• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २३, २०८२ Fri, Jun 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
भारतले अन्य देशका लागि चामल निर्यात फुकुवा गर्दै, नेपालले पत्र पठाएको डेढ महिना हुँदा पनि जवाफ आएन
64x64
कल्पना घिमिरे आइतबार, असोज १४, २०८०  २०:०३
1140x725

काठमाडौं– भारतले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पनि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ। भारतले यूएईलाई सीमित परिमाणको चामल निर्यात गर्नेगरी प्रतिबन्ध फुकुवा गरेका भारतको विदेश व्यापार निर्देशनालयले सूचनामार्फत् जानकारी दिइएको छ।

विदेश व्यापार निर्देशनालयले यूएईलाई ७५ हजार मेट्रिक टन गैरबासमती चामल निर्यातको अनुमति दिएको छ। राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत् उक्त परिमाणको चामल यूएईलाई निर्यात गरिने निर्देशनालयको सूचनामा उल्लेख छ।

गत भदौ १३ गते (अगष्ट ३०) भारतले भुटानलाई ७९ हजार, सिंगापुरलाई ५० हजार र मरिससलाई १४ हजार मेट्रिक टन गैरबासमती चामल निर्यातको अनुमति दिएको थियो। त्यसपछि, सेनेगललाई ५ लाख टन, गाम्बियालाई ५ लाख टन, इन्डोनेसियालाई २ लाख टन, मालीलाई एक लाख टन र भुटानलाई ४९ हजार मेट्रिक टन टुटा चामल निर्यातको अनुमति भारतले दिइसकेको छ।

तर, नेपालले पत्राचार गरेरै चामल निर्यात प्रतिबन्ध फुकुवा गर्न माग गरे पनि अझै नेपाललाई निर्यात खुला गरेको छैन। विश्वमा हुने कूल चामल निर्यातको ४० प्रतिशत हिस्सा भारतले ओगटेको छ। तर, आन्तरिक बजारमा मूल्यवृद्धि हुन लागेको भन्दै मूल्यवृद्धि कम गर्न भारतले जुलाई २० (साउन ३) देखि गैरबासमती चामलको विश्वभर निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो।

भारतको यो निर्णयपछि विश्व बजारमा चामलको मूल्य आकाशियो। त्यसपछि विभिन्न देशले चामलको निर्यात खोल्न भारतलाई आग्रह गरिरहेका छन्। त्यसलगत्तै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत साउन २० मा भएको टेलिफोन वार्तामा पनि दाहालले नेपालको हकमा चामलमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए।

Ncell 2
Ncell 2

फेरि नेपालको परराष्ट्र मन्त्रालयले एक लाख मेट्रिक टन चामल, १० लाख मेट्रिक टन धान र ५० हजार मेट्रिक टन चिनी माग गर्दै भारतलाई पत्राचार गरेको थियो। सो पत्र साउन ३० गते नै पुगिसकेको नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

डेढ महिनासम्म आएन पत्रको जवाफ
डेढ महिना बितिसक्दा पनि उक्त पत्रको कुनै जवाफ नआएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए। ‘धान पुरानै कोटा भएकाले पत्रको जवाफ नआउँदै आयो, साउन र भदौमा गरी १० लाख मेट्रिक टन धान आइसकेको छ। तर चामल र चिनी निर्यात गर्ने नगर्नेबारे केही जवाफ पठाएको छैन,’ ठाकुरले भने,‘हामीलाई आवश्यक धान आइसकेको छ। त्यो धानबाट पर्याप्त चामल निकालेर उपयोग गर्न सकिन्छ। चामल निर्यातमा प्रतिबन्ध लगायो भनेर चामलको भाउ बढ्ने स्थिति आउँदैन।’

चामल निर्यातमा प्रतिबन्ध खुला किन नगरेको भन्नेबारे पनि आफूहरुलाई थाहा नभएको ठाकुरले बताए। धान आइसकेपछि चामल अभाव नहुने उनको भनाइ छ। चाडपर्वको बेला चिनीको अभाव भएकाले चिनी भने आवश्यक रहेको उनी बताउँछन्। ‘दसैं–तिहार र छठ जस्ता चाडपर्व आउँदै छन्। यो बेलामा ठूलो परिमाणमा चिनीको खपत हुन्छ। यहिबेलामा बजारमा चिनी अभाव देखिएको छ। यो समस्याको हल गर्न सरकारले प्रयास गरिरहेको छ,’ ठाकुरले भने।

चाडपर्वलाई लक्षित गरी सरकारले चिनी आयात गर्न पहल गरिरहेको उनको भनाइ छ। भारतले विभिन्न प्रदेशमा हुँदै गरेको चुनाव र आगामी मे–जुनमा हुने लोकसभा चुनावलाई लक्षित गर्दै खाद्यान्नको मूल्यवृद्धि हुन नदिने बहानामा पटकपटक निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ। गत जुन महिनादेखि गहुँको निर्यातमा भारतले रोक लगाएको थियो। गत जुलाईमा गैरबासमती चामलको निर्यातमा रोक लगाएको थियो। 

फेरि प्रतिटन एक लाख रुपैयाँ मूल्यभन्दा कम मूल्यको बासमती चामलको निर्यातमा रोक लगायो। त्यस्तै, उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाइएको छ। यता नेपाली बजारमा यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ। भारतले गैरबासमती चामल निर्यातमा रोक लगायो भन्ने सूचना पाउनेबित्तिकै नेपालमा व्यापारीले मूल्य बढाएका थिए। 

त्यसपछि सरकारले मूल्य नियन्त्रण गर्न बजार अनुगमन गरी मूल्य वृद्धि गर्ने व्यापारीलाई कारबाही गरिरहेको थियो। तर, बजारमा चामलको मूल्य घट्न सकेको छैन। भारतले गैरबासमती चामल निर्यातमा रोक लगाएदेखि बढेको चामलको मूल्य अहिलेसम्म पनि उत्तिकै रहेको उपभोक्ताको गुनासो रहेको छ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसा... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
राष्ट्रिय सभा बैठक (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक जारी शुक्रबार, जेठ २३, २०८२
मधेशमा कांग्रेस नेतृत्वमा छिट्टै सरकार बन्छ : देउवा शुक्रबार, जेठ २३, २०८२
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक  पक्राउ शुक्रबार, जेठ २३, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरु,  विपक्षी दलको अवरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरु, विपक्षी दलको अवरोध कायमै (भिडियो) बिहीबार, जेठ २२, २०८२
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो)
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो)
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो) बिहीबार, जेठ २२, २०८२
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो)
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो) बिहीबार, जेठ २२, २०८२
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो)
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
आरसिबीको जितको उत्सव मनाउने क्रममा भागदौड, ११ जनाको मृत्यु, ३३ जना घाइते बिहीबार, जेठ २२, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्