• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
64x64
ईश्वर बराल शुक्रबार, मंसिर १५, २०८०  ०९:३०
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन बिहिबार बिहान संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्। यूएईको दुबई बिहीबारदेखि नै सम्मेलन सुरु भएको छ। 

कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट अध्यक्षता सहितको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री प्रचण्डले सहभागिता जनाउनेछन्। प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ। उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन्।

तर नेपालले कत्तिको बलियो ढङ्गले आफ्नो विषय प्रस्तुत गर्छ र अरु सरोकारवाला मुलुकलाई प्रभावित पार्छ भन्ने कुरा चाहिँ चासोपूर्वक हेर्नु पर्ने यो क्षेत्रमा काम गर्ने विज्ञहरु बताउँछन्। जलवायु परिवर्तन र यसका असरमाथि काम गरिरहेका डा धर्मराज उप्रेती नेपालले आफ्नो कुरा दह्रो र स्पष्ट ढङ्गले उठाउनुपर्ने धारणा राख्छन्। 

‘नेपालले उठाउने मुद्दाहरु उठ्नुपर्ने सबै तहमा उठ्यो भने पक्कै सकारत्मक हुन्छ,’ उनी भन्छन्। 

बिगो गर्ने अरु, क्षति बेहोर्ने नेपाल
कार्बन उत्सर्जन गर्ने २ ठूला मुलुकका बीचको भूमरीमा परेको नेपालले यसको गम्भीर असर बेहोर्नु परिरहेको छ। हिमालहरुबाट हिउँ रित्तिनु, पानीका मुहान सुक्नुका साथै जलवायु परिवर्तनकै कारण सिर्जित सह–उत्पदानको असरका रुपमा बाढी, पहिरोले वार्षिक ठूलो मात्रामा जनधनको क्षतिको सामना गर्नु नेपालको नियति बनेको छ। 

उपरोक्त विषय विश्व समुदायसमक्ष राख्नुपर्ने उप्रेती बताउँछन्। 

‘हिमालमा हिउँ रहेन। कुरुप जस्तो देखिन थल्यो। हिमाल बचाउनु पर्छ भनेर पर्वतीय मुद्दा घनिभूत रुपमा नेपालले उठाउँदै छ। र यो मूख्य अजेण्डा बन्नुपर्छ,’ उनी भन्छन्। 

सो सम्मेलनमा सम्बोधन गर्न अबुधावी पुगेका प्रचण्डले पनि नेपालले अनाहकमा बेहोर्नु परेको क्षतिको सोधभर्ना पाउनु नेपालको अधिकार रहेको दाबी गरेका छन्। 

Ncell 2
Ncell 2

‘जलवायु परिवर्तनको प्रभावबाट सिर्जित समस्याको कारण हामी होइनौं। हामीले नगरेको कर्मको भारी बोकेका छौँ। नेपाल कोप २८ मा माग्नेको रूपमा होइन अधिकार कायम गर्ने गरी प्रस्तुत हुन्छ। कोपमा हाम्रो उपस्थिति यही मनस्थिति र तयारीका साथ रहेको छ,’ प्रचण्डले आबुधावीस्थित नेपाली राजदूतावासमा आयोजित समारोहमा भने। 

उप्रती पनि यो मुद्दाले शसक्तता पाउनुपर्ने मत राख्छन्। ‘हानि नोक्सानीको कोषको रकमको विषयमा शसक्त ढङ्गले कुरा राख्नुपर्छ। नेपाल कम विकसित देशहरुको अध्यक्ष पनि भएकोले झन् टड्कारो रुपमा विषयहरु राख्नु पर्छ,’ उनी भन्छन्। 

पेरिसमा आयोजित कोप २६ मै यो कोष स्थापना गर्ने सवालहरु उठेका थिए। तर त्यहाँ ठूला देशबीच समझदारी बन्ने सकेको थिएन। इजिप्टमा आयोजित कोप २७ मा यो कोष स्थापना गर्नेमा सहभागी देशहरु सहमत भए पनि कतिपय विषयहरु अझै स्पष्ट ढङ्गले कार्यन्वयनका चरणमा पुग्न सकेको छैन। कोप २८ ले यसलाइ टुंगोमा पुर्‍याउने विश्वास लिइएको छ। 

