित्व गर्छु। जिल्लामा बाटाघाटाको अवस्था निकै दयनीय छ। सडक धुलाम्मे र हिल्लामे छन्। कच्ची सडकमा दुर्घटना भइराख्छन्। यसले गर्दा जनताले दुःख पाएका छन्। जनसङ्ख्या कम भएको र पहाडी जिल्लालाई केन्द्रले हेर्ने दृष्टिकोण फरक पाएको छु। विकास निर्माणका लागि मन्त्री नै हुनुपर्नेरहेछ। मन्त्री भयो भने सबै बजेट जाने, नभए अरुलाई बजेट नै नदिने। अस्पताल सुविधायुक्त भए बिरामी पर्दा अन्यत्र जान नपर्ने भन्ने त्यहाँका मतदाताको माग छ। जुन जायज पनि छ। कृषिमा त्यस्तै अप्ठ्यारो छ। पानीको दुःख छ । पानीका मुहान सुक्दै गएका छन्। यस्ता गुनासालाई सम्बोधन चाहेर पनि गर्न सकिरहेका छैनाँै। त्यसकारण सरकारको ध्यान त्यतातिर जाओस् भनेर बेलाबेलामा सदनमा पनि आवाज उठाइरहेको छु। सदरमुकामकै हालत खराब छ भने गाउँको अवस्था झन् नाजुक छ। विकास निर्माणका काम सबैतिर बराबरी हुनुपर्छ भनेर आवाज उठाउँदै आइरहेको छु।

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको भाग छुनेगरी दूधकोशी आयोजना पनि चाँडै सञ्चालन हुनेमा म विश्वस्त छु। त्यो जलाशययुक्त आयोजना छ सय ३५ मेगावाट क्षमताको हो। आफूले मात्र अरुको सहयोग लिने होइन कि सहयोग दिनसक्ने राष्ट्र बनाउन एकजुट भएर लाग्न जरुरी छ। 

मेरो जिल्लामा पर्यटन क्षेत्रमा विकासको पनि धेरै सम्भावना छन्। हलेसी मन्दिरमा बर्सेनि धेरै दर्शनार्थी आउँछन् तर त्यहाँ जाने बाटोमा भने सरकारले ध्यान दिनसकेको छैन। जयरामघाटबाट हलेसीसम्मको बाटो जताजतै भत्किएको छ। फेरि टालटुल हुन्छ फेरि भत्किन्छ। दिक्तेल बजारमा कालिकादेवी मन्दिर छ। त्यो पनि चर्चित छ। हलेसीसम्म आएका दर्शनार्थीहरू त्यो मन्दिरसम्म पनि जाउन् भन्नका लागि प्रचारप्रसारमा ध्यान दिन जरुरी देखिएको छ। त्यसैगरी अरु विभिन्न ठाउँ छन्, जहाँबाट निकै सुन्दर दृश्यावलोकन गर्न देखिन्छ। यी ठाउँको विकास गर्न सक्यौँ भने जिल्लामा पर्यटक भित्रिन्छन्। मेरो कार्यकालमा त्यतातिर ध्यान जानेछ। 

हलेसीको तुवाचुङ नगरपालिकामा लिफ्टिङ खानेपानी योजना मेरै पहलमा भएको हो। तर कहिले बिग्रिँदै कहिले बन्दै गरेकाले त्यहाँका जनताले राम्ररी पानी खान पाइरहेका छैनन्। अहिले केन्द्रबाट धेरै योजना नदिने अवस्था छ। पहिले सिँचाइ योजना, खानेपानी, बाटोघाटोमा बजेट प्रशस्त गरिएको थियो। जब नेपाली कांग्रेसले सरकार छाड्यो त्यसपछि अर्थतन्त्र क्षेत्रमा डामाडोल भयो। भविष्यलाई जम्मा गरेको पुँजी सबै सिद्धियो। नचाहिने योजनाजस्तै भ्यूटावरमा पैसा खन्याएर अर्थतन्त्र रित्तो भयो। भविष्यका लागि सोचेर देशलाई अप्ठ्यारो नपार्ने स्थिति राख्यो भने अवश्य देश विकास हुन्छ।

जनताले हामीलाई सुझाव दिन जरुरी छ। देशको प्रगतिका लागि उहाँहरूले हामीलाई चुनेर पठाउनुभएको हो। सुशासनका निम्ति सबैले आवाज उठाउनु पर्छ।  देशलाई समृद्धिको मार्गमा अग्रसर गराउन स्वदेशमा रोजगारीका अवसर सृजना गर्दै उनीहरूलाई विदेश पलायनबाट रोक्न सरकार, निजी क्षेत्रका साथै समाजका हरेक वर्गको सक्रिय सहयोग आवश्यक छ। 

सांसदको बजिमयको परिचय 
सरस्वती बजिमय समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्। बजिमय दोस्रोपटक समानुपातिक सांसद बनेकी हुन्। उनी २०७० सालमा पनि सांसद भएकी थिइन्। (सांसदसँग रासस संवादका लागि रासस समाचारदाता बुनु थारूले सांसद बजिमयसँग गरेको कुराकानीको सम्पादित अंश।)

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना बिहीबार, असार १९, २०८२
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो बिहीबार, असार १९, २०८२
आज तीनवटा संसदीय समितिका बैठक बस्दै बिहीबार, असार १९, २०८२
मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ? बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी बुधबार, असार १८, २०८२
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री बुधबार, असार १८, २०८२
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
सावित्राको व्यक्तिगत ३ गोलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्