• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सवारी चलाउन ताेकिएको ‘साधारण लेखपढ’ योग्यता पूर्ण छ?
64x64
ईश्वर बराल आइतबार, माघ १५, २०७९  २१:१२
1140x725

काठमाडौं- नेपालमा पछिल्ला वर्षहरुमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको ग्राफ बढ्दो छ। दुर्घटना हुनुको करिब ७३ प्रतिशत कारण मानवीय (चालक) रहेको पछिल्ला अनुसन्धानहरुले देखाएका छन्। जसले गर्दा सवारी चलाउन आवश्यक योग्यतामाथि विमर्श सुरु हुन थालेको छ। 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सवारी चालक अनुमतिपत्र पाउन साधारण लेखपढ भए पुग्ने व्यवस्था गरेको छ। अनुमति पाएपछि न तालिमको आवश्यकता रहन्छ न त्यसअघि नै न्यूनतम तालिम वा शैक्षिक योग्यता आवश्यक पर्छ।

उक्त ऐन अनुसारको कार्यविधिले सवारी चलाउन अनुमति दिएपछि चालकले समयसमयमा परीक्षण गर्नुपर्ने व्यवस्था नरहेकोले चालकको योग्यता र तालिमको विषयमा बहस हुने नगरेको यस क्षेत्रका जानकारहरु बताउँछन्। 

कति योग्यता भए सवारी चालक अनुमतिपत्र पाइन्छ?
मौजुदा ऐनले चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आवश्यक योग्यताभन्दा पनि सवारी चालक अनुमतिपत्र प्राप्त गर्न दरखास्त दिने व्यक्तिको अयोग्यताबारे व्यवस्था गरेको छ। निम्न अयोग्यता भएमा सवारी चालक अनुमति पाइंदैन :

१. मझौला तथा ठूला सवारीका निम्ति २१ वर्ष नपुगेको व्यक्ति,
२. साना सवारीका निम्ति १८ वर्ष नपुगेको व्यक्ति,
३. मोटरसाइकल तथा त्यस्तै अन्य सानो २ पाङ्ग्रे सवारीका हकमा १६ वर्ष उमेर नपुगेको व्यक्ति,
४. छारे रोग भएको वा बौलाएको वा एकाएक रिँगटा लाग्ने वा मुर्छा हुने किसिमको रोग भएको व्यक्ति,
५. देख्ने शक्ति कमजोर भइ चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठिक नभएको व्यक्ति,
६. साधारण ध्वनि सङ्केत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति,
७. रातो, हरियो, पहेँलो इत्यादि रङहरू तुरुन्त छुट्याउन नसक्ने दृष्टिदोष भएको व्यक्ति,
८. रतन्धो भएको व्यक्ति,
९. दुवै आँखा नभएको व्यक्ति,
१०. हातखुट्टा शक्तिहीन भइ काम दिन नसक्ने भएको व्यक्ति,
११. साधारण लेखपढ गर्न नजान्ने व्यक्ति,
१२. अपाङ्गका निमित्त खास किसिमले बनेको सवारीका निमित्त यो खण्डको बन्देज लागू हुने छैन,
१३. ठूलो र मझौला सार्वजनिक सवारीको लागि ६० वर्ष उमेर पूरा भएको कुनै पनि व्यक्ति ।

वर्तमान कानुनले गरेको उपरोक्त व्यवस्था अपुग रहेको केही अभियानकर्मी बताउँछन्। सडक सुरक्षाको क्षेत्रमा वकालत गरिरहेका अधिवक्ता सुवास आचार्य सवारी चालक अनुमतिपत्रका लागि न्यूनतम शैक्षिक योग्यताको व्यवस्था गर्नुपर्ने बताउँछन्। 

‘सवारी सम्बन्धी ऐन पूर्ण छैन। न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्छ। ऐनमा केही व्यवस्था छ, तर त्यो पर्याप्त छैन। सवारी सधान चलाउँदा आफ्नो कुनकुन विषयमा जानकारी हुनुपर्छ? आफ्नो भूमिका के हो भन्ने न्यूनतम योग्यता हुन आवश्यक छ,’ नेपाल लाइभसँग कुरा गर्दै आचार्यले भने। 

यस्तै, विद्यालयको पाठ्यक्रमबाटै सडक सुरक्षा सम्बन्धी विषयलाई गहनरुपमा लागू गर्नु पर्ने आचार्यको जोड छ। 

Ncell 2
Ncell 2

सडक सुरक्षा अभियन्ता गोविन्द भट्टराई भने न्यूनतम शैक्षिक योग्यताभन्दा व्यक्तिगत तालिममा जोड दिनुपर्ने बताउँछन्। जापान सरकारको सहयोगमा पाठ्यक्रम बनाएकोले त्यसलाई ड्राइभिङ स्कुल बनाएर प्रभावकारी कार्यान्वयन गराए दक्ष चालकहरु उत्पादन हुने भट्टराई बताउँछन्।

