काठमाडौं–प्रख्यात आरोही कामिरिता शेर्पाले २६ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन्। उनले यही वैशाख २४ गते सगरमाथाको सफल आरोहण गरेका हुन्।
उनले सन् २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गरेर आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए। त्यसयता उनले निरन्तर सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान राख्दै आएका छन्। उनले वैशाख २४ मा २६ औंपटक आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन्।
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका कामिरिताले पहिलो पटक १९९४ को मे १३ मा सगरमाथा आरोहण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।