• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सुदूरपश्चिममा विपद्ः बाढीपहिरोबाट तीन महिनामा ४१ जनाको मृत्यु
64x64
शेरबहादुर ऐर आइतबार, असोज २, २०७९  १०:००
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशमा मनसुन सक्रिय भएको तीन महिनामा विपद्का कारणले ४१ जनाको मृत्यु भएको छ।

मनसुन सक्रिय भएयता विपदजन्य घटना (बाढी, पहिरो तथा डुबान) मा परी ४१ जनाको मृत्यु भएको र ११ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश आपत्तकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ। 

सामान्यतः नेपालमा मनसुन जुन १३ मा सक्रिय भइ सेप्टेम्बर २३ मा निस्क्रिय हुन्छ। मनसुन सक्रिय भएयता प्रदेशका नौ जिल्लामध्ये बाढी, पहिरो तथा डुबानका कारण कैलाली, कञ्चनपुर, अछाम र दार्चुला जिल्ला बढी प्रभावित भएका छन्।

उक्त अवधिमा सबैभन्दा बढी मानवीय क्षति अछाममा भएको छ भने कैलालीमा धेरै परिवार प्रभावित बनेका छन्। 

बिहीबार रातिदेखि परेको वर्षाका कारण बाढी तथा पहिरोमा परी अछाममा २२ र कैलालीमा एक गरी २३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। योसँगै शनिबारसम्म प्रदेशमा विपदजन्य घटनामा विभिन्न ५० ठाउँमा मृत्यु हुनेको संख्या ४१ पुगेको हो। 

प्रदेशमा बर्सेनि विपद्बाट भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ। प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट पनि अन्न बाली तथा मानवीय क्षति हुँदै आएको छ।

प्रदेश आपत्तकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार मनसुन सुरु भएयता शुक्रबारसम्म प्रदेशका ४७ ठाउँमा बाढीपहिरो र डुबानबाट १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए। ४७ स्थानमा एक सय चार घरपरिवार प्रभावित भएको केन्द्रको तथ्यांकमा उल्लेख छ। 

दार्चुलामा पहिरो तथा बाढीमा परी ६ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। तीन महिनामा विपद्का विभिन्न घटनामा दार्चुलामा १२ जना घाइते भएका छन्।

Ncell 2
Ncell 2

यस्तै विपदजन्य घटनाबाट मानविय क्षति भएका जिल्लामध्ये कञ्चनपुर तेस्रोमा छ। कञ्चनपुरमा विपदका कारण चार जनाको मृत्यु र दुई जना घाइते भएको प्रदेश आपत्तकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ। 

आर्थिक वर्ष २०७८/७९ मा प्रदेशमा १ सय १३ विपदजन्य घटनामा परी ५० जनाको मृत्यु, २३ जना बेपत्ता र ५३ जना घाइते भएका थिए। सो आर्थिक वर्षमा सबैभन्दा बढी मानविय घटना डोटीमा भएको थियो। डोटीमा पहिरोमा परी १८ जनाको मृत्यु भएको थियो।

कैलाली एक मृत्यु, दुई घाइते
कैलालीको धनगढीमा झलारी नालीमा बगेर शनिबार एक युवतीको मृत्यु भयो। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण नालीमा बगेर १९ वर्षीय नविना चौधरीको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

मृतक युवती धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ की हुन्। उनी माछा मार्ने क्रममा नालामा बगेर बेपत्ता भएकी थिइन् । प्रहरीले खोजी कार्य गर्दै जाँदा उनलाई मृत अवस्थामा फेला पारेको हो।

टिकापुर नगरपालिका वडा नं. २ मा घर भत्किँदा २२ वर्षीय युवक सुशील चौधरी घाइते भएका छन्। चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

यस्तै चुरे गाउँपालिका वडा नम्बर ३ मा पहिरो खस्दा घरमा रहेका आठ वर्षीय आयुश सापकोटा घाइते भएका छन्। 
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वी क्षेत्रका पाँच पालिकामा डुबानका कारण कैयौं परिवार विस्थापित भएका छन्। 

जोशीपुर गाउँपालिकामा करिब चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टिकापुर नगरपालिकामा एक सय ७५, भजनीमा करिब ६ सय ८०, लम्कीचुहामा एक सय ५० घर डुबानमा परेका छन्। 

अछाममा २२ को मृत्यु, एक बेपत्ता
अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको बाढी तथा पहिरोमा मृत्यु हुनेको संख्या २२ पुगेको छ। जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ नाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए। 

२२ जनाको शव भेटिँदा एक जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। पहिरोमा परेर ११ जना घाइते छन्। पहिरोमा परी घाइते भएका ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाका ३ जना घाइतेको हेलिकप्टरमार्फत् उद्धार गरेर सुर्खेत लगिएको छ। 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सां... सोमबार, जेठ २६, २०८२
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो। सोमबार, जेठ २६, २०८२
७२ जिल्लामा फैलियो डेङ्गी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन्... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरण छानबिनबारे कांग्रेसलाई रास्वपाको पाँच बुँदे प्रस्ताव सोमबार, जेठ २६, २०८२
एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान सोमबार, जेठ २६, २०८२
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षी माओवादी केन्द्रद्वारा संसद् अवरुद्ध सोमबार, जेठ २६, २०८२
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्