• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
धनगढीमा दर्ता बिनाका अस्पतालको बिगबिगी, कानुन कार्यान्वयनमा सरकारी उदासीनता
64x64
शेरबहादुर ऐर सोमबार, भदौ २०, २०७९  १०:१५
1140x725

धनगढी– एक महिनाअघिदेखि विशेषज्ञ सेवासहित कैलालीको धनगढी उपमहानगरपालिका - १ मा सञ्जीवनी अस्पताल सञ्चालनमा आएको छ। २४ सै घण्टा सुदूरपश्चिमका सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएपनि अहिलेसम्म सम्बन्धित निकायबाट इजाजतपत्र स्वीकृत लिएको छैन।

 सञ्जीवनी जस्तै धनगढी उपमहानगरपालिका - १ मा सञ्चालनमा रहेको धर्मरुद्र अस्पतालले पनि दर्ता बिनै सेवा दिइरहेको छ।

बिना दर्ता सञ्चालनमा रहेको अस्पतालबारे सरोकारवाला निकाय जानकार भएपनि कानूनी दायरामा ल्याउन कुनै पहल भएको छैन। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका २०७३ बमोजिम अनुमति बिना कुनै पनि स्वास्थ्य संस्थाले सेवा प्रदान गर्न नपाउने व्यवस्था छ। निर्देशिकाको दफा ३.१ (क) मा ‘अनुमति नलिइ स्वास्थ्य सेवा सञ्चालन गरेको पाईएमा सो कार्य रोक्न तथा त्यस्तो स्वास्थ्य संस्थालाई आवश्यक कारबाहीका लागि गृहमन्त्रालयमार्फत वा सोझै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लेखी पठाइने छ  र त्यस्ता संस्थाका सञ्चालकलाई भविष्यमा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान नगर्ने गरि अभिलेख समेत राखिने छ,’  उल्लेख छ।

देश संघीय संरचनामा गएसंगै १५ शैय्यासम्मका अस्पताल सञ्चालन, इजाजतपत्र प्रदान तथा नवीकरण गर्ने अधिकार स्थानीय तहलाई छ। एक महिनाअघि सेवा प्रदान गर्न शुरु गरेको सञ्जीवनी अस्पतालले धनगढी उपमहानगरपालिकामा इजाजतपत्रका लागि निवेदन दर्ता गरेको दाबी गरेको छ। तर, दर्ता प्रक्रिया पूरा नगरी कुनै पनि अस्पतालले सेवा सञ्चालन गर्न नपाउने कानुनी प्रावधान छ।

दर्ता बिनै सेवा दिँदै आएको सञ्जीवनी अस्पतालका अध्यक्ष दुश्यन्त बस्नेतले अस्पतालले दर्ता नगरी सेवा प्रदान गर्ने प्रक्रियानै बसिसकेको बताए। उनले भने –‘यहाँ दर्ता बिनै अधिकांश अस्पतालहरु सञ्चालनमा छन्। यो त धनगढीमा एक प्रकारको चलन नै बनिसकेको छ। हामीले मात्र सेवा दिन किन रोक्ने ?’

उनले दर्ता गर्न सम्पूर्ण कानुनी प्रक्रिया अघि बढाएको दाबी गरे। उनले भने, ‘अस्पताल सञ्चालनका लागि हामीले उपमहानगरपालिकामा इजाजतपत्रका लागि निवेदन पेश गरेका छौं। अस्पताल निर्माण गर्दा उपमहानगरपालिकाले नै अनुगमन गरी निर्माण सम्पन्नको जानकारी दिन भनेको थियो। हामीले त्यो पनि जानकारी दिएका थियौं। तर, अहिलेसम्म सञ्चालन अनुमति दिइएको छैन।’ उनले अस्पतालमा ठूलो लगानी भएको र भवन पनि भाडामा भएपछि लगानी सुरक्षित गर्न पनि सेवा सञ्चालन गरेको दाबी गरे। 

अस्पतालका अध्यक्ष बस्नेतले अस्पतालले अहिले शल्यक्रिया, भिडियो एक्स–रे, इसीजी, फार्मेसी, मुटुको भिडियो एक्सरे, डिजिटल एक्स–रे, अत्याधुनिक ल्याब सेवा लगायत सेवा दिइरहेको बताए। १५ शैय्याको अस्पतालले सेवा शुरु गरेपनि ५० शैय्या बनाउने आगामी लक्ष्य रहेको उनले बताए। ‘आठ करोड रुपैयाँ लगानी गर्ने भनिएको सो अस्पतालमा अहिलेसम्म हामीले तीन करोडसम्म लगानी गरिसकेको छौँ,’ उनले भने, ‘आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै अस्पतालमा सीटी स्क्यान सेवा पनि शुरु गरिने छ।’

उपमहानगरपालिका पर्ख र हेरको अवस्थामा
धनगढी उपमहानगरपालिकामा सञ्जीवनीसँगै १२ वटा अस्पतालहरुले सेवा सञ्चालनका लागि इजाजतपत्र तथा नवीकरणका लागि निवेदन दर्ता गराएका छन्। 

