• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
64x64
ईश्वर बराल मंगलबार, मंसिर १९, २०८०  ०७:४७
1140x725

काठमाडौं– कोशी प्रदेशमा सरकार र प्रदेश सभा दुवैले पूर्णता पाउन सकेका छैनन्। सरकारको नेतृत्व गर्दै नेपाली कांग्रेसका केदार कार्की असोज १८ गते सत्तारोहण भए पनि मन्त्रिपरिषद्‌लाई पूर्णता दिन सकेका छैनन्।

त्यसअघि प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम तिम्सिनाले पदबाट राजीनामा दिएर बहुमत पुर्‍याउन भूमिका खेलेपछि सो पद रिक्त रहेका कारण सदनले पनि पूर्णता पाउन सकेको छैन। 

यता, तत्कालीन अवस्थामा नेकपा एमालेका सांसदहरुको समर्थनमा मुख्यमन्त्री हुँदै गर्दा कार्कीले एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई मन्त्रीको सपथ खुवाएका थिए। तर एमालेसँगको सहमति विपरीत माओवादी लगायत संघीय गठबन्धन दलको सहमति अनुसार नै कार्की अघि बढ्न थालेपछि एमालेले सरकार छोडेको थियो। समर्थन भने अद्यापि कायमै छ। 

यसबीचमा कार्कीले एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु र माओवादी केन्द्रबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका छन्। तर राई सहित जवेगु र उप्रेतीले मन्त्रालयको जिम्मेवारी भने आइतबार मात्रै पाएका छन्। त्यसअघि असोज २८ गते मन्त्री भएका राई र कात्तिक १७ गते मन्त्री भएका अन्य दुई सहित बिनाविभागीय हैसियतमा रहेका थिए। ढिलो गरी मन्त्रीहरुको कार्यविभाजन तोकेका मुख्यमन्त्री कार्कीले सरकारलाई पूर्णता दिने सन्दर्भमा भने अझै विलम्ब गर्ने भएका छन्। 

पछिल्लो साता बसेको सत्ता गठबन्धनको बैठकले अब रिक्त रहेको सभामुख चयन गर्ने र सरकार विस्तार गर्ने सहमति गरेको माओवादी सांसद राजेन्द्र कार्कीले जानकारी दिए। ‘अब सदनले नेतृत्व कसले पाउने टुङ्ग्याउने, अनि सरकारले पूर्णता पाउने भन्नेमा छलफल चल्छ भन्ने हामीबीच सहमति बनेको छ,’ कार्कीले नेपाल लाइभसँग भने। 

कार्कीले राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र  उप्रेतीलाई पर्यटन, बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालय भने मुख्यमन्त्री कार्कीकै जिम्मामा रहेको छ। 

सत्ता गठबन्धनले सरकारको स्थायित्वका लागि पहिला सभामुखको टुङ्गो लगाउनु पर्ने दबाब रहेको कांग्रेस सचेतक भूपाल राईको धारणा छ। ‘पहिला हामी बहुमतमा हुँदाहुँदै अल्पमतमा पार्ने काम भएको सबैलाई थाहा छ। त्यही भएर संसद्‌बाट हुने खेल रोक्न पनि सभामुख टुङ्गिनु आवश्यक छ,’ राई भन्छन्। 

सभामुख को? 
अहिलेको संसद्‌को नेतृत्व उपसभामुख सिर्जना दनुवारले गरिरहेकी छिन्। अब बन्ने सभामुख को भन्ने जवाफमा सत्ता गठबन्धनका नेताहरु भन्छन्, ‘एमाले वा राप्रपाबाट बन्छन्।’

Ncell 2
Ncell 2

तर, सत्ता गठबन्धनले सभामुख लिएर सरकारमा सहभागी हुन राप्रपालाई फकाइरहेका छन्। राप्रपा यो गठबन्धनमा आए स्पष्टसँग बहुमत सुनिश्चित गर्ने गठबन्धनको ध्यान छ। अहिले एमालेको समर्थनलाई हिसाब नगर्ने हो भने सत्तापक्षसँग ४७ सांसद छन्। राप्रपाका ६ सांसदको समर्थन आए उसलाई ढुक्क हुनेछ। 

राप्रपा भने यसै फकिने ‘मुडमा’ छैन। यो पार्टी कोशीमा हुने लेनदेन एकमुष्ट रुपमा केन्द्रबाटै तय गर्ने तयारीमा छ। तर यसबारे भने नेताहरु मौन रहेका छन्। उनीहरु यति मात्र भन्छन्, आफ्नो कारणले कहीँ पनि अस्थिरिता नहोस्। ‘हामी अस्थिरताको कारक बन्दैनौँ। तर सभामुख लिने सरकारमा पनि जाने कुनै छलफल भएको छैन,’ राप्रपा कोशीका संसदीय दलका नेता भक्ति सिटौला भन्छन्। 

गठबन्धन भने राप्रपालाई सरकारको नेतृत्वको आलोपालो गर्ने सहमति गराउने प्रयासमा रहेको गठबन्धनका एक नेताले दाबी गरेका छन्। 

राप्रपा सहमत नभएमा के गर्नुहुन्छ भन्ने प्रश्नमा ती नेता भन्छन्, ‘संसद्को ठूलो दल पनि हो एमालेले सदनको नेतृत्व लिन्छ नि।’

यसअघि तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन उपसभामुख दनुवार गयल भइदिएर कांग्रेसकै एक सांसद सभामुखको भूमिकामा बस्न बाध्य हुनु परेको थियो। यस कारण पनि गठबन्धन एमालेकै कारण कुन बेला ढल्छ भन्ने शंकामा रहेको छ। तर संवैधानिक कारण एमालेको समर्थन अहिले पाएको उसले बुझेको छ। 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सांसदहरुको समर्थनमा मुख्यमन्त्री भएका कार्कीलाई विश्वास फिर्ता लिँदा दलले लिने कि सांसदले भन्ने संवैधानिक अस्पष्टताका कारण एमाले त्यहाँ रहेको सत्ता गठबन्धनको निर्क्योल छ। 

एमाले भने अहिल्यै यस विषयमा केही नबोल्ने बताउँछन् सांसद एकराज कार्की। उनी भन्छन्, ‘अहिले हामी पार्टीको विषेश अभियानमा केन्द्रित छौँ। यस विषयमा छलफल हुन पाएकै छैन।’

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
कोशीमा कसको नेतृत्वमा सरकारः सम्भावित ४ विकल्प
सम्बन्धित सामग्री
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान... आइतबार, जेठ २५, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्। शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रका लागि मात्रै नभएको भन्दै... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु आइतबार, जेठ २५, २०८२
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड संग खेल्दै आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्