• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
लघुवित्त, वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरीवेक्षण : निष्क्रिय कर्जा बढ्यो, ऋणी घटे, २१ संस्था खुद नोक्सानीमा
64x64
कल्पना घिमिरे सोमबार, फागुन ७, २०८०  २०:०२
1140x725

काठमाडौं– चालू आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्मम (६ महिना) मा खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा साढे ७ प्रतिशत पुगेको छ। अर्धवार्षिक अवधिमा थोक कर्जा प्रदाय लघुवित्तको निष्क्रिय कर्जा केही कमी आएको राष्ट्र बैंक लघुवित्त संस्था सुपरीवेक्षण विभागले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरीवेक्षण प्रतिवेदनमा उल्लेख छ। 

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम २०८० असार तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा ३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको छ। 

जसमध्ये निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड अर्थात् ७.४९ प्रतिशत छ। २०८० असार मसान्तमा निष्क्रिय कर्जा अनुपात ५.५२ प्रतिशत थियो। गत असारको तुलनामा पुसमा निष्क्रिय कर्जा वृद्धिदर ४०.७८ प्रतिशत थियो।

गत वर्षको २०७९ पुस मसान्तमा ४.६८ प्रतिशत रहेको निष्क्रिय कर्जा एक वर्षमा करिब २.८० प्रतिशत बिन्दुले बढेको हो। २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाले पुनर्तालिकीकरण गरेको कर्जा रकम ४२ अर्ब १७ करोड छ। थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको छ। 

चालू आवको दोस्रो त्रैमासमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा १०.३२ प्रतिशतले ह्रास भई ५४ अर्ब ८ करोड पुगेको छ। उक्त कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १ अर्ब २२ करोड अर्थात् २.२५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

२०८० असार मसान्तमा निष्क्रिय कर्जा अनुपात ०.७१ प्रतिशत र २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र थियो। ६ महिनामै निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ। सक्रिय कर्जा भने ११.७१ प्रतिशतले घटेको छ। २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाले पुनर्तालिकीकरण गरेको कर्जा रकम २६ करोड छ।

१९.३८ प्रतिशत बढ्यो कर्जा नोक्सानी व्यवस्था
चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा  खुद्रा कर्जा प्रदायक लघुवित्तको खुद्रा कर्जा प्रदायक कूल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ। २०८० पुस मसान्तमा लघुवित्तको कूल कर्जा नोक्सानी व्यवस्था गत असार मसान्तको तुलनामा १९.३८ प्रतिशतले बढेर २० अर्ब २२ करोड पुगेको छ। जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ३२.८९ प्रतिशतले वृद्वि भई १४ अर्ब १७ करोड पुगेको छ।

अर्थतन्त्रमा देखिएको शिथिलताका साथै ऋण नतिर्न गरिएका विभिन्न गतिविधिको प्रभावले कर्जा असुलीमा समस्या आएर निष्क्रिय कर्जा वृद्धि हुँदै गएको छ। निष्क्रिय कर्जा बढेसँगै लघुवित्त संस्थाले कर्जा जोखिममा रहेको कर्जाका लागि गरेको कर्जा नोक्सानी व्यवस्था रकम पनि बढेको छ।

Ncell 2
Ncell 2

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको कूल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था पनि बढेको छ। २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाको कूल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ७.१६ प्रतिशतले बढेर १ अर्ब ६८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ६७.८६ प्रतिशतले वृद्वि भई ७१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले असल कर्जाका लागि १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ। राष्ट्र बैंकको कर्जा नोक्सानी व्यवस्था अनुसार सुक्ष्म निगरानी र पुनर्संरचना/पुनर्तासलकीकरण कर्जाका लागि ५ प्रतिशत तथा बीमित कर्जाका हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिएको बैंकले जनाएको छ।

यस्तै सक्रिय कर्जाका लागि कूल कर्जा रकमको १.६० प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको देखिएको छ। जुन राष्ट्र बैंकले तोकेभन्दा बढी हो। यस्तै राष्ट्र बैंकको निर्देशन अनुसार २०८० पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमशः २५, ५० र १०० प्रतिशत तथा बीमित कर्जाका हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिएको छ। 