जलवायु असरका कारण नेपालले कति लागत चुकायो?
जलवायु परिवर्तनले पार्ने जोखिम मापन गर्ने जर्मन वाचको ‘ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स’ अनुसार नेपाल जोखिममा पर्ने पहिलो १० नम्बर भित्र पर्ने देशहरुको सूचीमा छ। त्यसको अर्थ हुन्छ नेपालले जलवायु परिवर्तनले पार्ने असरको गम्भीर रुपमा सामना गर्नु परिरहेको छ। यसको लागि नेपाललाई तक्काल ठूलो मात्रामा पैसा आवश्यक पर्छ। 

सन् २०२२ मा विश्व भरका अनुसन्धानकर्ता र नीति निर्माताहरूको समूह ‘लस एन्ड ड्यामेज कोलाबोरेसन’ ले जारी गरेको एक प्रतिवेदन अनुसार २१औं शताब्दीका पहिलो २ दशकमा संसारका ५५ राष्ट्रले जलवायु असरकै कारण ५ खर्ब अमेरिकी डलर बराबर क्षति बेहोरेको उल्लेख छ। यसमा नेपाल शीर्ष भित्रै पर्छ। 

यसलाई प्रतिरक्षा गर्न नेपालालई तत्काल करिब ५० खर्ब रुपैयाँ चाहिने सरकारी पक्षको आकलन छ। यो नेपालको अर्थतन्त्र बराबरको पैसा हो। सो लागत सन् २०३० सम्मका लागि हुने सरकारको दाबी छ। 

चिन्ताग्रस्त अवस्थाका बीच केही आशा
तथ्याङ्कले नेपालको अवस्था चिन्ताग्रस्त देखाउँछ। तर सरकारले देखाएको सक्रियता र चासोले कोप २८ महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुनसक्ने उप्रतीको विश्वास छ। त्यस्तै, पछिल्लो महिना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको भ्रमणका क्रममा सगरमाथा क्षेत्रमा पुगेर गरेको अपिल र संसद्‌मा सम्बोधनका क्रममा गरेको प्रतिबद्धताले विश्वको ध्यान खिच्न सहयोग पुगेको नेपालको विश्वास छ। 

गुटरेसले नेपालले जलवायु परिवर्तनका घातक असरहरू बेहोरिरहेको भन्दै नेपाललाई मद्दत गर्न विश्व समूदायलाई आह्वान गरेका थिए। ‘रेकर्ड तापक्रमको परिणामस्वरूप रेकर्ड स्तरमा हिमनदी पग्लिएका छन्। गत ३० वर्षमा नेपाल (हिमाली क्षेत्र)ले एक तिहाइ बरफ गुमाइसक्यो। हिमनदी पग्लनु भनेको हिमताल विस्तार हुनु अनि विनाशकारी बाढी आउनु पनि हो। गत एक दशकमा नेपालका हिमनदीहरू अघिल्लो दशकको तुलनामा ६५५ बढी गतिमा पग्लिएका छन्,’ सगरमाथा नजिक पुगेर गरेको भिडियो अपिलमा उनले भनेका थिए। 

गुटरेसले देखाएको ऐक्यबद्धता र नेपाल सरकारको सक्रियताले निकै उत्साहित उप्रती भन्छन्, ‘यी कुराले नेपालका जलवायुसम्बन्धी अभियानकर्मीहरूलाई निकै उत्साहित बनाएको छ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
कोशीमा कसको नेतृत्वमा सरकारः सम्भावित ४ विकल्प
सम्बन्धित सामग्री
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान... आइतबार, जेठ २५, २०८२
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले आज पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई र... शनिबार, जेठ २४, २०८२
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड संग खेल्दै आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्