• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २३, २०८२ Fri, Jun 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
चाडपर्वमा अनुगमन गरेर नथाक्ने उपभोक्ता संरक्षण विभाग चामलको मूल्य आकाशिँदा किन मौन?
64x64
कल्पना घिमिरे मंगलबार, साउन २३, २०८०  १५:५१
1140x725

काठमाडौं- भारतले बासमती बाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएदेखि यतिबेला नेपाली बजारमा चामलको मूल्य आकाशिएको छ। अधिकांश व्यापारीले मूल्य बढाएर चामल बिक्री गर्न थालेका छन्।

साउनको पहिलो साता १ हजार ८५० रुपैयाँ पर्ने २५ केजीको बोरा चामल अहिले २ हजार १५० रुपैयाँ पर्न थालेको छ।

यस्तै अन्य चामल पनि २५० भन्दा बढीले मूल्य बढेको पाइन्छ। दैनिक भान्सामा पाक्ने चामल महँगिदा यसको मारमा आम उपभोक्ता परेका छन्। चामल किनेर खान नसक्ने गरी महँगिएको उपभोक्ताको गुनासो छ। तर यसबारे न सरकारलाई चासो छ, न त मातहतका निकायलाई नै। 

सरकार मातहतको निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन १५ गत एक विज्ञप्ति निकाल्दै भारतले चामल निर्यातमा रोक लगाउनु पूर्व भित्रिएका चामलको मूल्य नबढाउन निर्देशन गरेको थियो। मूल्य बढाएको पाइएमा कारबाही गर्ने कुरा समेत सो विज्ञप्तिमा उल्लेख थियो।

तर, अहिले बजारमा व्यापारीहरुले चामलको मूल्य बढाइसकेका छन्। ती व्यापारीको न अनुगमन भएको छ न कार्बाही नै। उल्टै विभाग यतिबेला मौन छ।

विभागले दैनिक अनुगमन गरेका तथ्यांक हेर्दा खाद्य पसलको अनुगमन देखिन्छ। तर कारबाहीको कसुर भने खरिद बिलबिजक नराखेको मात्रै भेटिन्छ। विभागले मूल्य नबढाउन निर्देशन गरेको दिन (साउन १५ गते) १७ वटा खाद्य पसल अनुगमन गरेको थियो। जसमा सामान्य निर्देशन मात्रै दिइएको तथ्यांकमा उल्लेख छ। 

विभागले साउन १६ गतेदेखि १९ गतेसम्म २९ वटा खाद्य तथा किराना पसलमा अनुगमन गरेको छ। जसमध्ये ७ वटा खाद्य पसल खरिद बिलबिजक नराखेको पाइएको थियो। ती पसललाई पाँच हजार र १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।

विभागले कीर्तिपुर, कालीमाटी, बालुवाखानी, नागार्जुन, सीतापाइलाका खाद्यान्न पसलमा खरिद बिलबिजक नराखेको पाएपछि १०÷१० हजार रुपैयाँका दरले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

Ncell 2
Ncell 2

यस्तै विभागले बोजेपोखरी र बुद्धमार्गका खाद्य पसललाई पाँच हजार रुपैयाँको दरले १० हजार रुपैयाँ जरिवाना गरी कुल ६० हजार रुपैयाँ जरिवाना तिराएको छ।

विभागको बजार अनुगमनबारे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईसँग नेपाल लाइभले सोध्यो, ‘अहिले बजारमा चामल महँगिएको छ। यसबारे तपाईंहरुले गरेका अनुगमनको तथ्यांकमा चामलको महँगीबारे उल्लेख छैन, किन?’

‘अहिले हामीसँग २ वटा टोली मात्रै छ। नियमित अनुगमन भइरहेको छ। एकमुष्ट अनुगमन गरिरहेका छौँ। तर चामल महँगिएकै विषयमा भने अनुगमन गरेका छैनौँ। खरिद बिलबिजक नराखी पसल सञ्चालन गरेर महँगी गरेको कमन रुपमा अनुगमन गरेर जरिवाना गराएका छौँ,’ उनले जवाफ दिए।

दशैँ–तिहार जस्ता चाडबाडका बेला बजार अनुगमन गर्न १० भन्दा बढी टोली पठाउनहुन्छ। यस्तो महँगी भएको बेलामा किन २ वटा मात्रै टोली?’

हाम्रो प्रश्नमा उनले जवाफ दिए, ‘दशै–ंतिहारजस्ता चाडपर्वको बेलामा कालोबजारी मौलाउने सम्भावना बढी हुन्छ। सबै ठाउँमा बजार अनुगमन गर्नुपर्छ। त्यतिबेला सरकारले तयारीका साथ कर्मचारी पठाउँछ। अहिले कर्मचारी थोरै छौँ। कर्मचारी सरकारले पठाउने हो। अहिले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेर कर्मचारी माग गरेका छौँ। सरकारले कहिले पठाउँछ टुङ्गो छैन।’ 

सरकारले अनुगमनका लागि कर्मचारी नपठाउँदा अनुगमनमा ढिलाइ भएको र कर्मचारी पठाएपछि तत्काल बजार अनुगमन हुने उनको भनाइ छ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसा... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक  पक्राउ शुक्रबार, जेठ २३, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
अध्ययनका लागि मुलुकबाहिर जाने प्रवृत्तिमा कमी ल्याउने आजको आवश्यक हो : राष्ट्रपति पौडेल शुक्रबार, जेठ २३, २०८२
सांसदहरूले भने– नागरिकता विधेयकले विभेदको अन्त्य गर्नेगरी दुवैलाई समेटेर अघि बढ्नुपर्छ शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरु,  विपक्षी दलको अवरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरु, विपक्षी दलको अवरोध कायमै (भिडियो) बिहीबार, जेठ २२, २०८२
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो)
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो)
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो) बिहीबार, जेठ २२, २०८२
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो)
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो) बिहीबार, जेठ २२, २०८२
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो)
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
आरसिबीको जितको उत्सव मनाउने क्रममा भागदौड, ११ जनाको मृत्यु, ३३ जना घाइते बिहीबार, जेठ २२, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्