काठमाडौं–एयरसेफ्टी अडिटमा नेपालले प्रगति गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले दिने नम्बरमा प्रगति भएर ७०.१ प्रतिशत पुगेको बताए। यसअघि नेपालले ६६.०२ प्रतिशत पाएको थियो।
हवाइ सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्यांकन गर्दै आईकाओको अडिटले नेपालको सुरक्षा स्कोर बढाएको उनले बताए।
२०७० मंसिरदेखि ईयूले नेपाली जहाजलाई युरोपको आकासमा प्रतिबन्ध लगाएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।