• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
बजेट कार्यान्वयनमा बढी माइलस्टोन प्राप्त गर्नेमा लगानी बोर्ड: पर्यटन, उद्योग, सञ्चार, शहरी विकास मन्त्रालय कमजोर
64x64
कल्पना घिमिरे बिहीबार, फागुन १७, २०८०  १८:१६
1140x725

काठमाडौं- चालू आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक समीक्षामा नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन सम्बन्धी सबैभन्दा बढी माइलस्टोन प्राप्त गर्नेमा लगानी बोर्डको कार्यालय रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार सम्पन्न चालू वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन सम्बन्धी अर्धवार्षिक समीक्षामा सबैभन्दा बढी माइलस्टोन हासिल गर्नेमा लगानी बोर्डको कार्यालय परेको बोर्डका सल्लाहकार पुष्पराज आचार्यले जानकारी दिए। 

‘आर्थिक, पूर्वाधार, शासकीय सुधार र सामाजिक क्षेत्रका क्षेत्रगत माइलस्टोन प्राप्ति सम्बन्धी समीक्षामा समग्र परिसूचकमा लगानी बोर्डको कार्यालय प्रथम स्थानमा रहेको हो,’ उनले भने।

आर्थिक क्षेत्र अन्तर्गत सम्पन्न हुनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी लगानी बोर्डले ८६ प्रतिशत प्राप्त गरेको छ भने सबैभन्दा कम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १६ प्रतिशत प्राप्त गरेको छ।

यस्तै वन मन्त्रालयले ४८ प्रतिशत, उद्योग मन्त्रालयले ४७ प्रतिशत, भूमिसुधार मन्त्रालयले ४४ प्रतिशत, अर्थ मन्त्रालयले ३३ प्रतिशत र कृषि मन्त्रालयले २९ प्रतिशत आर्थिक क्षेत्र अन्तर्गत सम्पन्न हुनुपर्ने माइलस्टोन प्राप्त गरेका छन्।

यस्तै आर्थिक क्षेत्र अन्तर्गत तोकिएको लक्ष्य हासिल भई चालू रहनुपर्ने माइलस्टोनको लक्ष्यमध्ये लगानी बोर्डको शतप्रतिशत माइलस्टोन प्राप्त भएको छ भने सबैभन्दा कम उद्योग मन्त्रालयको १३ प्रतिशत माइलस्टोनको लक्ष्य प्राप्त भएको छ। 

यस्तै भूमिसुधार मन्त्रालयले ८४ प्रतिशत, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ५०, वन मन्त्रालयले ४५ प्रतिशत, कृषि ४२ प्रतिशत र अर्थ मन्त्रालयले २८ प्रतिशत आर्थिक क्षेत्र अन्तर्गत तोकिएको लक्ष्य हासिल भई चालू रहनुपर्ने माइलस्टोनको लक्ष्य प्राप्त गरेका छन्।

पूर्वाधार क्षेत्रमा सबैभन्दा कम माइलस्टोन पाउने सञ्चार मन्त्रालय
पूर्वाधार क्षेत्र अन्तर्गत सम्पन्न हुनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी ऊर्जा मन्त्रालयको ५६ प्रतिशत र सबैभन्दा कम सञ्चार मन्त्रालयको ९ प्रतिशत माइलस्टोन प्राप्त गरेको चालू वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन सम्बन्धी अर्धवार्षिक समीक्षामा उल्लेख छ।

Ncell 2
Ncell 2

यस्तै भौतिक मन्त्रालयले ३४ प्रतिशत, खानेपानी मन्त्रालयले २१ प्रतिशत र सहरी विकास मन्त्रालयले ११ प्रतिशत माइलस्टोन प्राप्त गरेको छ।

पूर्वाधार क्षेत्र अन्तर्गत तोकिएको लक्षय प्राप्त गरी चालू रहनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी सञ्चार मन्त्रालयको ६७ प्रतिशत रहेको छ भने सबैभन्दा कम खानेपानी मन्त्रालयको ३३ प्रतिशत माइलस्टोनको लक्ष्य प्राप्त भएको छ। 

