• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
परदेशको १३ वर्षको कमाइ सकियो, साहुको ऋण सकिएन
64x64
कल्पना घिमिरे शनिबार, भदौ ४, २०७९  १५:०३
1140x725

काठमाडौं– नवलपरासी प्रतापपुर गाउँपालिका-४ की तिलेसरादेवी राजभर २०५८ सालमा कमाउनका लागि साउदी उडिन्। भारतको मुम्बई हुँदै साउदी पुगेकी उनको कमाइ मासिक ३ सय साउदी रियाल (त्यतिबेला करिब ९ हजार नेपाली रुपैयाँ) थियो। 

श्रीमान् काम गर्न नसक्ने भएपछि गाउँमा एक लाख ऋण लिएर विदेशिएकी थिइन् उनी। ‘छोरा बालखै थियो। घरमा श्रीमान बिमार, साहुसँग एक लाख कर्जा लिएँ,’ उनले भनिन्। सुरुमा त उनलाई कर्जा लिनुपर्ने अवस्था थिएन। न त कमाउन विदेश नै जानुपर्थ्यो। तिलेसरा घरमै बस्थिन्। घरको काम गर्थिन्। उनका श्रीमान मजदुरी गर्थे।

‘तर उहाँ (श्रीमान) घरको छतबाट खस्नु भयो। त्यसपछि मानसिक अवस्था नै ठीक छैन।’ तिलेसराले सुनाइन्। श्रीमान काम गर्न नसक्ने अवस्थामा पुगेपछि साहुसँग ऋण काढेर साउदी उडेकी उनी ८ वर्ष ८ महिना काम गरेर घर फर्किएकी थिइन्। तिलेसराले छोरालाई पठाउने पैसा पनि कमाएर ल्याउन सकेकी थिइनन्।

‘त्यतिबेला कमाइ थिएन। साहुको ऋण त तिरेँ। तर घर खर्च पुगेन,’ उनी भन्छिन्, ‘फर्किएपछि छोराले आमा तिमी नजाउ म जान्छु अब भन्यो।’  २०६५ सालमा उनले छोरालाई बिदेश पठाउन फेरि एक लाख ऋण मागिन्।

‘सयकडा पाँचमा एक लाख ऋण
‘सयकडा पाँचमा गाउँकै साहु जगदिश बानियाँसँग एक लाख ऋण लिएर छोरा मुम्बइ गयो। उमेर सानै भएकाले छोरो विदेश जान पाएन त्यहिँबाट फर्कियो,’ तिलेसरादेवी सम्झिन्छिन्। त्यसपछि फेरि आफैँ विदेश गएको उनी बताउँछिन्।

साउदीमा उनलाई घरभित्रकै काम थियो। घर सफा गर्ने भाँडा माझ्ने, लुगा धुने जस्ता काम गर्नुपर्थ्याे। दोस्रोपटक साउदी पुगेकी उनको त्यतिबेला महिनामा ८ सय रियाल (२० हजारभन्दा बढी नेपाली रुपैयाँ) कमाइ थियो। साउदी पुगेको ८ महिनामा उनले घरमा एक लाख २५ हजार रुपैयाँ बचाएर पठाइदिएकी थिइन्। त्यसबाट साहुलाई ८० हजार तिरेको उनी बताउँछिन्। ‘बाँकी श्रीमानको औषधी र खरखर्चमा सकियो,’उनले भनिन्। 

ऋण एक वर्षमा चुक्ता गर्ने गरी घरजग्गा दृष्टिबन्धकमा राखिएको थियो। ८० हजार बुझाएपछि २० हजार साँवा र त्यसको ब्याज बुझाउन बाँकी थियो। तर तिलेसराले लामो समयसम्म ऋण बुझाउन सकिनन्। घर खर्च चलाउन र छोरालाई विदेश पठाउन पैसा जम्मा गर्न थालिन्। उनी ६ वर्ष ६ महिना साउदी बसेर फर्किइन्।

‘त्यतिबेला साहुसँग घरजग्गा दृष्टिबन्धकमा थियो। साहुले सात लाख तिर, अनि मात्र घरजग्गा  फिर्ता गर्छु भने। मैले सात लाख तिरेँ तर फिर्ता गरेनन्,’ उनले भनिन्।

Ncell 2
Ncell 2

तिलेसरा दुई महिनाका लागि बिदामा आएकी थिइन्। बिदा सकिएपछि फेरि साउदी उडिन्। त्यतिबेलासम्म उनका छोराको पनि उमेर पुगिसकेको थियो। छोरा पनि कमाउन मलेसिया गए। 

 

