• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
बाध्यकारी नहुँदा पालिकामा दलित समुदायको नेतृत्व न्यून, देशभरि जम्मा नाै जना प्रमुख
64x64
धनु विश्वकर्मा मंगलबार, जेठ १०, २०७९  १२:३८
1140x725

काठमाडौं– संविधानले हरेक निकायमा १३ प्रतिशत दलित समुदायको प्रतिनिधित्वको व्यवस्था गरेको छ। तर, संविधानले स्थानीय तह प्रमुख/उपप्रमुखको हकमा यो व्यवस्था बाध्यकारी नबनाउँदा दलित समुदायबाट संविधानले व्यवस्था गरेको संख्यामा प्रतिनिधित्व हुन सकेको छैन।

यसपटकको स्थानीय तहको निर्वाचनमा संविधानले व्यवस्था गरेअनुसारको प्रतिनिधित्व त परै जाओस्, एक प्रतिशतभन्दा केही बढी पालिकामा मात्र दलितको नेतृत्व कायम भएको छ। यसअघि, संविधान जारीपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा जम्मा सात पालिकामा दलित समुदायबाट प्रमुखमा निर्वाचित भएका थिए।

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन्। २०७४ को निर्वाचनमा दलित महिला प्रतिनिधित्व भने ९७.३८ प्रतिशत रह्यो। तर, दलित महिला सदस्य पद कार्यकारी भने होइन। संविधानले व्यवस्था गरेको यही पदका कारण दलित महिलाको प्रतिनिधित्व बढी देखिएको हो।

गत निर्वाचनमा २९३ नगरपालिका प्रमुखमध्ये जम्मा ६ जना दलित निर्वाचित भएका थिए भने उपप्रमुख ११ जना थिए। ४६० गाउँपालिका अध्यक्षमध्ये पहिलो निर्वाचनमा देशभरका गाउँपालिकामध्ये एउटामा मात्र दलित अध्यक्षा निर्वाचित भएका थिए। गाउँपालिका उपाध्यक्षमा भने १६ जना थिए। यता देशभरका ६ हजार ७४३ जना वडामा १९७ जना दलित प्रतिनिधि निर्वाचित भए।

यसपटकको स्थानीय तहको आइतबारसम्मको परिणाम हेर्दा दलित समुदायको प्रतिनिधित्वमा अघिल्लो निर्वाचनभन्दा खासै भिन्नता देखिएको छैन। परिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये तीन जना नगरपालिका प्रमुख र ६ जना गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन्। सात प्रदेशमध्ये बागमतीमा भने कुनै पालिकामा दलित प्रतिनिधि प्रमुखमा निर्वाचित भएका छैनन्। 

प्रदेश नम्बर १ को एक जिल्लामा एक पालिकामा दलित प्रतिनिधि प्रमुखमा निर्वाचित भएका छन्। उदयपुरको ताप्ली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट ढुङ्गराज विश्वकर्मा विजयी भएका हुन्। उनले १ हजार ७८७ मत ल्याए। उनका प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम राईले १ हजार ७४९ मत ल्याए।

मधेश प्रदेशमा पनि एक जिल्लामा मात्रै पालिका प्रमुखका रूपमा दलित प्रतिनिधि निर्वाचित भएका छन्। धनुषाको विदेह नगरपालिकाको मेयरमा एमालेबाट बेचन दास तत्मा विजयी भएका  छन्। उनले ४ हजार ४१२ मत ल्याए। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता यादवले ३ हजार ४२६ मत ल्याए।

गण्डकी प्रदेशमा भने एक जिल्लाका दुई पालिका प्रमुखमा दलित निर्वाचित भएका छन्। बागलुङ्गको ढोरपाटन नगरपालिकाको प्रमुखमा एमालेका देवकुमार नेपाली र ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक विजयी भए। 

Ncell 2
Ncell 2

नेपालीले ५ हजार ७३५ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ५ हजार १३५ मत ल्याए। ताराखोलाको प्रमुखमा निर्वाचित धनबहादुर विकले २ हजार २८५ मत ल्याए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले २ हजार ९० मत ल्याए। 

लुम्बिनी प्रदेशमा पनि दुई जना दलित प्रतिनिधि पालिका प्रमुखमा निर्वाचित भएका छन्। प्युठानको सरुमारानी गाउँपालिका अध्यक्षमा एमालेबाट झगबहादुर विश्वकर्मा र बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट डम्बरबहादुर विक निर्वाचित भए।

सरुमारानीमा निर्वाचित झगबहादुरले ४ हजार २८० मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका मुकुन्दराज शर्माले ४ हजार १९४ मत पाएका छन्। खजुरामा निर्वाचित डम्बरबहादुर विकले १० हजार ७९० मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका सुमन मल्लले ९ हजार १३७ मत पाए।

दलित समुदायको धेरै बसोबास भएको क्षेत्र कर्णालीमा यसपटक पनि दलित समुदायको प्रतिनिधित्व बलियो हुन सकेन। १० जिल्ला रहेको कर्णालीमा जम्मा दुई पालिकाले मात्र प्रमुखका रूपमा दलित प्रतिनिधि पाएका छन्। सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खड्क विक र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयरमा माओवादी केन्द्रकै पुष्प वादी विजयी भए। 

चौकुनेमा निर्वाचित खड्क विकले ५ हजार ४७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका हरि अधिकारीले ३ हजार ४१४ मत ल्याए। चौरजहारी नगरपालिकाको प्रमुखमा निर्वाचित पुष्प वादीले ६ हजार ८८२ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३११ मत ल्याए।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशको एक जिल्लामा एक जना मात्र दलित प्रतिनिधि पालिका प्रमुखमा निर्वाचित भएका छन्। डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका शेरसिंह पार्की विजयी भएका छन्। उनले २३८९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका बलबहादुर गुरुङले २ हजार २२४ मत ल्याए।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्