पोखरा- नेपाली कांग्रेसले बागलुङको प्रदेश सभातर्फ क्लिन स्विप गरेको छ। गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवारले ४ वटै क्षेत्रमा विजयी हासिल गरेका छन्।
बागलुङ १ ‘क’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भए। थापाले १३ हजार ८ सय ८४ मत ल्याए भने नेकपा एमालेका हिराबहादुर केसीले १२ हजार ४ सय ५ मत प्राप्त गरे।
बागलुङ १ ‘ख’ मा कांग्रेसका युवा उम्मेदवार डिल्लीराम सुवेदीले जित हासिल गरे। उनले १३ हजार ३ सय २० मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एमालेका नवराज पौडेलले ७ हजार २ सय ५३ मत प्राप्त गरे।
बागलुङ २ ‘क’ म कांग्रेसका जित शेरचन विजयी भए २ वटा संसदीय निर्वाचनमा पराजित भएका शेरचनले विजयी हुन सफल भए। उनले १५ हजार १ सय ६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेले समर्थन गरेको माओवादीका बागी उम्मेदवार प्रकाश घर्तीले १२ हजार ८ मत प्राप्त गरे।
२०७४ र २०७६ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारसँग पराजित शेरचनले अहिले जनमोर्चाकै साथ लिएर चुनाव जितेका हुन्।
बागलुङ २ ‘ख’ मा पनि कांग्रेसका द्रोणकुमार कुँवरले जित हासिल गरे। कुँवरले १२ हजार ४ सय ८ मत प्राप्त गर्दै जित हासिल गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६ सय ७१ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।