‘अहिले दुर्घटना बढ्नुमा ड्राइभिङ स्कुलबाट सिक्ने बिन्दुबाट खराबी सुरु हुन्छ। दक्ष प्रशिक्षकबाट सिकाएको व्यवस्थित ड्राइभिङ स्कुलहरु बनाउनु पर्छ,’ नेपाल लाइभसँग कुरा गर्दै भट्टराई भन्छन्, ‘हामीसँग ड्राइभिङ स्कुलका लागि पाठ्यक्रम पनि छ। त्यसलाई प्रभावकारी कार्यान्वयन गरे पर्याप्त हुन्छ।’

विद्यालयको शैक्षिक योग्यतालाई अनिवार्य बनाएमा धेरै विद्यालय नपुगेकाहरु चालक अनुमतिपत्रबाट वञ्चित हुने र रोजगारी र स्वरोजगारबाट पनि वञ्चित हुने हुँदा त्यसमा जोड दिनु उपयुक्त नहुने भट्टराई बताउँछन्। सिपमूलक रहेकोले ड्राइभिङ स्कुलबाट तालिम लिएर चालक अनुमतिपत्र पाउने व्यवस्थालाई पूर्णत: लागू गराएमा चालककै कारण हुने दुर्घटना घट्ने उनको विश्वास छ। 

पर्याप्त चेतना र सार्वजनिक सवारीका चालकलाई समयसमयमा तालिमको आवश्यकता रहेको सरोकारवालाहरुको जोड छ। यस्तै, सार्वजनिक सवारी सधानका चालकहरुलाई व्यावसायिक बनाउनु पर्नेमा जोड गर्छन् अधिवक्ता आचार्य। व्यावसायिक भए जिम्मेवार र व्यावसायिक धर्म निभाउने हुँदा यात्रुहरुले अनावश्यक झन्झट र लापरबाही भोग्नु नपर्ने आचार्यको धारणा छ। 

के छ अन्तर्राष्ट्रिय अभ्यास?
सन् २०१९ मा भारत सरकारले सवारी चालक अनुमतिपत्रका लागि मौजुदा कानुनले तोकेको न्यूनतम शैक्षिक योग्यताको व्यवस्था खारेजी गर्‍यो। सवारी साधन सम्बन्धीको कानुन, १९८९ ले चालक अनुमतिपत्र प्राप्त गर्नका लागि न्यूनतम कक्षा ८ उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरेको थियो। 

कानुनको उक्त व्यवस्था खारेज गर्दै तत्कालीन सडक तथा यातायात मन्त्री नितिन गडकरीले सरकारले बढ्दो बेरोजगारीलाई कम गर्न र रोजगारीको अवसर सिर्जना गर्न सवारी चालक अनुमतिपत्र प्राप्तिका लागि आवश्यक रहेको शैक्षिक योग्यता आवश्यक नरहने जानकारी गराएका थिए। 

सिपमा दक्षता प्राप्त गरेका तर आर्थिक रुपमा विपन्न रहेका वर्गका मानिसलाई सवारी चालक अनुमतिपत्र प्राप्तिका लागि कानुनले व्यवस्था गरेको शैक्षिक योग्यताले बन्देज लगाएकोले उक्त प्रावधान खारेज गर्नुपरेको त्यहाँको यातायात मन्त्रालयले बताएको थियो। 

शैक्षिक योग्यता सम्बन्धीको प्रावधान खारेज गरे पनि चालक अनुमतिपत्र प्राप्त गर्नका लागि तालिम र सिप परीक्षणमा भने कुनै कमी नगर्न मातहतका विभागहरुलाई तालुकदार मन्त्रालयले निर्देशन गरेको थियो।

सम्बन्धित सामग्री: 

कहालीलाग्दो सडक दुर्घटना: न्यूनीकरणका लागि केही त गर

सवारी दुर्घटना: छानबिन हुन्छ, प्रतिवेदन बन्छन् र दराजमा थन्किन्छन्

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव 

सवारी दुर्घटनाको मानवीय कारण: न्यायाधीशले ‘स्वविवेक’ प्रयोग गर्दा ‘लापरबाही’को कसुरमा उन्मुक्ति पाउँछन् चालक 

सवारी चलाउन ताेकिएको ‘साधारण लेखपढ’ योग्यता पूर्ण छ? 

नेपालका सडक मृत्युमार्ग जस्ता भए: गोविन्द भट्टराई [अन्तर्वार्ता] 

कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २१:१२
  • #कहालिलाग्दो सडक दुर्घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्