• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
सरकारकै नीतिका कारण मूल्यवृद्धि, घटाउने पहल नै भएन
पृथ्वीराज लिगल  शुक्रबार, भदौ १०, २०७९  १३:४७
1140x725

पछिल्लो समय मूल्यवृद्धिको मारमा आम मानिसहरू एकदमै परेका छन्। तथ्याङ्क नै हेर्ने हो भने लगभग डवल डिजिट (दोहोरो अंक) मा मूल्यवृद्धि भएको देखिन्छ। 

अहिले नेपालमा मात्रै हैन विश्वभरि नै मूल्यवृद्धिको मारमा मानिसहरू परिरहेका छन्। ब्रिटेनको सेन्ट्रल बैंकले त १८ प्रतिशतसम्म मूल्यवृद्धि हुन सक्ने अनुमान गरेको छ। बेलायती अधिकारीहरु इतिहासमा नै धेरै वर्षपछि यसरी मूल्यवृद्धि हुन लागेको भनेर चिन्तित छन्।

अमेरिकामा ९ प्रतिशत भन्दा धरै मूल्यवृद्धि भएको थियो। त्यो अहिले बिस्तारै कम हुँदै गएको छ। त्यहाँ पनि दोहोरो अंकमा वृद्धि होला भनेर डराएको सरकार मूल्यवृद्धि साढे ८ प्रतिशत मात्रै बढ्यो भनेर खुसी मनाएको अवस्था रहेको छ।

रसिया, भारत जस्ता देशहरूले खाद्यान्न निर्यात बन्द गरेपछि मानिसहरूले खाद्यान्नको मूल्य अत्यधिक मात्रामा वृद्धि हुने प्रक्षेपण गरेका थिए। तर खाद्यान्नको मूल्य त्यसरी वृद्धि नहुनु हाम्रो लागि सुखद् कुरा हो। अहिले युक्रेनले खाद्यान्न निर्यात गर्नको लागि दिने भने पछि मूल्यवृद्धिमा कमी आएको मान्न सकिन्छ। तर त्यहाँ कुन बेला युद्ध सुरु हुन्छ र फेरि खाद्यान्न निर्यात गर्नको लागि रोक लाग्छ भन्ने ठेगान छैन। त्यसैले विश्व नै अन्योलको वातावरणमा छ। तर कुरा जे भए पनि मूल्यवृद्धिको मारमा मानिसहरू परेको कुरालाई हामीले नकार्नु हुँदैन। पछिल्लो समय विभिन्न देशका केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेको छ। वस्तु र सेवाको माग कम भयो भने मूल्यवृद्धि कम हुन्छ भनेर त्यसो गरेको हो। 

अब कुरा गरौँ नेपालको, नेपालमा पनि मूल्यवृद्धि झन्डै दुई अंकमा भएको थियो। ९ प्रतिशत भन्दा धेरै सामानको मूल्य बढेपछि आम मानिसहरू मारमा परेका छन्। नेपालमा पनि दोहोरो अंकमा मूल्यवृद्धि हुन्छ भन्ने डरमा राष्ट्र बैंकले ब्याजदर  बढाएको छ। ढिलो चाँडो मुद्रास्फीति हुने देखिन्छ। 

बैंकहरूले ब्याजदर बढाउनुको मुख्य कारण ‘मनी सप्लाइ’ कम होस भनेर हो। ब्याजदर बढेपछि सामानको माग कम हुन्छ र मूल्यवृद्धि कम हुन्छ भनेर यस्तो नीति लिइएको होला। 

नेपालमा मूल्यको अवस्था हेर्ने हो भने खाद्यान्न, पेट्रोलियम पदार्थ, गाडीभाडा आदि बढेको हो। त्यसैले अन्य देशमा जस्तै नेपालमा पनि पैसाको माग कम गर्ने नीति लिएको देखिन्छ। अझ बैंकले ऋण दिन कम गर्ने नीति लिएको पनि देखिन्छ। तर यसो गरेर मात्रै मूल्यवृद्धि कम हुन्छ भन्ने हुँदैन भन्ने एकथरी मानिसहरूको भनाइ पनि छ। अन्य देशमा पनि यस्तै भएको देखिन्छ। 

मूल्यवृद्धिलाई सघाउने मौद्रिक नीति
हामीकहाँ मौद्रिक नीति भने विपरीत प्रकारको आएको छ। मूल्यवृद्धिलाई सघाउने खालको आएको छ। वित्तीय नीति राजस्वभन्दा खर्च बढाउने खालको आएको छ। 