Ncell 2
Ncell 2

सञ्जीवनीसँगै सेवा शुरु गरेको धनगढी उपमहानगरपालिका - १ स्थित धर्मरुद्रलगायतका अस्पतालले दर्ता बिनै सेवा शुरु गरेका छन्। उनीहरुले उपमहानगरपालिकामा दर्ताका लागि निवेदन पेश गरेको भएपनि उपमहानगरपालिकाले कागजपत्र दराजमा थन्काएको छ। 

सञ्जीवनी र धर्मरुद्र अस्पताल सेती प्रादेशिक अस्पताल नजिकै रहेकाले उपमहानगरपालिकाले दर्ता प्रक्रिया अघि बढाउन नसकेको स्वास्थ्य महाशाखा प्रमुख कुम्भराज शर्माले बताए। ‘प्रदेश सरकारले बनाएको जनस्वास्थ्य ऐनले सरकारी अस्पताल क्षेत्रदेखि तीन सय मिटरसम्म कुनै पनि स्वास्थ्य संस्था, क्लिनिक, पोलिक्लिनिक सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ,’ उनले भने, ‘सोही ऐनलाई आधार मान्दै नगर प्रमुख गोपाल हमालले विवादमा आउने भन्दै केही दिनलाई कुनै पनि फाइल अघि नबढाउन निर्देशन दिएका छन्।’ उनले उपमहानगरपालिकाको स्वास्थ्य शाखा पर्ख र हेरको अवस्थामा रहेको बताए। उनले उपमहानगरपालिकाभित्र इजाजतपत्र तथा नवीकरणका लागि १२ वटा अस्पतालहरुको निवेदन दर्ता भएको बताए।

धनगढी उपमहानगरपालिकाले दराजमै फाइल अड्काउँदा बिना दर्ता सेवा सञ्चालन गरिरहेका अस्पतालबाट प्राप्त हुने राजश्व गुमाउनुपरेको छ। उपमहानगरपालिकाको आर्थिक ऐन २०७९/८० मा १५ शैय्या अस्पतालले इजाजतपत्र तथा नवीकरणका लागि ७५ हजार रकम तिर्नुपर्ने व्यवस्था छ। २०७४ सालदेखि स्थानीय तहमार्फत अस्पताल रहेको भएपनि उपमहानगरपालिकाले अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट लिनुपर्ने दर्ता तथा नवीकरण शुल्क असुल गर्न सकेको छैन।
 
सञ्जीवनी अस्पतालका अध्यक्ष बस्नेतले अहिलेसम्म प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तहमा सरकारी अस्पताल परिसर नजिक रहेका निजी अस्पतालहरुलाई दर्ता तथा नवीकरण नगर्न भनी कुनै पनि पत्राचार नगरेको बताए। उनले भने, ‘मन्त्रालयले पत्राचार गरेको हो भने हामीलाई अन्यत्र सार्न भनी समय तोकिनुपर्ने थियो। न त यहाँ अस्पताल दर्ता गरिएको छ। न त कुनै विकल्प नै दिइएको छ।’

प्रदेश सरकारले सरकारी अस्पताल परिसरको तीन सय मिटरसम्म स्वास्थ्य संस्था सञ्चालन गर्न नपाउने व्यवस्था गरेको भएपनि कार्यान्वयन भने गर्न सकेको छैन। स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदीश जोशीले प्रदेश सरकारले ऐन पारित गरेको भएपनि नियमावली निर्माण प्रक्रियामै रहेकाले कार्यान्वयनमा ढिलाई भएको बताए।

पाइलैपिच्छे एकै प्रकृतिका स्वास्थ्य संस्था
सेती अञ्चल अस्पतालको निकासद्वारको सडक पारिपट्टी धर्मरुद्र अस्पताल, सिटी पोलिटेक्निक, सञ्जीवनी अस्पताल, अञ्चल अस्पतालको प्रवेश गेटको झण्डै एक सय मिटरमा पुग्नुभन्दा सडकको वारिपट्टी सारथी र पारिपट्टी नोभा अस्पताल छन्।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका बमोजिम ‘एकै प्रकृतिका स्वास्थ्य संस्थाहरु एक किलोमिटर आसपास राख्न नपाइने’ व्यवस्था छ। 

नोभा, धर्मरुद्र, सञ्जीवनी, सारथी र सिटी पोलिक्लिनिकले प्रदान गर्दै आएका सेवामा कुनै पनि भिन्नता नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘सबैले आएका बिरामीलाई चेकजाँच, भिडियो एक्सरे, एक्सरेलगायतका सेवामात्र दिएका छन्’ एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा भने, ‘गम्भीर प्रकारका बिरामी आए अझै भारत तथा कोहलपुर रिफर गर्नुपर्ने अवस्था छ।’ यस्तै, एकै प्रकारका क्लिनिकहरुका लागि पनि दूरी कायम गरिएपनि त्यो मापदण्ड लागू हुन सकेको छैन।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीहरुको आपत्ति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ÷संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा... सोमबार, जेठ २६, २०८२
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सां... सोमबार, जेठ २६, २०८२
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो। सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीहरुको आपत्ति सोमबार, जेठ २६, २०८२
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरण छानबिनबारे कांग्रेसलाई रास्वपाको पाँच बुँदे प्रस्ताव सोमबार, जेठ २६, २०८२
एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान सोमबार, जेठ २६, २०८२
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षी माओवादी केन्द्रद्वारा संसद् अवरुद्ध सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्