• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
ब्याजदर घट्दा पनि बढेन कर्जा प्रवाह, भाका नाघेको ऋण असुली नहुँदा बढ्यो खराब कर्जा 
64x64
कल्पना घिमिरे शुक्रबार, चैत २, २०८०  २०:३०
1140x725

काठमाडौं- पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा निक्षेप थुप्रिँदै गइरहेको छ। यसरी निक्षेप थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर ब्याजदर घटाइरहेका छन्। 

ब्याजदर घटिरहेको बेलामा कर्जा माग बढुनुपर्ने हो तर पनि कर्जा माग हुन सकेको छैन। कर्जा प्रवाह सुस्त भइरहेको देखिन्छ। 

पछिल्लो समय बढिरहेको रेमिट्यान्सका कारण निक्षेप थपिइरहेको जानकारहरु बताउँछन्। ठूलो परिमाणमा तरलता बैंकहरुसँग हुँदा र ब्याजदर घट्दा पनि निजी क्षेत्रलाई जाने पर्ने कर्जा प्रवाह हुन नसक्नु दुखद रहेको अर्थविद् केशव आचार्य बताउँछन्। पछिल्लो समय बैंकहरुमा निक्षेपको वृद्धिदर कर्जाको वृद्धिदरभन्दा माथि रहेको छ। तर निजी क्षेत्रले ऋण लिएर लगानी गर्न असुरक्षित महसुस गर्नाले कर्जा प्रवाह हुन नसकेको उनको भनाइ छ।  

‘बैंकबाट कर्जा गइरहेको छैन। यो भनेको हाम्रो नेपालको निजी क्षेत्र विश्वासको एकदमै ठूलो संकटमा छ। लगानी गर्न हिच्किचायो। किनभने, लगानी गरेँ भने म सुरक्षित छु कि छैन। मलाइ नाफा आउँछ कि आउँदैन भन्ने हिसाब निजी क्षेत्रले देखायो। त्यसले गर्दा अर्थतन्त्रको अरु पाटो विदेश जाने रोजगारी बढेको छ। तर आन्तरिक अर्थतन्त्रले रोजगारी विस्तार गर्न सकेको छैन,’ उनले भने। 

जति लगानी छ, त्यो व्यापारमा मात्रै रहेको र पछिल्लो समय सेयर बजारमा अलिअलि लगानी सुरुवात भएको उनको भनाइ छ। व्यापार व्यवसाय र घरजग्गा कारोबार ठप्प रहँदा कर्जाको माग बढ्न नसकेको नसकेको उनको दाबी छ।

खराबकर्जा अनुपात ३.६३ प्रतिशत पुग्यो
पछिल्लो समय भाका नाघेको कर्जा असुलीमा पनि समस्या बढ्दै गएको छ। जसका कारण बैंकहरुको खराब (निष्क्रिय) कर्जा बढेको जनाएको छ। राष्ट्र बैंकले माघ मसान्तसम्म सबै वाणिज्य बैंकहरुको खराबकर्जा अनुपात ३.६३ प्रतिशत रहेको जनाएको छ। यसैगरी, खुद खराब कर्जा अनुपात भने १.१३ प्रतिशत सीमित छ।

नेपालका बैंकहरुको खुद खराब कर्जा एसियाका अन्य मुलुकहरुको तुलनामा कम रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त तथ्यांकले देखाउँछ। तर पनि ९ वटा वाणिज्य बैंकको खुद खराब कर्जा ४ प्रतिशत माथि पुगेको बैंकले जनाएको छ। 

यस्तै ४ वटा वाणिज्य बैंकहरुको खराब कर्जा २ प्रतिशतभन्दा कम छ। १० वटा वाणिज्य बैंकको खुद खराबकर्जा १ प्रतिशत भन्दा कम छ भने १० वटा वाणिज्य बैंकको खुद खराबकर्जा २ प्रतिशत भन्दा कम रहेको छ।

Ncell 2
Ncell 2

पछिल्लो समय बैंकहरुमा तरलता अत्यधिक बढ्दा नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणबाट अरबौँ रुपैयाँ तानेर सन्तुलन कायम गर्दै आएको छ। तर पनि अहिलेसम्म सबै बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।

