काठमाडौं– सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका नेकपा एमालेले मेयर उपमेयरको नाम सिफारिस गरेको छन। नेकपा एमालेले नगरको प्रमुखमा बहालवाला मेयर निमफुञ्जो शेर्पासहित पाँच जनाको नाम सिफारिस गरेको छ।
उपप्रमुखमा भने बहालवाला उपमेयर सुशीला पाख्रिन नै सर्वसम्मत बनेकी छन्। मेयरम भने शेर्पासँगै डिबी लामा, प्रदीप पौडेल, कल्याणी घिसिङ र डिपी लामाको नाम सिफारिस गरिएको नगर कमिटीले बताएको छ।
आफू पुनः मेयरमा नउठ्ने पक्षमा रहे पनि पार्टीका कार्यकर्ता र आम नगरवासीको चाहाना अनुसार पुनः उमेदवार बनेको निमफुञ्जो शेर्पाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।