• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सरकारी ठेक्काको आडमा ठेकेदारको अवैध काम, एउटै आयोजनाका नाममा २ ठाउँमा क्रसर
64x64
शेरबहादुर ऐर शुक्रबार, पुस २९, २०७९  ०७:१४
1140x725

धनगढी– कालिका कन्स्ट्रस्कनले धनगढीमा संचालनमा रहेको सघन शहरी विकास आयोजनाका नाममा गोदावरी नगरपालिका वडा नम्बर ९ मा क्रसर राखेको छ। विभिन्न खण्डका लागि आवश्यक पर्ने ढुङ्गा, बालुवा तथा गिट्टीहरु क्रसरमा संकलन गर्दै आवश्यकताअनुसार आयोजनास्थलमा ढुवानी गर्ने उद्देश्यले सो स्थानमा क्रसर राखेको कन्स्ट्रक्सनको दाबी रहेको छ।

सघन शहरी विकास आयोजनाकै नाममा सो कन्स्ट्रक्सनले धनगढी उपमहानगरपालिका वडा नम्बर–११ बेलीमा पनि क्रसर संचालन गरिरहेको पाइएको छ। ‘एकै आयोजनाका लागि दुई–दुई स्थानमा कन्स्ट्रक्सनले क्रसर राखेको पाईयो। यो गर्नु उपयूक्त होइन,’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने।

निर्माण कम्पनीले नगरपालिकाको सिफारिस र आयोजनाबाट स्वीकृति लिएर क्रसर संचालन गर्ने अनुमति पाएको दाबी गर्दै आए पनि अनुगमनका क्रममा कागजपत्र माग गर्दा दिन सकेन। सहायक प्रजिअ जोशीले भने, ‘धनगढीमा पनि कालिकाले क्रसर राखेको छ भने गोदावरीमा पनि संचालन गरेको छ। यो एकै आयोजनाको हो।’

उनले आयोजनाका लागि संचालन भएको क्रसर क्षेत्रमा अनुमति पत्र लगायतका विवरण पनि नरहेको बताए। ‘आयोजनालाई के कति मात्रामा ढुङ्गा, बालुवा, गिट्टी आवश्यक हो? कति संकलन गर्ने? अनुमति कहाँबाट लिएको लगायतका जिज्ञासा राख्दा कुनै पनि कागजपत्र पेस गर्न सकेन,’ उनले भने, ‘सो क्रसरलाई सबै विवरण प्रशासनमा पेस गर्न निर्देशन दिइएको छ।’

कालिका मात्र होइन अन्य आयोजनाका नाममा संचालनमा रहेका क्रसर उद्योगले पनि एकभन्दा बढी ठाउँमा क्रसर राख्ने गरेका छन्। कुनै क्रसर उद्योगले आयोजना स्थलभन्दा पनि अन्य क्षेत्रमा ढुवानी गर्ने गरेका छन्।

प्रशोधन केन्द्रमा क्रसर
कैलालीको गोदावरी नगरपालिकामा रहेको बेहडाबाबा बालुवा प्रशोधन केन्द्रले क्रसर उद्योग राखेको पाइएको छ। बालुवा प्रशोधनका नाममा दर्ता भएको उद्योगले बालुवा मात्रै चाल्दैन, ढुंगा, गिट्टी र रोडाका सबै काम गर्छ। अर्थात् बालुवा प्रशोधनका नाममा क्रसर उद्योग चलाइएको छ।

बालुवा प्रशोधनका लागि दर्ता भएको सो उद्योगले क्रसर नै राखेर नदीजन्य पदार्थ संकलन गरिरहेको पाइएको कैलाली सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा कालिका कन्स्ट्रक्सनले ढुङ्गा, बालुवा संकलन गरि राखेको छ। वन र खोला नजिकै नदीजन्य पदार्थ संकलन गरेर राखेको सो कम्पनीसँग अनुमति पत्र छैन।

Ncell 2
Ncell 2

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले श्रीपुर कंक्रिट उद्योगबाहेक अन्य ४ क्रसर तथा प्रशोधन केन्द्रमा कैफियत भेटिएको बताए। कागजपत्र नहुनु, एकको अनुमति लिइ अन्य काम गर्नु लगायतका त्रुटी यी उद्योगमा भेटिए।

अवैध क्रसर बन्द गर्न निर्देशन
कैलालीमा अवैध रुपमा संचालनमा रहेका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

गत आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनले मापदण्ड पालना नगरी संचालनमा रहेका क्रसर व्यवसाय तत्काल बन्द गर्न निर्देशन दिएको हो।

‘प्रचलित कानुन विपरीतका, दर्ता नभएका, नियमानुसार नविकरण नभएका र संचालन अनुमति नलिइ संचालनमा रहेका क्रसर उद्योग साथै विभिन्न विकास निर्माणको क्रममा सोही आयोजनाको लागि अनुमति प्राप्त उद्योग–निर्माण व्यवसायीहरुले आयोजना समाप्त भएपश्चात सिन क्रसर संचालन गरिरहेको भए तत्काल बन्द गर्न गराउन सूचित गरिन्छ,’ प्रशासनको विज्ञप्तिमा भनिएको छ। 

यस्तै, इजाजत प्राप्त भएका क्रसर उद्योगहरुले पनि संचालनसम्बन्धी सम्पूर्ण प्रमाणपत्र, कागजातहरुको सक्कल र छाँयाप्रतिहरु तयारी अवस्थामा राखि उद्योग स्थलमै अनुगमनका क्रममा पेस गर्न पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास पूर्वयुवराज्ञी हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि जुम्ला पुगेका छन् । उनीहरू शनिबार जुम्ला पुगेका थिए । शिलान्यास कार्यक्रममा बोल्द... आइतबार, जेठ २५, २०८२
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल र इजिप्टबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा... आइतबार, जेठ २५, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्