चालु आर्थिक वर्षको लागि आएको बजेट पनि खर्च बढाउने खालकै छ। बजेटले कर्मचारीको तलब बढाएको छ। वृद्धभत्ताको समय पनि कम गरेको छ। यस्ता अनेक प्रकारका शीर्षकमा पैसा बाँडने कार्यक्रमले खर्च मात्रै बढाउने देखिएको छ। अहिलेको सन्दर्भमा यस्तो पैसा छर्ने प्रकारको बजेट आवश्यक थिएन।

मूल्य बढेको अवस्थामा तलब बढाउने, वृद्धभत्ता दिने उमेर घटाउने समय नै हैन। अहिले त संकुचनकारी वित्तीय नीति आउनु पर्ने हो। तर, त्यसको उल्टो विस्तारकारी वित्तीय नीति आयो। त्यसैले अहिलेको राष्ट्र बैंकको मौद्रिक नीति र बजेटमा तादम्यता मिलेको छैन। दुवै कुरा एकै प्रकारको आएको भए मूल्यवृद्धि नियन्त्रण गर्न सहज हुन्थ्यो। तर बजेट विस्तारकारी वा पैसा बांड्ने खालको आएकाले सामानको मूल्य बढ्नु सामान्य जस्तो भएको छ। 

अर्को कुरा यो वर्ष खर्च घटाउन भन्दा पनि चुनावका कारण खर्च बढ्ने देखिन्छ। त्यसै पनि चुनावको समयमा नचाहिँदो खर्च हुने गरेको छ। त्यसै कारण अहिले मूल्यवृद्धि नियन्त्रण होला भन्ने कुरामा आशा राख्न सकिँदैन।

अर्को कुरा मौद्रिक नीतिमा ऋणको नियमका कारण बैंकहरु थप ऋण दिन सक्ने अवस्थामा छैनन्। अहिले कर्जाको सीमाभन्दा माथि गएको भनेर ३ वटा बैंकको नाम नै मिडियाहरुमा आएको छ। 

बैंकहरु ऋण दिन नसक्ने अवस्था भएपछि उत्पादनमा कमी आउँछ। यसले आर्थिक क्रियाकलापमा कमी आउने भयो। र विकासको गति कम हुन्छ। यो दुवैमा 'पलिसी' समान रुपमा हुनु पर्ने हो। 

अहिले राष्ट्र बैंक एकातिर मुन्टो बटारेर बसेको छ भने अर्थ मन्त्रालय अर्कोतर्फ फर्किएर बसेको छ। यो दुईको बीचमा मेल खाएको छैन। यी दुई निकाय बीचको विवादका कारण नेपालको समग्र अर्थतन्त्रले मार खेप्नु परेको छ। यो देशको लागि दुर्भाग्य हो। 

यी दुईको कुरा मिल्दैन भने अर्थमन्त्री वा गभर्नरले राजीनामा गर्नु पर्थ्यो। अहिले दुवैलाई राखेर काम भएको छैन। उनीहरुबीच नै बोलचाल नभएको अवस्था रहेको छ। दुवै जनाले ल्याएको नीतिमा संयोजन छैन। त्यसैले माथिल्लो तह (प्रधानमन्त्रीको तह) बाट नै यसको लागि पहल हुनु पर्ने हो। 

अब त सबै चुनाव केन्द्रित भएर लागेका छन्। नेताहरु  गठबन्धन र के–के भन्नमा नै व्यस्त छन्। देशको आर्थिक स्थितिको बारेमा कुनै चासो देखिएको छैन।  यसको नकारात्मक असर अर्थतन्त्रले भोग्नु परेको छ। 

सरकारलाई मूल्यवृद्धिको बारेमा जानकारी नभएको हैन। तर उसले मूल्यवृद्धि नियन्त्रणको लागि केही भूमिका नै खेलेको छैन। माथि भनेको जस्तै मुख्य दुई निकायका नेतृत्वकर्ताहरु दुईतिर मुन्टो फर्काएर बसेका छन्। न बजार अनुगमन भएको देखिन्छ। सरकारले मूल्य बढाउने उपाय मात्रै लगाएको छ।

मूल्य घटाउनको लागि राष्ट्र बैंकले चालेको कदम पनि त्यति प्रभावकारी होला भनेर विश्वास गर्ने ठाउँ छैन। 

(राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष लिगलसँग गरिएको कुराकानीमा आधारित)


यो श्रृङ्खलाका थप सामग्रीहरु:

कहालीलाग्दो महङ्गी: छाक टार्ने कि आङ ढाक्ने?

महङ्गीको मार: गरिखानेले कसरी जोड्ने हातमुख?

 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १३:४७
  • #महङ्गीको मार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ)
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ? बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक बुधबार, असार १८, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी बुधबार, असार १८, २०८२
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री बुधबार, असार १८, २०८२
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
सावित्राको व्यक्तिगत ३ गोलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्