काठमाडौं– सत्ता गठबन्धन आबद्ध राजनीतिक संयन्त्रले आगामी स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटको आधार तय गरेको छ। मंगलबार बालुवाटारमा बसेको बैठकले सात आधारहरु तय गरेको हो।
तालमेलमा नेकपा एमाले विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीलाई प्राथमिकता दिइएको छ। सात मध्ये पहिलो बुँदामै एकीकृत समाजवादीलाई सम्बोधन गरिएको छ।
'२०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेका जनप्रतिनिधिहरुलाई त्यसै अनुसार मान्ने', पहिलो बुँदामा भनिएको छ।
त्यस्तै, एकीकृत समाजवादीलाई नेकपा एमाले विभाजन भएर बनेको मुख्य शक्ति मानिएको छ।
पाँचौँ बुँदामा भनिएको छ- 'नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजन भएर बनेको मुख्य शक्ति भएको यथार्थलाई मनन गर्ने।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।