काठमाडौं–यस वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३१६ जनाले अनुमति लिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि भने १११ समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन्।
विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३९ आरोही समूहका ३१६ जनाले अनुमति लिएका छन्। अमादब्लम आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन् भने कञ्चनजङ्घा आरोहणका लागि सात समूहले अनुमति लिएका छन्।
अन्नपूर्णका लागि चार र नुप्सेका लागि सात समूहले अनुमति पाएका छन्। मकालुका लागि चार, धौलागिरिका लागि दुई र ल्होत्सेका लागि एक आरोही समूहले अनुमति लिएका छन्।
त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुली र थापा पिकका लागि चार÷चार समूहले अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। ती हिमाल तथा पिक आरोहणबाट हालसम्म ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।