घरको काम गर्दागर्दै तिलेसराले साउदीस्थित एक विद्यालयको क्यान्टिनमा काम गर्दा राम्रो कमाइ हुने सुनिन्। घरको काम छाडेर उनी त्यहाँ क्यान्टिनको भाँडा माझ्ने र विद्यालयको सरसफाइको काम गर्न थालिन्।

‘त्यहाँ त महिनामा कहिले १२ सय रियाल कहिले १५ सय रियाल हुन्थ्यो। साहु खुुसी भए टिप्स पनि आउँथ्यो,’ उनले सुनाइन्। त्यतिबेला उनको महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म कमाइ हुनुथ्याे। उनका छोराले पनि मलेसियामा तीन वर्ष कमाइ गरे। 

तेस्रो पटक तिलेसरा ३  वर्ष ८ महिना काम गरेर फर्किएको बताउँछिन्। उनका छोराले पनि मलेसियामा तीन वर्ष कमाइ गरेर फर्किए। उनीहरु फर्किएपछि साहुले थप १० लाख मागेको तिलेसरा बताउँछिन्।

‘मेरो श्रीमानलाई घरमा एक्लै भएको बेला तेरो श्रीमती त मेरा लागि कमाउन गएको हो भन्थ्यो रे। छोरा र म फर्किएपछि साहुले फेरि १० लाख तिर्यो भने मात्रै घरजग्गा फुकुवा गर्छु भन्यो। अनि हामीले फेरि १० लाख बुझायौँ। प्रमाण भने केही दिएको छैन,’उनले भनिन्।

पैसा बुझाएको प्रमाण छैन
उनले हालसम्म पैसा बुझाएको कुनैपनि प्रमाण नभएको तिलेसरा बताउँछिन्। पटकपटक गरेर आफूले र छोराले कमाएको र आफन्तबाट दुई लाख ५० हजार ऋण लिएर १८ लाख रुपैयाँ जगदिश बानियाँलाई बुझाएको उनको भनाई छ। 

‘घर खर्च चलाउन र श्रीमानको उपचार पनि गर्न सकिन्छ भनेर विदेश पसेँ,’ उनी भन्छिन्, ‘तर ऋण तिर्दातिर्दै रित्तो भएँ। उमेर सकियो अझै दुई लाख ५० हजार तिर्न बाँकी छ। फेरि साउदी जाउँ भने बुढी भइसकेँ। कसरी तिर्नु।’

उनका अनुसार १८ लाख बुझाइसकेपछि जगदिश बानियाँले घरजग्गा फुकुवा गरिदिएका छन्। तर पनि अझै दुई लाख ५० हजार तिर्न बाँकी रहेकाे भन्दै बारम्बार तनाव दिइरहेकाे उनले बताइन्। साेही कारण उनी थप चिन्तामा छिन्।

‘आफू बिमार हुँदा पनि काममा खटेँ। रातदिन नभनी काम गरेँ। सबै पैसा साहुलाई बुझाएर  सकियो, अझै ऋण बाँकी छ भन्छन्। न त श्रीमानको उपचार गर्न सकेँ?,’ माइतीघर मण्डलामा भेटिएकी उनले रुँदै भनिन्।

उनीहरुको घर पनि पुरानो भइसकेकाे छ। घरमा ६२ वर्षीया तिलेसरा र उनका श्रीमान बस्छन्। छोरा रिसाएर छुट्टिएको उनले बताइन्।

भन्छिन्, ‘आफू बुढी भइगएँ। कमाइ भएको सबै पैसा साहुलाई बुझाउँदा पनि ऋण नसकिएपछि छोरो रिसाएर छुट्टै बसेको छ।' छोराकाे बिहे भइसकेकाे छ। अहिले बुहारी, नातिनातिनी र छोरा छुट्टिएका छन्।

ऋण तिर्दातिर्दै रित्तिएकी तिलेसरा न्यायका लागि काठमाडौं आएकी छन्। उनी दिनभर माइतीघर मण्डलामा धर्ना बस्छिन्। रात परेपछि तीनथाना पुग्छिन्। उनीजस्तै मिटरब्याज पीडितहरु धेरै छन्। यतिबेला नवलपरासीका ८० जनाभन्दा बढी पीडितहरू सिंहदरबारसँग गुनासो पोख्न काठमाडौंमा छन्। सरकारले आफूहरुकाे समस्या नसुनेसम्म आफूहरू जिल्ला नफर्किने अडान उनीहरुको छ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले आज पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई र... शनिबार, जेठ २४, २०८२
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स... शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन आज आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पतालको उद्घाटन गरेका छन्। शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्