• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
मिटर ब्याजकाे जालाे : जीवनभर तिर्दा पनि सकिएन ऋण, गरिबका जग्गामा साहुका आँखा 
64x64
धनु विश्वकर्मा शनिबार, साउन २८, २०७९  १७:०१
1140x725

काठमाडौं– नवलपरासी सुस्ताकी लिलाकुमारी केवटकी सासुले घर बनाउन भनेर साहुसँग ५० हजार रुपैयाँ कर्जा लिएकी थिइन्। सासुको पनि निधन भइसक्यो। तर त्यो कर्जाको भारले लिलाकुमारी र उनका पतिलाई थिचिरहेको छ। 

५० हजार कर्जा लिएकोमा ३ लाखको तमसुक बनाइयो। जसका लागि एक कट्ठा तीन धुर जग्गा दृष्टिबन्धक राखिएको छ। साहुकारले अहिले ६ लाख रुपैयाँ माग्दै आएका छन्। लिला भन्छिन्, ‘सावाँँव्याज दिएको हो। न तमसुक दिएको छ, न जग्गा नै फुकुवा गरिदियो। ’ 

लिलाका श्रीमान सगेर केवट ४ वर्षदेखि मलेसियामा छन्। उनलाई आमाले लिएको त्यही कर्जा तिर्दैमा ठिक्क छ। ‘विदेश गएर कमाएको पैसा साहुकारको हातमा थम्याउँदैमा ठिक्क छ। घर बनाउन लिएको कर्जाले न घर बन्यो, न भएको जग्गाको लालपुर्जा नै साथमा छ,’ लिला भन्छिन्। 

साहुले ६ लाख तिरे मात्र जग्गा फुकुवा गर्छु भनेर दबाब दिँदै आएका छन्। छोराछोरी माइतीमा राखेर न्यायको खोजीमा काठमाडौं आइपुगेकी उनी भन्छिन्, ‘अब कहाँबाट म ६ लाख फेरि दिऊँ?’

121660388914.jpg

नवलपरासी प्रतापपुर सिलामकी आश्मा खातुनले घर बनाउन भनेर साहु सुनील बाँनियासँग ८ लाख रुपैयाँ कर्जा लिईन्। तर बनाइयो १६ लाखको तमसुक। त्यसका लागि १४ कट्ठा जग्गा दृष्टिबन्धक राखियो। 

उनले हालसम्म अरु जग्गा बेचेर बाँनियालाई ३४ लाख बुझाईसकेकी छन्। तर, साहु भने अझै १४ लाख माग्दैछन्।

प्रतापपुर पच्पेडाकी तिलेस्रादेवीले छोरालाई विदेश पठाउन साहु जगदिश बाँनियासँग १ लाख रुपैयाँ कर्जा लिईन्। आम्दानीको स्रोत कृषिबाहेक केही छैन। परिवार ठूलो छ, पाल्नै पर्‍यो। श्रीमान्‌लाई प्रेसरको औषधि खुवाइराख्नुपर्छ। त्यही भएर एकमात्र छोरालाई साउदी पठाउन कर्जा लिनुको विकल्प थिएन।

Ncell 2
Ncell 2

111660388914.jpg

उनले साहुसँग १ लाख रुपैयाँ लिए पनि एक पटक १० लाख र एक पटक ७ लाख बुझाइसकिन्। छोराले तीन वर्ष विदेशमा बसेर कमाएको सबै पैसा साहुलाई तिर्दैमा सकियो। तर साहुले उनको जग्गा अझै फुकुवा गर्न मानेका छैनन्। 
भन्छिन्, ‘छोरा विदेश गएर कमाएको सबै पैसा साहुलाई दिँदा पनि जग्गा फुकुवा भएन।’

बर्दघाट गंगावस्तिका कुलबहादुर थापा २०७२ सालमा वैदेशिक रोजगारीमा साउदी अरबमा थिए। बस्नका लागि कम्तीमा एउटा राम्रो घर बनाउने सल्लाह भयो। छोरा विदेश गएको बेला सजिलो होला भनेर आमाबुबा र श्रीमतीले घर बनाउनका लागि ४ लाख कर्जा लिए स्थानीय लालबहादुर खड्कासँग। 

४ लाख ऋणको तमसुक ७ लाखको बनाइयो। ७ कट्ठा जग्गा दृष्टिबन्धक राखियो। उनले अहिलेसम्म सबै सावाँब्याज तिरिसके। तर, जग्गाको लालपुर्जा भने साहुकार लालबहादुरसँगै छ। 

41660388909.jpg

१० धुर जग्गा कुलबहादुरका आमाबुवाले साहु लालबहादुरसँग नै लिएका थिए। काठमाडौंमा स्थायी बसोबास गर्ने लालबहादुरले बर्दघाटमा जग्गा प्लटिङ्गको काम गर्दै आएका छन्। उनले १७ लाख पैसा दिए मात्र जग्गा फुकुवा र तमसुक  फिर्ता हुन्छ नत्र जग्गा लिलाम गर्छु भन्दै धम्क्याउन थाले। र, जग्गा रामग्रामका अखिलेश अग्रहरीलाई लिलाम गरिदिए। 