यस्तै  ५० खर्ब ८८ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ। यसो हुँदा बैंकहरुको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) औसत ७९.९९ प्रतिशत पुगेको छ। जबकि बैंकहरुलाई अधिकतम सीडी रेसियो ९० प्रतिशत तोकिएको छ। यसर्थ बैंकहरुले एक सय रुपैयाँ लिँदा ९० रुपैयाँसम्म लगानी गर्न पाउँछन्। तर अहिले बैंकसँग कूल १०.०१ प्रतिशत अर्थात् करिब ४ खर्ब ८८ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी योग्य रकम देखिन्छ।

यस्तै लगातार तरलता थुप्रिरहँदा निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ। गत असोजमा यस्तो निक्षेपको ब्याजदर दोहोरो अंकमा थियो। सञ्चालनमा रहेका वाणिज्य बैंकहरुकै व्यक्तिगत मुद्दती निक्षेप औसत ७.७७ प्रतिशतमा सीमित भएको छ। गत असोजमा मात्रै औसत मुद्दती निक्षेपको ब्याजदर १०.२३ प्रतिशत थियो। पछिल्लो समय क्रमशः घट्दै कात्तिकमा औसत ९.९६ प्रतिशत, मंसिरमा ८.९९,  पुसमा ८.१६ र माघमा ७.७७ प्रतिशतमा झरेको छ।

अहिले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याज दिएका बैंकले संस्थागत मुद्दतीमा ६ प्रतिशतसम्म बैंकले दिएका छन्।

बचत खाताको तुलनामा कर्जा खाता थोरै
बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ४० लाखभन्दा धेरै निक्षेप खाता संख्या रहेको छ भने १८ लाख ७१ हजारभन्दा धेरै कर्जा खाताहरु छन्। निक्षेप खाताको तुलनामा कर्जा खाता एकदमै कम छन्। बचत खाता भने नेपालको कुल जनसंख्याको दोब्बर रहेका छन्।

एउटै व्यक्तिको नाममा ६–७ बचत खाता खोल्ने प्रवृत्तिले अधिक देखिएको बैंकरहरु बताउँछन्। नेपाल राष्ट्र बैंकको विभिन्न अध्ययनले दोहोरो बैंक खाता हुने अधिक भएको देखाएको छ।

वाणिज्य बैंकको साधारण बचत (व्यक्तिगत र संस्थागत) खातामा मात्रै माघसम्ममा १४ खर्ब ९३ अर्ब ४४ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन भएको छ। यो गत वर्षको सोही अवधिको भन्दा २१.७१ प्रतिशत अर्थात् २ खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँले बढी हो।

कुल निक्षेपमा मुद्दती निक्षेपको अनुपात ५८.०७ प्रतिशत छ भने बचतको २७.६९, करेन्ट खाताको ७ प्रतिशत र कल निक्षेपको ६.४६ प्रतिशत छ। 

मुद्दती निक्षेप खातामा दुई वर्ष र यसभन्दा बढी अवधिमा कुल मुद्दतीको ३४.०९ प्रतिशत हिस्सा ओगटेको छ। अर्थात् कुल मुद्दती निक्षेप ४ खर्ब १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँमध्ये १ खर्ब ३६ अर्ब ८४ करोड हाराहारीको रकम २ वर्ष र यसभन्दामाथि अवधिका छन्। छोटा अवधिको कूल खातामा ३ खर्ब २२ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा २४.२१ प्रतिशत अर्थात् ६२ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ बढी हो।

समग्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ११४.३४ प्रतिशत छ। जसमा वाणिज्य बैंकसँगको अनुपात १०१.१५ प्रतिशत, विकासको १०.९५ प्रतिशत र वित्त कम्पनीको २.२४ प्रतिशत छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार वार्षिक ६ खर्ब ८७ अर्ब ७४ करोड ६३ लाख रुपैयाँ वाणिज्य बैंकमा निक्षेप संकलन भएको छ। २०७९ माघसम्ममा ४६ खर्ब ३२ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ रकम बचत खातामा थियो। २०८० माघमा बढेर ५३ खर्ब २० अर्ब ५० करोड २७ लाख रुपैयाँ पुगेको छ। अझ फागुन अन्त्यमा बढेर वाणिज्य बैंकको मात्रै निक्षेप ५४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
रोकिएन सेयर बजारको गिरावट, ५ अर्बको कारोबार सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्