यस्तै ऊर्जा मन्त्रालयको ५८ प्रतिशत, भौतिक पूर्वाधारको ४० प्रतिशत र शहरी विकास मन्त्रालयको ३४ प्रतिशत रहेको छ।

शासकीय सुधार क्षेत्र अन्तर्गत सम्पन्न हुनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी राष्ट्रिय सतर्कता केन्द्रको ८९ प्रतिशत रहेको छ सबैभन्दा कम सार्वजनिक खरिद अनुगमनको १५ प्रतिशत रहेको छ।

यस्तै शासकीय सुधार क्षेत्र अन्तर्गत तोकिएको लक्ष्य प्राप्त गरी चालू रहनुपर्ने माइलस्टोनमध्ये राष्ट्रिय तथ्यांक कार्यालयको ८७ प्रतिशत रहेको छ र राष्ट्रिय योजना आयोगको माइलस्टोन शून्य रहेको छ।

सामाजिक क्षेत्र अन्तर्गत सम्पन्न हुनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी युवा तथा खेलकुद मन्त्रालयको ७४ प्रतिशत र सबैभन्दा कम शिक्षा मन्त्रालयको ४२ प्रतिशत रहेको छ।

सामाजिक क्षेत्र अन्तर्गत तोकिएको लक्ष्य प्राप्त गरी चालू रहनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी स्वास्थ्य मन्त्रालय र माहिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ६७ प्रतिशत र सबैभन्दा कम श्रम रोजगार मन्त्रालयको २९ प्रतिशत माइलस्टोन प्राप्त भएको छ।

सम्पन्न नभएका वा तोकिएका लक्ष्य प्राप्त हुन नसकेका १ हजार ६७४ माइलस्टोनमध्ये २७ प्रतिशत सुरु नै हुन नसकेको र ८० प्रतिशत सुरु भए पनि लक्ष्य प्राप्त हुन नसकेको जनाइएको छ।

लक्ष्य प्राप्त नभएका विषयहरुमध्ये विषयगत रुपमा सबैभन्दा बढी भौतिक निर्माण बाहेकका कार्यक्रम सञ्चालनसँग सम्बन्धित ३१ प्रतिशत भौतिक निर्माणसँग सम्बन्धित २७.४ प्रतिशत खरिद प्रक्रिया २४.८ प्रतिशत र कानुनी तयारीसँग सम्बन्धित १०.२ प्रतिशत रहेको छ।

तोकिएको लक्ष्य प्राप्त हुन नसक्नुका मुख्य कारण कार्यान्वयनका लागि नयारी पूरा हुन नसक्नु प्रमुख कारण रहेको चालू वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन सम्बन्धी अर्धवार्षिक समीक्षाको निष्कर्ष रहेको छ। 
यस कारणबाट प्रभावित माइलस्टोन ५४ प्रतिशत रहेका छन्। तयारी पूरा हुन नसक्नुमा ठेक्काको लागि लागत अनुमामन हुन नसक्नु सरोकारवालासँग छलफल हुन नसक्नु समयमा मस्यौदा तयार नहुनु, अध्ययन पूरा नहुनु जस्ता विषय रहेका  छन्। दोस्रो कारण बजेट व्यवस्थापन वा स्रोत सुनिश्चितताको विषय रहेको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज सुनको मूल्य स्थिर, चाँदीको कति ? महासंघका अनुसार बिहीबार २ हजार ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिचको विवाद, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो विज्ञहरूका अनुसार यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन थियो । ट्रम्प सरकारसँगको मस्कको द्वन्द्व बढ्यो भने उनले ठु... शुक्रबार, जेठ २३, २०८२
लगानी बोर्डले स्वीकृत गर्‍यो सवा खर्ब रुपैयाँ लगानी प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले मुक्तिनाथ केबलकार र माथिल्लो सेती जलविद्यु... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै शनिबार, जेठ २४, २०८२
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्