कुलबहादुर भन्छन्, ‘जग्गा पनि उसैको, कर्जा पनि उसैको अन्तिममा उसैसँग किनेको जग्गा नै फुकुवा गरिदिएन।’

बर्दघाटका कर्णसिंह थापामगरको कथा पनि उस्तै छ। 

mitar byaji1660388916.jpg

कर्णसिंहका दाजुभाइ मिलेर ४ लाख कर्जा उनै साहु लालबहादुर खड्कासँग लिए। ४ लाख लिएकोमा ९ लाखको तमसुक बनाईयो। सबै पैसा चुक्ता गरिसकेका छन्। तर दृष्टिबन्धक राखिएको उनको र उनका दाइको ९–९ कट्ठा जग्गा फुकुवा गरिएको छैन। 

उनीहरुले पनि वैदेशिक रोजगारीका लागि कर्जा लिएका हुन्। कर्णसिंह भन्छन्, ‘घर फर्किँदा न पैसा छ, न जग्गा।’ 

सुस्ता सिमेरीका जयप्रकाश कुर्मीले २०७१ मा छोरा सञ्जितलाई वैैदेशिक रोजगारीका पठाउन साहु सुनिल बाँनियासँग १ लाख रुपैयाँ कर्जा लिए। 

उनको २ लाखको तमसुक बनाईयो, जसका लागि ४ कट्ठा १५ धुर जग्गा दृष्टिबन्धक राखियो। उनले ५ लाख ५ हजार रुपैयाँ बुझाइसकेका छन्। तर, पनि साहु अझै ८ लाख माग्दैछन्। त्यति नदिए जग्गा फुकुवा नगर्ने भन्दै धम्की दिइरहेका छन्। 

प्रतापपुरका मोहरलाल यादवले छोरीको विवाहका लागि भनेर साहुसँग ८ लाख रुपैयाँ कर्जा लिए। अहिले त्यही कर्जाले पिरोलिएर उनी श्रीमती सुनितासहित न्यायका लागि काठमाडौंमा उत्रिए। 

91660388913.jpg

माइतीघर मण्डलामा भेटिएका उनीहरुमध्ये लक्ष्मी आफ्ना पीडा भन्न अघि सरिन्। ‘तराईमा थोरै दाईजोले विवाह हुँदैन। छोरी घरमै राख्न भएन, विवाह गरेर पठाउनै पर्‍यो,’ कर्जा लिनुको बाध्यता उनले सुनाइन्। 

यादव दम्पतीले साहु सुनिल बाँनियासँग ४ लाख कर्जा लिए। ४ लाख कर्जाको तमसुक ८ लाखको बनाइयो। तर मोहरलालले पटक–पटक गरेर ९ लाख ५० हजार रुपैयाँ बुझाईसके। तर, साहुले २५ लाखको हिसाब निकालेका छन्। यहीकारण जग्गा फुकुवा भएको छैन। 

यादव दम्पतीको पीडा कतिसम्म छ भने जसका लागि उनीहरुले कर्जा निकालेका थिए। त्यो सबै व्यर्थ भएर गएको छ।

छोरी सुनिताको कोभिडका कारण मृत्यु भइसकेको छ। ‘नातिनातिनालाई पालेर बसेका छौं। न छोरी रहि, न जग्गा रह्यो। उल्टै पैसा माग्दैछ साहुले। कहाँबाट तिर्नु? कमाइ छैन। घरमा दरिलो आधार दिने पनि कोही छैन,’ लक्ष्मीले छोरी सम्झँदै  भनिन्।

61660388910.jpg

नवलपरासीमा मिटर ब्याज साहुको जञ्जालमा फसेका किसानको कथा लगभग उस्तै छ–लिएको कर्जाभन्दा बढीको तमसुक बनाइएको छ। जीवनभर तिर्दा पनि कर्जा सकिँदैन। अझै अरु पैसा माग्दैछन् साहुहरु। किसानले नसक्दा आफ्ना जमिनको अधिकारबाट समेत वञ्चित भइरहेका छन्। 

सुस्तामा मात्र यसरी ठगिएका ५०० जना छन्। नवलपरासीभर नै यसरी ठगिनेको संख्या ५ हजार रहेको आकलन छ। 
धेरै जनाले वैदेशिक रोजगारका लागि ऋण लिएका छन् भने केहीले विवाह गर्न र घर बनाउन। तर, मिटर ब्याजका कारण जति तिर्दा पनि नसकिने ऋणको भारीले थिचिइरहेका छन्। 

यहीकारण न्यायको खोजीमा पीडितहरु काठमाडौं पसेका छन्। 

101660388913.jpg

81660388912.jpg

71660388911.jpg

51660388910.jpg

तस्बीरहरु– मनिष अर्याल 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल र इजिप्टबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा... आइतबार, जेठ २५, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
कोशीमा बेपत्ता गोताखोरको शव भेटियो सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयमा कार्यरत डोटीका सुरज साउदको शव आज विहान ११ बजे कोशी ब्यारेजको ५५ नम्बरक... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित आइतबार, जेठ २५, २०८२
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता आइतबार, जेठ २५, २०८२
७० वर्षे उमेरहदको विषय फेल भइसक्यो : ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्