२०८० पुस मसान्तमा लघुवित्तहरूको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ६.८५ प्रतिशत देखिन्छ। साथै, निष्क्रिय कर्जाका लागि कूल कर्जा रकमको ३.३९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन्। २०८० पुस मसान्तसम्ममा लघुवित्तहरूले २१ अर्ब ९० करोड बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन्।
उक्त रकम कूल कर्जाको ४.९८ प्रतिशत र निष्क्रिय कर्जाको ७२.७४ प्रतिशत छ।

लघुवित्तका ऋणी घट्दै
चालू आर्थिक वर्षको ६ महिनामा लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ। गत असारमा ६० लाख १६ हजार थियो। राष्ट्र बैंकको निर्देशन अनुसार एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणी संख्या पनि घटेको राष्ट्र बैंकले जनाएको छ। 

गत असारमा २९ लाख ८४ हजार रहेको कूल ऋणी संख्या २०८० पुसमा आउँदा घटेर २७ लाख ३६ हजार भएको छ। २०७९ असारमा ३३ लाख ३ हजार रहेको ऋणी संख्या १८ महिनामा करिब ५ लाख ६७ हजारले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। लघुवित्तका ऋणी संख्या घट्दा कर्जा लगानी पनि घट्न पुगेको देखिन्छ। 

२०७९ असारपछि घट्न लागेको कर्जा गत असारबाट भने पुनः सुधार देखिएको हो। २०७९ असारमा ३ खर्ब ९१ अर्ब ७५ करोड रहेको कुल कर्जा २०७९ पुसमा ३ खर्ब ९१ अर्ब ४४ करोड र २०८० असारमा ३ खर्ब ७१ अर्ब ९३ करोडमा झरेको थियो। चालू आव पुस आउँदा सुधार भएर ३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको छ र यसबाहेक थोक कर्जा कारोबार गर्ने लघुवित्तको कूल कर्जा २०८० असारमा ६० अर्ब ३१ करोड रहेकोमा पुसमा घटेर ५४ अर्ब ८ करोड भएको छ।

बैंकिङ प्रणालीमा तरलता सहज भएर ब्याजदर घटेको र अधिक तरलताले बैंकहरूले आधार दरमै थोक कर्जा दिन लागेपछि थोक कर्जा प्रवाह गर्ने लघुवित्तको लगानी घटेको पाइएको छ।

२१ लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५७ मध्ये २१ लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा रहेको बैंकले जनाएको छ। निष्किय कर्जा अनुपातमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्ट्याएको रकममा वृद्धि हुँदा वित्तीय विवरणमा दबाब बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।

जसमध्ये थोक कारोबार गर्न तीन संस्थाको खुद नाफामा गिरावट भएको र खुद्रा कर्जा कारोबार गर्ने ५४ लघुवित्तमध्ये २१ खुद नोक्सानीमा रहेको छ। चालू आर्थिक वर्षको ६ महिनामा थोक कर्जा प्रदायक लघुवित्तको नाफा २४.५८ प्रतिशतले घटेको छ। गत आव पुस मसान्तमा ७८ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आव सोही अवधिमा ५९ करोड २५ लाख मात्रै नाफा आर्जन गरेको छ।

यस्तै खुद्रा कारोबार गर्ने ५४ लघुवित्तको ६ महिनाको नाफा ३१ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ। गत आव दोस्रो त्रैमासमा २ अर्ब ४२ करोड ८७ लाख नाफा कमाएकोमा चालु आवमा ८७ प्रतिशतले घटेको हो। खुद्रा कर्जा प्रदायक लघुवित्तको खुद ब्याज आम्दानी नै २२.४० प्रतिशतले गिरावट हुँदा नाफा घटेको हो।

गत आव दोस्रो त्रैमासमा ११ अर्ब २८ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू वर्षको सोही अवधिमा ९ अर्ब २१ करोड ८२ लाख मात्रै खुद ब्याज आम्दानी गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
रोकिएन सेयर बजारको गिरावट, ५ अर्बको कारोबार सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै शनिबार, जेठ २४, २०८२
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह शनिबार, जेठ २४, २०८२
ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्