काठमाडौं– प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूको अवरोधपछि आधा घन्टाका लागि स्थगित भएको थियो।तर उक्त समयमा बैठक बस्न सकेन।
संघीय संसद सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो।
प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै विपक्षीले बैठक अवरुद्ध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।