• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
तिहारका लागि यस वर्ष सयपत्रीको करिब ३ लाख माला आयात हुने
64x64
कल्पना घिमिरे बिहीबार, कात्तिक ३, २०७९  ०६:२४
1140x725

काठमाडौं– नेपालमा उत्पादित फूलको मालाले यसपालि पनि धान्न नसक्ने अवस्था सिर्जना भएको छ। विगतका वर्षहरूमाझैँ यस वर्ष पनि छिमेकी मुलुकबाट सयपत्रीको माला आयात हुने देखिन्छ। यो वर्ष करिब तीन लाखको हाराहारीमा माला आयात गर्नुपर्ने अनुमान गरिएको नेपाल फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन्।

यस वर्षको तिहारमा करिब २० लाख सयपत्रीको मालाको माग छ। त्यस्तै चार लाख मखमलीको माला र २० हजार गोदावरीको माला तिहारमा खपत हुने नेपाल फ्लोरीकल्चर एशोसिएसनको अनुमान छ। तर, नेपाली सयपत्री माला भने उत्पादन १७ लाख मात्रै छ। त्यो मध्येमा सयपत्रीको माला तीन लाख अपुग हुने देखिन्छ। तीन लाख माला चाहिँ छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने हुन्छ। चार लाख मखमलीको माला र २० हजार गोदावरीको माला भने नेपाली उत्पादनले नै पुग्नेछ।

एशोसिएसनका अनुसार यस वर्षको तिहारमा सयपत्री फूलको मालाको थोक मूल्य प्रतिगोटा ५५ रुपैयाँ पर्नेछ। मखमली प्रतिगोटा ४० रुपैयाँ र गोदावरी प्रतिगोटा साइज हेरेर चार सयदेखि माथि हुनेछ। खुद्रा मूल्यबारे भने अहिले नै भन्न नसक्ने अध्यक्ष तामाङले बताए।

नेपाली उत्पादन प्रशस्त भएपनि अभाव
‘गत वर्षको तुलनामा यो वर्ष नेपाली उत्पादन प्रशस्तै रहेको छ। र, धेरै जिल्लाहरूमा अहिले सयपत्री फूलको खेती व्यापक रुपमा भएको हिसाबले यो वर्ष कम खपत हुने हामीले अनुमान गरेका छौँ। नेपाली सयपत्री फूलको माला आफ्नै उत्पादन १७ लाख छ। त्यसले अपुग हुने जस्तो सम्भावना छ। आवश्यक माला छिमेकी मुलुक भारतबाट आयात गर्ने हो,’ अध्यक्ष तामाङले भने।

अहिले स्वदेशमै ९५ प्रतिशतभन्दा बढी फूल उत्पादन हुने गरेको छ। तैपनि यस वर्ष तिहारमा सयपत्रीको माला अभाव हुने अनुमान गरिएको छ। केही वर्ष यता वार्षिक तीन अर्ब मूल्य बराबरका फूलको कारोबार हुने गरेको थियो। तिहारबाहेक अरु समयमा पनि फूलका माला दैनिक भारतबाट केही मात्रामा आयात हुने गर्छ। तर, यो वर्ष मनसुन सकिएपछि भने भारतबाट दैनिक आयात गर्न कम गरिएको छ। 

Ncell 2
Ncell 2

अघिल्लो वर्ष तीन लाख ६५ हजार ओटाको हाराहारीमा  भारतबाट ल्याइएका सयपत्री माला बिक्री भएको अध्यक्ष तामाङ बताउँछन्। पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ। मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ। 

असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ। फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन्। नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७ सयभन्दा बढी व्यवसायीले फूलको खेती गरिहेको एशोसिएसनले जनाएको छ।

तिहारलक्षित माला आयात सुरु
खुद्रा व्यापारीहरूले तिहारका लागि भनेर अहिलेदेखि नै फूल आयात गर्न सुरु गरिसकेका छन्। अहिलेदेखि ल्याएर कोल्ड स्टोरमा राख्न थालेको अध्यक्ष तामाङ बताउँछन्। 

‘व्यापारीहरूले तिहारलक्षित गरेर ल्याउन थालिसके। कालीमाटीका व्यपारीहरूले केही माला ल्याएर स्टोर गरेर राख्न थालेका छन्। कति आयात भयो भनेर हामीसँग तथ्यांक त छैन। तर, अहिलेबाट ल्याइएका फूलमाला कुहिएर कालो हुने हुन्छन्। त्यस्ता माला किनेर प्रयोग नगर्न उपभोक्तालाई म आग्रह गर्छु।,’ अध्यक्ष तामाङले भने।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई भने के कति फूल आयात भयो भन्ने जानकारी नै छैन। अहिले भर्खर छिमेकी मुलुकबाट फूल आयात नगरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। 

‘कालीमाटीले लक्ष्मी पूजाको दुई दिन बाँकी हुँदा फूल बिक्री गर्ने हिसाबले ल्याउँछ। अहिले बजारमा फूल आयो ओइलाउने कुहिने डर हुन्छ। होला व्यापारीहरूले ल्याएर बजारभन्दा बाहिरका कोल्ड स्टोरमा ल्याएर राखे होलान् तर के कति ल्याएको भन्ने हामीलाई जानकारी छैन,’ कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ०६:२४
  • #तिहार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज सुनको मूल्य स्थिर, चाँदीको कति ? महासंघका अनुसार बिहीबार २ हजार ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिचको विवाद, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो विज्ञहरूका अनुसार यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन थियो । ट्रम्प सरकारसँगको मस्कको द्वन्द्व बढ्यो भने उनले ठु... शुक्रबार, जेठ २३, २०८२
लगानी बोर्डले स्वीकृत गर्‍यो सवा खर्ब रुपैयाँ लगानी प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले मुक्तिनाथ केबलकार र माथिल्लो सेती जलविद्यु... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्